Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

मधेस आन्दोलनमा देखियो प्रचण्डको खाँचो

\"sanghiya काठमाडौं । नयाँ संविधान जारी हुनुअघिदेखि नै मधेसी दलहरुले शुरु गरेको आन्दोलनले अझै निकास पाएको छैन । संविधान जारी भएको पनि नौ महिना पुगिसकेको छ । चार महिनाबढी मधेसको कठोर आन्दोलनपछि सुस्ताएको मधेस आन्दोलन अहिले राजधानी वरिपरि घुमिरहेको छ । झण्डै झण्डै सात महिनाको मधेस आन्दोलनको अगुवाई चार दलीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको थियो । मधेस आन्दोलनलाई निश्कर्षमा पुर्याउन भन्दै मधेसकै तीन दल थपिएपछि सात दलीय मोर्चा बन्यो । भारतसहित मधेसी दलहरुले काठमाडौंलाई संकट निम्त्याउन गरेको कठोर आन्दोलन लामो समयका कारण शिथिल हुँदै गएपछि सरकारले झनै मधेस आन्दोलनलाई वेवास्ता गर्यो । लामो समयसम्म आन्दोलन टिक्न सक्दैन भन्ने कुरा मधेसी दलहरुले पाठ पनि सिके । तर विकल्प के हो र आन्दोलनको कसरी सुरक्षित अवतरण गर्ने भन्नेमा पनि मधेसी दलका नेताहरु अन्योलमा छन् । क्षेत्र फराकिलो, विचार संकुचित क्षेत्रीय राजनीतिक गरेका राजनीतिक दलहरुले राष्ट्रिय अन्दोलन गर्न समस्या हुने रहेछ भन्ने पनि मधेसी दलहरुले पछिल्लो आन्दोलनबाट थाहा पाएका छन् । क्षेत्रीय राजनीतिक गरेको उपेन्द्र नेतृत्वको मधेसी जनाधिकार फोरम र जातीय राजनीति गरेको अशोक राई समूहबीच संघीय समाजवादी पार्टीबीचको एकतापछि केही क्षेत्र फराकिलो भए पनि विचार भने संकुचित रहेको छ । त्यसैले जनजाति बाहुल्य क्षेत्रमा अशोक राईले पनि साथ पाउन सकेनन् । अशोक राईकै कारण जनजाति बाहुल्य क्षेत्रबाट राम्रै साथ पाउने उपेन्द्रको विश्वास थियो । त्यसैले मधेस केन्द्रित मात्रै राजनीति गरेका मधेसी मोर्चाका दलहरुलाई लतारेर उपेन्द्र काठमाडौंसम्म ल्याए । जनजातिको साथ कर्मकाण्डी मात्रै केही मधेसी दलले मात्रै निर्णायक आन्दोलन गर्न नसक्ने निश्कर्षमा उपेन्द्रले नै संविधानप्रति असन्तुष्ट समुदायसँग कार्यगत एकताको पहल गरे । आफ्नै नेतृत्वमा उपेन्द्रले २९ दलीय संघीय गठबन्धन बनाए । सोही गठबन्धनको आवरणमा एक महिनादेखि राजधानीमा आन्दोलन जारी रहेको छ । जनजाति समुदायको आवद्धताका कारण मधेसी नेताहरुले उचाले पनि सरकारमा रहेका ठूला दलका युवाहरुले लखेट्न सकेनन् । तर २९ दलीय गठबन्धनको राजधानी केन्द्रित आन्दोलन भने केवल कर्मकाण्डी मात्रै बन्दै गएको छ । मधेस अान्दाेलन तत्कालिन क्रान्तिकारी माअाेवादी अध्यक्ष माेहन वैद्य नेतृत्वकाे ३३ दलीय माेर्चाकाे हालतमा पुगेकाे छ । अहिले गठबन्धनमा अावद्ध भनिएका परशुराम तामाङ लगायतका नेताहरू भने अनसन छाडेर नयाँ शक्तितिर बाटाे तताइसकेका छन् । निर्णायक नेताको खाँचो लामो समयको आन्दोलनबाट पनि आफूले भनेजस्तै हुन नसकेपछि मधेसी दलका नेताहरु हैरानीमा छन् । तर आन्दोलनको सुरक्षित अवतरण कसरी भर्ने भन्ने भेउ कसैले पाएका छैनन् । पछिल्लो समय आन्दोलनको नेतृत्व संघीय गठबन्धन कि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भन्नेमै मतान्तर देखिएको छ । उपेन्द्रबाहेक मोर्चाका नेताहरुले आफूहरु नै आन्दोलनको स्टेक होल्डर भएको बताएका छन् । यो बेलामा सबैलाई आफ्नो लिकमा हिँडाउने नेताको आवश्यकता मोर्चामा देखिएको छ । दश वर्षे जनयुद्धलाई प्रचण्डले जस्तोसुकै जोखिम मोलेर शान्तिप्रक्रिया हुँदै यहाँसम्म ल्याइपुर्याए, त्यस्तै गरी मधेस आन्दोलनको पनि सुरक्षित अवतरण आवश्यक छ । त्यसका लागि प्रचण्डजस्तै नेताको खाँचो देखिएको छ । आन्दोलन उत्कर्षमा पुर्याएर राजनीतिक दबाब वा कुटनीतिक तवरबाट जसरी हुन्छ, आन्दोलन अवतरण गर्नुपर्नेतर्फ नै लाग्नुपर्ने देखिन्छ । अन्यथा मधेस आन्दोलन ‘काग गराउँदैछ, पिना सुक्दैछ’ कै अवस्थाबाट गुज्रिरहन्छ, जसले कुनै पनि निकास दिन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE