Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

हिटलरदेखि गद्धाफीसम्मका तानाशाहका छोराहरू के गर्थे ? हेर्नुहोस् रोचक तथ्य

तानाशाहहरु शक्ति र सत्ताको मातमा लाखौं करोडौं मानिसको ज्यान लिन्छन् । तर त्यसरी तानाशाह भएका मानिसहरुको व्यक्तिगत जीवन भने त्यही खुशी देखिदैन । उनीहरु पछिको पुस्ताले अकाल मै मृत्यु रोज्नेसम्मको घटना संसारमा पाइन्छ । षडयन्त्र र जालसाँजीबाट आफ्नो जीवनलाई सफल बनाएका तर आफ्नो शेषपछि सन्तानले नराम्रोसँग दुःख पाएका उदाहरण संसारमा प्रसस्तै छन् । ती तानाशाहका छोराहरुले के गरे ? कस्तो भयो उनीहरुको जीवन ? यसबारे अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ : तानाशाह निकोल काउसेसकु र उनका छोरा नीकु काउसेसकू \"nicole-and-niku_146616664-750\" रोमानियाका पूर्व तानाशाह हुन् निकोल काउसेसकु । १५ वर्षसम्म रोमिनियामा शासन गरेका उनले त्यहाँको स्वतन्त्रता पुरै तहननहस पारेका थिए । उनका कारणले कयौंले देश छोडेर सरणार्थी बन्नु परेको थियो । उनको छोरा पनि बाबुकै बाटो हिडे । उनको पहिचान नै बलात्कारी र रक्स्याह हुन पुग्यो । उनी लापरबाही ढंगले कार चलाएर कयौं पटक दुर्घटनामापनि पनि परे । उनका पिताको हत्यापछि उनलाई पनि २० वर्षका लागि जेल सजाए सुनाइयो । जेल बसेको ४ वर्षपछि उनको जेलमै मृत्यु भयो । तानाशाह स्लोबोडैन मिलोसेविक र उनका छोरा मार्को मिलोसेविक \"marko-milosevic-slobodan--750\" स्लोबोडैन मिलोसेविक सर्वियाका तानाशाह थिए । राजनीतिमा बदनामी कमाएका मिलोसेविकका छोरापनि पिताकै बाटोमा हिँडे । लामो विरोध प्रर्दशनपछि उनका पिताले सर्वियाबाट हात धुनुप¥यो । पिताको राजनैतिक पराजयपश्चात उनी अपराधिक बाटो तर्फ मोडिए । उनी संगठित अपराधमा नराम्रोसँग डुबे । अन्ततः उनी अपराधको दुनियामा प्रवेश गरेका कारण देश छाडेर रुस भाग्नु प¥यो । उनले यूगोस्लाभियामा भएको युद्धको दौरानमा कयौं हत्या, लुट र फिरौती जस्ता कामहरु गरे । तानाशाह सद्दामम हुसैन र उनका छोरा उदय हुसैन उदय हुसेन इराकका पूर्व तानाशाह सद्धाम हुसेनका छोरा थिए । अमेरिकाले सद्धामलाई ध्वस्त नपार्दासम्म सद्धामपछि उदय नै सत्तामा आउने सम्भावना थियो । बुवाको शासनकालमा उनले कयौं हत्या गरेका थिए । अपहरण, हत्या, फिरौती, बलात्कार जस्ता घटनाबाट उनी आरोपित थिए । यतिसम्मकी उनले इराकका महिला फुटबलरमाथि समेत बलात्कार गरेको आरोप लागेको थियो । उनको हत्याको श्रृङ्खला यति चरम की उनले स्वयम् आफ्नै पिताका पर्सनल सहयोगीको समेत हत्या गरेका थिए । अन्ततः सन् २००३ मा अमेरिकाले इराकमाथि गरेको हमलामा उनी पनि मारिए । तानाशाह मुहम्मर गद्दाफी र उनको छोरा मुतस्सिम गद्दाफी \"mutassim-gaddafi-muammar--750\" मुहम्मर गद्दाफीलाई आधुनिक संसारको सबैभन्दा खतरनाक तानाशाहका रुपमा लिइन्छ । उनका छोरापनि लिवियामा एक कुख्यात अपराधीका रुपमा थिए । उनी आफ्नो पिताको तर्फबाट कतिपय ‘डिल’हरु गर्थे । उनलाई कयौं अन्तर्राष्ट्रिय मञ्चहरुमा लिवियाको प्रतिनिधि बनाएर पठाइएको थियो । उनले हिलारी क्लिन्टनसँगसमेत भेट गरेका थिए । लिवियामा भएको विद्रोहका क्रममा उनको पनि वुवासँगै हत्या भएको थियो । तानाशाह मुसोलिनी र उनका छोरी एडा मुसोलिनी \"edda-mussolini-benito-mus-750\" इटलीका तानाशाह मुसोलिनीको अरुको भन्दा फरक कथा रहेको छ । एडाको पतिले ससुरा मुसोलिनीको तानाशाही शासनको विरोध गरेका थिए । विरोध पछि आफ्नै छोरी ज्वाँईलाई मुसोलिनीले जेलमा हालिदिएका थिए र त्यही जेलमा उनको कडा यातनाकारण मृत्यु भयो । पतिको मृत्युभएपछि एडा निकै विछिप्त भइन् । उनले आफ्नो पिताको विरोध सँगसँगै बुवासँग बदला नै लिने निश्चय गरिन् । त्यसपछि एडा भागेर स्वीडेन पुगिन् र त्यहाँका कम्युनिस्टहरुसँग सम्बन्ध बढाईन् । समाचारमा उल्लेख भए अनुसार उनी सारीरिक सम्बन्धसम्म पुगेकी बताइन्छ । त्यसपछि मुसोलिनी रिसले आगो भए र इटालीको छापामारको मदत लिएर उनले आफ्नै छोरीको हत्या गरे । तानाशाह हिटलरका छोरा जीन मैरिए लारेट \"jean-marie-loret-adolf-hi-750\" हिटलरलाई मानव सभ्यताको इतिहासमै सबैभन्दा क्रुर तानाशाहको रुपमा लिइन्छ । अरुसँग मात्र होइन उनी आफ्नै परिवारसँग समेत अन्त्यन्त क्रुर थिए । उनले आफ्नै छोरालाई समेत अपनाएका थिएनन् । उनको एक फ्रान्सेली महिलासँग गोप्य सम्बन्ध थियो । त्यही महिलाबाट उनको एक छोराको जन्म भएको थियो र उसैको नाम हो जीन मैरिए लारेट । हिटलरको मृत्युपछि लारेटले हिटलर घुमेका प्राय स्थान घुमे । आश्चर्यको कुरा के छ भने जब उनकी श्रीमतिले आफ्नो पति हिटलरको छोरा भएको थाहा पाइन् तब तुरुन्तै छाडि दिइन्। उनले सामान्य मजदुर जसरी फ्रान्सको रेलवे स्टेशनमा काम गरेका थिए र त्यहीबाट सेवानिवृत्व पनि भए । हाल उनको बच्चाहरु फ्रान्समा बस्ने गर्छन् । \"dictator_1466173648-750\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy