Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

वार्तामा जाने नजाने भन्ने माेर्चाकै नेताहरूमा अन्याेल

\"sanghiya काठमाडौं । मधेसी–जनजातिको संघीय गठबन्धनले वार्तामा जाने नजानेबारे विहीबार निर्णय गर्दैछ । सात महिना लामो मधेस आन्दोलनपछि जनजातिसहितको साथ लिएर राजधानी केन्द्रित आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सरकारले वार्ताका लागि पत्राचार गरेपछि यसबारे निर्णय गर्न संघीय गठबन्धनको बैठक बस्न लागेको हो । मधेसी–जनजातिको २९ दलीय संघीय गठबन्धन जेठ २५ गतेदेखि खुलामञ्चका साथका देशका विभिन्न ठाउँमा रिले अनसन बसिरहेको छ । मधेस आन्दोलनपछि संघीय गठबन्धनको अगुवाइमा राजधानी केन्द्रित आन्दोलन थालिए पनि सरकारले वेवास्ता गरेको भन्दै पुनः कडा आन्दोलन चर्काउने चेतावनी दिइरहेका बेला सरकारले मोर्चालाई बार्तामा बोलाएको हो । यसअघि पनि मोर्चाका नाममा सरकारले पत्र पठाएको भन्दै गठबन्धनले वार्ता अस्वीकार गरेको थियो । अहिले पुनः मोर्चाकै नाममा पत्र पठाएर गठबन्धनलाई फुटाउन खोजको गठबन्धनका नेताहरुको आरोप छ । सरकारले मोर्चालाई वार्तामा आउन औपचारिक रुपमै आह्वान गरेपछि मोर्चाका केही नेताहरु भने वार्तामा जानुपर्ने पक्षमा छन् । तर गठबन्धनलाई बेवास्ता गर्दै मोर्चालाई मात्र वार्तामा बोलाएको भन्दै गठबन्धनका नेताहरु चिढिएका छन् । संघीय गठबन्धनको आन्दोलन मुल समितिको विहीबार बैठक बसेर वार्तामा जाने नजाने निर्णय गर्ने गठबन्धनका नेताहरुले जानकारी दिए । गठबन्धनको सचिवालयको मंगलबारसंघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले भने सरकारले वार्ताका लागि मोर्चालाई पत्र पठाएर गठबन्धन फुटाउन खोजेको निश्कर्ष निकालेको थियो । गठबन्धन र मोर्चाले आजको बैठकपछि नै वार्ताबारे ठोस जवाफ दिने बताइएको छ । संघीय गठबन्धनमा मधेसी–जनजातिको २९ वटा दल तथा समूह आवद्ध छन् । संविधान पुनर्लेखनको माग गर्दै आएको गठबन्धनले आफ्नो २६ बुँदे माग अघि सार्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE