Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

रसुवामा वार्इसीएलले राजस्व छलेर ल्याएको गाडी समातेर प्रहरीलाई बुझायो

\"rajswa_rasuwa-750\"रसुवा । माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपाल रसुवा तथा माओवादी केन्द्र रसुवाले राजस्व कम तिरेर काठमाडौं आउँदै गरेको सामान ढुवानी कन्टेर समातेर धुन्चे प्रहरीलाई बुझाएको छ । रसुवा माओवादी केन्द्रका समिर र वाइसीयलका केन्द्रीय सदस्य वासुदेव लामिछानेको नेतृत्वको एक टोलीले रसुवागढी भन्सार कार्यालयबाट छुटेका २ कन्टेनरलाई भन्सार छलि गरेको भन्दै नियन्त्रणमा लिएको हो । ना ५ ख ५६०० नम्बरको उक्त मालबहाक कन्टेनरलाई वाइसीयलले आफै नियन्त्रणमा भने लिएको थिएन । धुन्चे प्रहरीलाई राजस्व छलेको सुराक सहित धुन्चेमा प्रहरीमार्फत समात्न लगाएको थियो । केन्द्रका समिरका अनुसार धुन्चेमा पहिलो कन्टेनर प्रहरीको नियन्त्रणमा गएपछि दोस्रो कन्टेनर ना ३ ख १७३ भने स्याप्रुबाट रसुवागढीतिरै फर्किएको छ । रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेँरु भने यि दुई कन्टेनरको राजस्व कम तिर्ने सेटिङ मिलाएर बिहिबार दिउसै काठमाडौं हिडेको नेता समिरको दावी रहेको छ । रसुवागढीजस्तै नेपालका थुप्रै राजस्व कार्यालयहरुबाट ‘सेटिङ’ मिलाएर लागत मुल्य कम, भित्र्याइएको सामानको परिणाम कम उल्लेख गर्ने तथा ठुलो सामानलाई सानो सामान उल्लेख गर्दै राजस्व छल्ने काम गरिदै आएको छ । वाईसीयल रसुवाले रसुवागढी भन्सार नाकामा खटिएका आफ्ना सदस्यहरुको आधारमा ति दूई कन्टेनरले ठुलो मात्रामा राजस्व छलि गरेको दावी गरेको छ । अहिले एउटा कन्टेनर धुन्चे प्रहरीको नियन्त्रणमा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE