‘मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन । यो मेरो जिउँदो लास मात्र हो ।ती तीन मध्ये निसारले भने, ‘मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन । तपाई जुन अवस्थामा मलाई देखिरहनु भएको छ, यो मेरो जिउँदो लास मात्र हो । जुन बेला मलाई जेलमा राखिएको थियो त्यो बेला म २० वर्षको थिएँ । आज मेरो उमेर ४५ वर्षको भएको छ । म जेलमा पर्दा मेरी सानी बहिनीको उमेर १२ वर्षको थियो । आज उनकी छोरी नै १२ वर्षको भइसकेको छ । मेरी भतिजी एक वर्षकी थिइ । आज उनको विवाह भइसकेको छ । मेरो पिढींको एउटा अध्याय नै गायव भएको छ । ’ जेलबाट रिहा भएको पहिलो रात निसारले जयपुरको एउटा होटलमा बिताएका थिए । होटलको कोठामा उनी सुत्न सकेनन् । रातभर एक क्षणपनि ननिधाई बसे । त्यसको कारण थियो, उनी होटलको विस्तारामा सुत्नै सकेनन् । उनलाई त्यो आरामदायी ओच्छ्यानले विझायो । डस्ना सहितको ओच्छ्यानमा सुत्ने उनको बानी नै हटिसकेको थियो ।
आफ्ना दुई सन्तानलाई निर्दोष सावित गराएर जेलबाट छुटाउन संघर्ष गर्दा गर्दै उनको बुवाको सन् २००६ मा मृत्यु भयो ।निसारका दाई जहीरले भनेका थिए हाम्रो परिवारमा परेको यस्तो भयानक ‘ट्रेजडी’ एउटा परिवारका लागि कस्तो घटना भयो होला ? अर्को दुखत् कुरा, निसारका दाईलाई जेलमा बस्दा बस्दै क्यान्सर भयो । क्यान्सर भएपछि उनलाई जेलबाट निकालियो । जेलबाट निस्केपछि दाईले आफ्नो उपचारमा ध्यान दिएनन् । आफ्नो निर्दोष भाइ र उनीसँगै जेलमा परेका निर्दोष बन्दीहरुलाई छुटाउन उनले प्रमाणहरु जुटाउन समय खर्च गरे । त्यही क्यान्सर लागेको दाईले जुटाएको प्रमाणको आधारमा उनीहरुलाई २३ वर्षपछि अदालतले निर्दोष सावित गरि जेलबाट रिहा ग¥यो । तर दुखत् पक्ष क्यान्सरसँग लडिरहेको आफ्ना दाजुलाई निसारले भेट्न पाएनन् । उनको ९ मे २००८ मै मृत्यु भइसकेको थियो । कानपुर र मुम्बईमा भएको बम विस्फोटमा उनीहरु सम्लग्न भएको आरोप प्रहरीले लगाएको थियो । उनीहरुले विभिन्न परिवन्धमा परि अपराध कबुल गरेका थिए । रिहापछि निसारले अदालतलाई धन्यवाद दिएका छन् । समकालीन तिसरी दुनियाबाट अनुवादः राजु स्याङ्तान
प्रतिकृया लेख्नुहोस्: