Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

ओली सरकारको पालामा कस–कसले पाए राजनीतिक नियुक्ति ?

\"1-2\" काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिनामा ४२ जनाले राजनीतिक नियुक्ति पाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – त्यसबाहेक ४७ सहसचिव र सोभन्दा माथिल्लो तहका कर्मचारी सरुवा र बढुवामा परेका छन् । त्यसैगरी, परराष्ट्रका आठ कर्मचारी राजदूतमा सिफारिसमा गरिएका छन् । यी सबै गरेर यस अवधिमा सरकारले अहिलेसम्म एक सय आठ व्यक्तिलाई विभिन्न तहमा नियुक्त, सरुवा र बढुवा गरेको छ । माओवादीका ६ जना मात्रै माओवादी केन्द्रका तर्फबाट राजनीतिक नियुक्तिको अवसर पाउने ६ जना मात्रै छन् । चारजना राजदूतको सिफारिसमा परेका छन् । महेन्द्र सिंह, यदुनाथ लम्साल, लक्की शेर्पा र पदम सुन्दास माओवादी कोटाबाट राजदूत नियुक्तिमा अवसर पाउनेमा पर्छन् । सुनीलबाबु श्रेष्ठ र चन्द्रकान्त पौडेल योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । राप्रपा नेपालका पाँचजना सत्तासाझेदार तेस्रो ठूलो दल राप्रपा नेपालका पाँचजनाले राजनीतिक नियुक्तिको अवसर पाएका छन् । योजना आयोग सदस्य गीताभक्त जोशी, राजदूत सिफारिसमा भरतबहादुर रायमाझी, निरञ्जन थापा र खगन्द्र बस्नेत गरी तीनजनाले अवसर पाएका छन् । त्यसबाहेक राप्रपा नेपालबाट परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा मोहन श्रेष्ठले नियुक्ति पाएका छन् । फोरम लोकतान्त्रिकका दुईजना मात्रै अर्को सत्तासाझेदार दल फोरम लोकतान्त्रिकबाट महत्त्वपूर्ण पदमा राजनीतिक नियुुक्ति पाउनेमा दुईजना मात्रै छन् । राष्ट्रिय योजना आयोग सदस्यमा कृपासिन्धु र ओमानका लागि राजदूतमा शर्मिला पराजुली सिफारिस भएकी छिन् । एमालेभित्र पनि संस्थापन हाबी राजनीतिक नियुक्तिमा पनि एमालेभित्र संस्थापन पक्ष हाबी देखिएको छ । केही समयअघि नियुक्त भएका प्रेस काउन्सिलका सदस्यमध्ये शुभेच्छा बिन्दु तुलाधार महासचिव ईश्वर पोखरेलको सिफारिसमा र गोविन्द चौलागाईं माधव नेपालको पक्षबाट सिफारिस भएर नियुक्त भएका हुन् । काउन्सिलकै अर्का सदस्य दीपक पाठक प्रधानमन्त्री ओलीकै दबाबमा नियुक्त भएका थिए । तर, उनको नियुक्ति विवादमा परेको छ । प्रधानमन्त्री ओलीनिकटहरू मात्रै सल्लाहकार समितिमा परेका छन् । राष्ट्रपतिको स्वकीय सचिवमा नियुक्त भेषराज अधिकारी ओलीनिकट मानिन्छन् । राजदूतका लागि सिफारिस गरिएकामध्ये अली अख्तर मिकरानी मात्रै माधव नेपाल समूहका हुन् । पहिला माधव नेपाल समूहमा भए पनि पछिल्ला दिनमा संस्थापन पक्षमा लागेका युवराज कार्की राजदूतमा सिफारिस भएका हुन् । महासचिव ईश्वर पोखरेलको नजिक रहेका खड्ग केसी जापानका लागि राजदूत सिफारिस भएका छन् । राजदूतमा सिफारिस भएकी शिवमाया तुम्बाहाम्फे राष्ट्रपति विद्या भण्डारीनिकट मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending