Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

‘डी’ प्लसभन्दा तलका परीक्षार्थीले भर्ना हुन नपाउने, मौका परीक्षा हुने

\"slc-board-edukhabar\"भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहिबार सार्वजनिक गर्ने प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो९शून्य० देखि ‘ए प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, “अघिल्लो वर्षसम्म एसएलसी नतिजामा कुन डिभिजन आयो भन्ने थाहा हुन्थ्यो तर यस वर्ष फेल, पास र डिभिजन हुने छैन, सबै विद्यार्थी पास हुन्छन् ।” एसएसली उत्तीर्ण गरेका विद्यार्थी मध्ये कस्ता विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने भनेर मापदण्ड तय गरिएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले विभिन्न १२ विषयमा आवश्यक गे्रडिङ र ग्रेड प्वाइन्ट एभरेज९औसत० निर्धारण गर्दै कक्षा ११ मा भर्ना हुन कम्तीमा पनि अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपालीमा ‘डी प्लस’ आवश्यक पर्ने बताएको छ । विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान र गणितमा ‘सी प्लस’ र अङ्ग्रेजीमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए । उक्त ग्रेड प्रयोगात्मक र सैद्धान्तिक दुवैमा हुनुपर्ने छ । ‘सी प्लस’ भन्नाले ५० देखि ६० प्रतिशत अङ्क बराबर हो । सो अनुसार अङ्गे्रजी, गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनैपर्ने हुन्छ । अन्य विषयमा ‘डी प्लस’ भए हुन्छ । प्राविधिक विषयतर्फ भने १० वटै विषयमा ‘सी प्लस’ ल्याउनुपर्नेछ । माध्यमिक विद्यालयको व्यावसायिक धारमा पढ्न चाहनेले विज्ञान, अङ्ग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थापन सङ्काय पढ्न चाहनेले गणितमा ‘सी’ अनिवार्य तर पर्यटन, आमसञ्चारमाध्यम र होटल व्यवस्थापन पढ्न चाहनेले अङ्ग्रेजीमा अनिवार्य‘‘सी ग्रेड’ ल्याउनुपर्ने व्यवस्था छ । कुनै पनि ऐच्छिक विषय लिएकाहरुले सोही विषयमा कम्तीमा पनि ‘सी’ ल्याउनैपर्ने व्यवस्था गरिएको छ । ‘डी प्लस’ भन्दा माथिका ग्रेड ल्याउने अर्थात् १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने परिषद्ले व्यवस्था गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०ले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको छ । सिटिइभिटीले अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ । मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE