Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चुनावी खर्चले थलीएका जनप्रतिनिधि नै वैदेशिक रोजगारीमा

खबरडबली संवाददाता

काठमाडौं । रोजगारीको खोजीमा प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ठूलो छ । सरकारी तथ्यांक अनुसार वार्षिक सात लाखको हाराहारीमा नेपालीहरु रोजगारको खोजीमा विदेश गइरहेका छन् ।

तर वैदेशिक रोजगारीमा जाने लाइनमा युवाहरुमात्रै छैनन्, जनताबाट चुनिएका जनप्रतिनिधिहरु समेत वैदेशिक रोजगारीमा गएका घटनाहरु छन् । यहाँ केही प्रतिनिधमूलक पत्रहरुकाे चर्चा गरीएकाे छ । 

कार्यालय सहयोगीदेखि सिधै वडाध्यक्षमा निर्वाचित गुरुङ गत साउन देखि विदेश पलायन

०७९ सालको निर्वाचनमा कार्यालय सहयोगीदेखि सिधै वडाध्यक्षमा निर्वाचित भएपछि, दाङ राप्ती गाउँपालिका–५ का चन्द्रबहादुर गुरुङको चुर्चा चुलियो ।

जनताले रुचाएपछि उनलाई अत्यधिक मत दिएर कार्यालय सहयोगदेखि वडाध्यक्षको भूमिकामा पु¥याइदिए । तर, जनप्रतिनिधि बनेपछि चन्द्रले कार्यकाल भने पूरा गरेनन् ।

आर्थिक समस्या देखाउँदै कार्यकाल सम्हालेको तीन वर्ष पनि नपुग्दै वडाध्यक्ष गुरुङ रोजगारीका लागि विदेशिए । ०७९ सालको चुनावमा लागेको ऋण तिर्न भन्दै उनी गत साउनमा वैदेशिक रोजगारीमा गएका छन् । उनी निकट अनुसार चुनावको बेला लागेको ऋण र त्यही ऋण तिर्न भनेर उनी मौसमी भिसामा युके पुगेका हुन् ।

वडाध्यक्ष गुरुङले १७ साउन ८० गते पालिकालाई पत्र लेख्दै आफू विशेष कामले ‘बाहिर’ गएकाले वडासदस्य चम्पा पुनलाई कार्यवाहक अध्यक्ष जिम्मेवारी दिन भन्दै पत्र लेखेका थिए । तर उनले गाउँपालिलाई भने आफू वैदेशिक रोजगारीमा गएको औपचारिक जानकारी भने दिएका छैनन् ।

वडाध्यक्ष गुरुङको परिवार स्रोतका अनुसार घरसायी ऋण बढेपछि उनी बेलायत गएका हुन् ।  उनीहरुका अनुसार स्थानीय तहको चुनावी खर्च, बिरामी आमालाई उपचार गर्दा ऋण लागेको थियो । त्यो ऋण बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि उनी ऋण तिर्न भनेर गएको उनको परिवारका एक सदस्यले बताए ।

वडाध्यक्ष नै विदेश हिँडेपछि अहिले वडासदस्य चम्फा पुनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् ।

ताप्लेजुङको सिरिजंघा–३ का वडाध्यक्ष बोखिम पनि १० महिनादेखि विदेशमै

वैदेशिक रोजगारी गएका जनप्रतिनिधि गुरुङमात्र एक्ला पात्र होइनन्, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैंचाका वडाध्यक्ष दिलप्रसाद बोखिम पनि १० महिनादेखि विदेशमै छन् ।

०७९ सालको चुनावमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बोखिम कार्यकाल सम्हालेको अढाई वर्षमै हङकङ हान्निए । गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबोका अनुसार वडाध्यक्ष बोखिमले वैदेशिक रोजगारीमा जानु अघि गाउँपालिकालाई औपारिक रुपमा जानकारी समेत गराएका थिएनन् ।

‘वैदेशिक रोजगारीमा गएको तीन महिनापछि मात्रै हामीलाई उहाँ गएको थाहा भयो’, उपाध्यक्ष माबोले भने, ‘जनताबाट चुनिएको व्यक्ति जनताको काम गर्नुको साटो वैदेशिक रोजगारी गएको थाहा पाउँदा हामी स्वयं अचिम्मत भयौं ।’

बोखिमले हालैमात्र साउन १८ गतेबाट लागू हुने गरी जिल्ला निर्वाचन कार्यालयमा राजीनामा बुझाएका छन् । उनको ठाउँमा वडासदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

कार्यकाल बाँकी रहेकै बेला नगरपालिका उपप्रमुख नेपाली अमेरिका पलायन

०७४ सालमा चुनावमा उप मेयरमा निर्वाचित कालीकोट तिलागुफा नगरपालिकाकी दन्ता नेपाली (दर्शना) पनि आफ्नो कार्यकाल बाँकी रहेकै बेला अमेरिका पलायन भएकी थिइन् । ०७६ कात्तिकमा सालमा गोष्ठीका लागि भनेर अमेरिका पुगेकी उपमेयर नेपाली नेपाल फर्किनन् । उनी अमेरिकामामै लुकेर बसिन् ।

नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म सम्पर्क आएकी थिइन् । पछि उनी फेसबुकसमेत निष्कृय गरेर उतै सम्पर्कविहीन भइन् ।

कार्यकालकै बेला उनी अमेरिका लुकेको बाहिरिएपछि आलोचना भएको थियो । त्यसपछि उनले स्टाटस लेख्दै आफू बिरामी भएको प्रतिक्रिया दिएकी थिइन् । तर उनी नेपाल नफर्की उतै बसिन् । अहिले उनी अमेरिको न्यु योर्कमा बसिरहेकी छन् ।

सोचे अनुसार काम गर्न नसक्दा जनप्रतिनिधि विदेश पलायनः भीम ढुंगाना, अध्यक्ष, नगरपालिका संघ

नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगाना कार्यकाल एकाध जनप्रतिनिधिहरु पनि विदेश पलाएन भएको बताउँछन् । खास गरी वडासदस्यदेखि वडाध्यक्षहरुको वैदेशिक रोजगारीमा गएको उनले बताए । ‘धेरै होइन, कही कतै वडा वडाध्यक्षसम्म वैदेशिक रोजगारीमा गएका घटनाहरु छन् । तर यो संख्या कम छ’, उनले भने ।

उनका अनुसार कतिपय व्यक्तिगत कारणले विदेश पलायनका भएका छन् भने कतिपयपय जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा पनि विदेश पलायनको बाटो रोजेको बताउँछन् ।

‘चुनाव अघि जनतालाई धेरै सपनाहरु देखाइएको हुन्छ । निर्वाचित भइसकेपछि सोचे अनुसार काम हुन सक्दैनन् । काम गर्न खोज्दा कहिले संघ सरकार बाधक बन्छ, कहिले प्रदेश सरकार’, उनी भन्छन्, ‘जनता समक्ष गरेको वाचा पूरा गर्न नपाउँदा जनप्रतिनिधिमा नैराश्यता बढाउँछ ।’

कतिचाहिँ चुनावका बेला लागेका ऋण, लगायतका आर्थिक समस्यासँग जुध्नुपर्दा पनि वैदेशिक रोजगारीको बाटो रोज्नुपर्ने बाध्यता भएको ढुंगाना सुनाउँछन् । ‘चुनाव असाध्यै खर्चिलो हुन्छ । ऋण काढेर भए पनि चुनाव लड्नुपर्ने बाध्यता हुन्छ’, उनले भने, ‘तर चुनाव जितेपछि जनप्रतिनिधिले पाउने सेवा सुविधाले ऋण तिर्न पुग्दैन,  चारैतिरबाट आर्थिक समस्याले घेरिएपछि विदेशीनु पर्ने बाध्यता आइलाग्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending