Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बाबुराम भट्टराईको प्रश्न- फेरि अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ?

खबरडबली संवाददाता

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले ‘सुशासन’ को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिनु कतिको उचित भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेको भन्दै भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशासन’ को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेका छन् ।’ उनले माओवादी अध्यक्ष प्रचण्डलाई फेरि संसदीय सत्तारोहणका लागि पूर्व माओवादी एक हुनुपर्ने भन्दै प्रश्न गरेका छन् ।
डा. भट्टराईको स्टाटस :

यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छः

पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ? स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं– माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमी कमजोरीसहित पूरा गरिसकेको छ । विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ । सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुककजीवादको चंगुलमा परेको छ । हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं । अनि किनारा पुँजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध (unequal and dependent relations) मा बाँधिन पुगेका छौं ।

यो स्थितिमा अब हामीले पुरानो  जनयुद्धकालीन अवस्था निम्ति उपयुक्त माओवादी विचार–राजनीति र  स्टालिनवादी अति केन्द्रीकृत ढाककचाको  कम्युनिष्ट पार्टीको माध्यमबाट नयाकक युगका कार्यभार पूरा गर्न सक्दैनौं । हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक–सामाजिक–सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाकककी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ ।

त्यसनिम्ति हामीले  नयाकक युगको नयाकक कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाकक विकास गर्नु परेको छ । तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद (enhanced-enriched socialism)  भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं। हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक–राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं ? तर अहिले समय र परिस्थिति अनुकुल नयाकक कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आउँ’ भन्नुको के अर्थ रहन्छ ?

दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ सुशासनकाे निम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि (common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो । हिन्दी-उर्दू उखान– ‘सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो ! जनयुद्धकालको मध्य चरणदेखि नै वर्ग–उत्थानीकरण हुँदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्ति प्रक्रियायताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ?

हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLANDM How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन । यदि त्यो सबै ‘क्रान्ति नायकविरूद्ध साम्राज्यवादी षड्यन्त्र’ हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला ? ती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला ?

हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन् । तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान् ? अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र ?

अन्त्यमा, तैंले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो नर्वाचन क्षेत्र छोडिस् त ? भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ– म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको  मान्छे हुँ । देशमा निरन्तर राजनीतिक अस्थिरता भइरहेको, गरीबी र बेरोजगारीले युवा पलायन बढिरहेको र TRC लगायतका शान्ति प्रक्रियाका काम पूरा नभइरहेको स्थितिमा पूर्व प्रम तथा ने का सभापति शेरबहादुर देउबा र प्रचण्डलाई बालुवाटारमा संगै राखेर स्वेच्छाले आफू चुनाव  नलड्ने तर वहाककहरू दुबैलाई सरकार बाहिर रहेर ती मुद्दामा  पूर्ण रुपले सघाउने वाचा गरेको हुँ ।

तर चुनाव पछि एमाले– माओवादी सरकार बन्यो । त्यसपश्चात पनि कांग्रेस–एमाले–माओवादी र अन्यसहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो । तर भूराजनीतिको प्रवेश पछि सबै भताभुंग ! त्यस यताको म्यूजिकल चेयर र मूलतः प्रचण्डको सत्तालिप्साको दुष्परिणाम जगजाहेरै छ । फेरि पनि इतिहासको गति रोकिन्न । देशले अग्रगामी निकास खोज्छ खोज्छ !! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा (नयाँ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending