Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

खबरडबली संवाददाता

काभ्रेपलाञ्चाेक । नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजनाको अभियान महत्वपूर्ण भएको बताएकी छिन् ।

इयूको सहयोगमा क्रिएसन नेपालद्धारा सञ्जालित ग्रीन सिफ्ट नेपाल परियोजनाको बिहिबार धुलिखेलमा सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उनले यस्तो बताएकी हुन् । नेपालको निम्ति अभियान मार्फत  युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि बल गर्नुपर्नेमा जोड दिईन् ।

ग्रीनसिफ्ट अभियान आफ्नो मुटुको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाहरुले चाहे हरेक परिवर्तन सम्भव हुने पनि बताईन्। `युवाहरु परिवर्तनका संवाहक हुन्, उनीहरुले चाहेमा जे कार्य पनि सम्मभव हुन्छ । यसको ज्वलन्त उदाहरण यही परियोजनाले एक वर्षमा प्राप्त गरेको उपलब्धी नै एक मानक हो, उनले भनिन् ।

राजदूत लोरेन्जोले कार्यक्रममा  सहभागी भएका युवा विद्यार्थी र विद्यालयका शिक्षकहरुलाई इंकित गर्दै भनिन्, “तपाँइहरु परिवर्तनका लागि आशाको केन्द्र हुनुहुन्छ, हाम्रो वातावरण संरक्षण र सम्वद्र्धनका लागि सबै मिलेर काम गर्न आह्वान गर्दछु ।”

राजदूत लोरेन्जोले फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको ढाँचा अनिवार्य लागू गरिनुपर्नेमा थप जोड दिनुपर्ने जिकिर गरिन् । नेपालका लागि चक्रीय अर्थतन्त्रले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउदै यसबाट नेपालले फाइदा लिनुपर्ने खाँचोसमेत अौल्याईन् । यदि नेपालले ग्रीन इनर्जी (हरित ऊर्जा) को क्षेत्रमा गम्भीरतापूर्वक काम गरे क्षेत्रीय च्याम्पियन बन्न सक्ने विश्वास उनको थियो।

सो कार्यक्रममा सहभागि भएर निकै हर्षित भएको बताउँदै अगामी दिनमा पनि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेेकी छिन् ।

त्यस्तै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले ग्रीनसिफ्ट केवल एक परिपयोजना मात्र नभई एक बृहत अभियान भएको बताए । सामुहिक नेतृत्व र साझा दृष्टिकोण मूल नाराका साथ तीनै तहको सरकार, विद्यालय, विद्यार्थी र शिक्षक, त्यसैगरी समुदायमा काम गर्ने युवासमुह, निजी फोहोरमैला उद्यमी, फोहोरमैला सफाईकर्मीलाई एकै ठाउँमा साझा उद्देश्य प्राप्तिका लागि सहमत गराउनुनै यो अभियानको सफलता रहेको उनको भनाई थियो ।

त्यसैगरी युथ इनोभेसन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले डाटामा आधारित पैरवीहरु आवश्यक भएको हुनाले वेस्टस्मार्ट फेलोहरुले डाटामा आधारित नीति निर्माण गर्न खेलेको योगदान सराहनीय रहेको बताए ।

ललितपुर महानगरपालिकाका उपप्रमुख अञ्जली बज्राचार्यले महानगरभित्र परियोजना सञ्चालन गरेकामा इयू, क्रिएसन नेपाललगायतका सांस्थालाई धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानहरु अझै बृहत रुपमा सञ्चालन गर्नुपर्ने खाँचो औंलाईन् ।

इयूको सहयोगमा सञ्चालित चारवर्षे ग्रीनसिफ्ट नेपाल परियानाले बाग्मती, लुम्बिनी र मधेश प्रदेश गरी ९ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो वर्षमा नेपालगञ्ज उप–महानगरपालिका, बर्दिबास नगरपालिका र ललितपुर महानगरपालिकामा सफलतापूर्वक गतिविधिहरु सञ्चालन गरिसकेको छ भने परियोजनाको दोस्रो वर्ष जनकपुर उप–महानगरपालिका, भरतपुर महानगरपालिका र कोहलपुर नगरपालिकामा अभियान सञ्चालन गर्न गइरहेको परियोजनाका प्रमुख युनिश घिमिरेले  जानकारी दिए ।

परियोजना अन्तर्गत विद्यालयहरुम वेष्टस्मार्ट स्कुल, युवा समुहहरुसँग सहकार्य, युवाहरु परिचालनका लागि युवाहरुको संस्थासँग सहकार्य, स्थानीय तहको फोहोरमैला व्यवस्थापन नीति निर्मानर्माण, फोहोरमैला उद्यमलाई सवलीकरण गर्न अनुदान, फोहोरमैला सफाइकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सशक्तिकरण तालिम, सफाईकर्मीहरुलाई सङ्गठित गर्न बनेका नागरिक समाज संस्थालाई संगठानात्मक क्षमता अभिवृद्धि गर्न अनुदान तथा प्रशिक्षणलगायतका क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।

आज भएको कार्यक्रममा पहिलो वर्ष भएका १२ वटा विद्यालयलाई कदरपत्रद्धारा सम्मान गरिएको छ । त्यस्तै, स्थानीय तहमा रहेर नीतिनिर्माणमा सहयोग पुर्याउने तीन जनालाई वेस्ट स्मार्ट फेलोलाई पनि दिक्षित गरिएको छ ।

यस्तै मुल्यांकनको आधारमा छनौट भएका बाग्मती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी ६ निजी फोहोरमैला तथा अफसाइकिलिङलाई रु २० लाखको दरले अनुदान रकमसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा सहभागि भएका विद्यार्थी, युवा तथा शिक्षकहरुले राजदूत लोरेन्जोलेसँग दोहोरो अन्तरक्रिया गरिएको थियो । परियोजना क्रिएसन नेपालको नेतृत्वमा कन्सोर्टियम साझेदार रेस्टलेस लेभलपमेन्ट र युथ इनोभेसन ल्याबसँगको सहकार्यमा कार्यान्वयन भईरहेको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending