Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

खबरडबली संवाददाता

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको एक वर्षको अवधिमा उनीहरूलाई भारतका विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार उद्धार गरिएकामध्ये भारतको बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबादबाट एक–एक जना गरी ६ जना रहेका छन् । यस्तै, दिल्ली र गाजियाबाट दुई–दुई जना गरी चार जनाको उद्धार गरिएको हो ।

उनीहरूलाई भारतका विभिन्न स्थानमा विभिन्न काममा लगाइएको तथा कोठीमा बेचिएको अवस्थामा खोजतलास गरी उद्धार गरिएको संयोजक भट्टले जानकारी दिइन । उद्धार भएकामध्ये ८ जना बालिका र २ जना महिला रहेका छन् ।
यसैगरी, माइती नेपालले कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी तथा अन्य स्थानबाट भारत लैजाँदै गरेको अवस्थामा २०९ जनालाई रोकथाम गरी परिवारको जिम्मा लगाएको जनाएको छ ।

संयोजक भट्टका अनुसार गड्डाचौकी नाकाबाट ८९ जना, चार लेन महाकाली पुलबाट ३१ जना, दोधारा–चाँदनी झोलुङ्गे पुलबाट २९ जना तथा जिल्ला प्रहरी कार्यालयको सहयोगमा विभिन्न स्थानबाट ६० जनालाई भारत जाँदै गर्दा रोकथाम गरिएको हो ।

भारतमा पुर्‍याएर बेचबिखन गर्ने योजनासहित रोकथाम गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला रहेका छन् । तीमध्ये कञ्चनपुरका १०० जना, कैलालीका ३२ जना, बैतडीका १४ जना, बझाङका १० जना र डोटीका ८ जनालाई सीमा क्षेत्रमा नै रोकथाम गरी परिवारको जिम्मा लगाइएको उनले बताइन । 

दलालहरूले उनीहरूलाई भारत पुर्‍याएर श्रम शोषण गर्ने, उत्तेजक नाचमा लगाउने, शारीरिक अङ्ग बिक्री गर्ने तथा यौन पेशामा संलग्न गराउने उद्देश्यले बेचबिखन गर्ने गरेको माइती नेपालले जनाएको छ । पछिल्लो एक वर्षको अवधिमा माइती नेपाल कञ्चनपुरमा १८९ वटा खोजतलाससम्बन्धी निवेदन दर्ता भएका छन् । 

तीमध्ये कञ्चनपुरका ६९, कैलालीका ४१, बझाङका १३ तथा डोटी र डडेल्धुराका १०–१० जनासहित ८१ जना बालबालिका र १०८ जना महिला रहेका छन् । उनीहरूमध्ये ८१ जना फेला परेका छन् भने ११७ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको भारतका विभिन्न स्थानमा खोजी भइरहेको बताइएको छ ।

माइती नेपाल आवधिक गृह, कञ्चनपुरले शनिबार महेन्द्रनगरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो एक वर्षमा भएका उद्धार, रोकथाम र परामर्शसम्बन्धी गतिविधिबारे जानकारी गराएको हो ।

कार्यक्रममा संयोजक भट्टले बालबालिका तथा महिलालाई जोखिममा पर्न नदिन नियमित रूपमा मनोसामाजिक परामर्श प्रदान गरिँदै आएको जानकारी दिइन । उनका अनुसार हालसम्म ४४ हजार ५८१ जनालाई सीमा नाकामा मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे परामर्श दिइएको छ ।
नाकाबाट रोकथाम गरिएका २१७ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ३३ जनालाई परामर्शपछि सिधै घर फर्काइएको छ । साथै, २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । यस अवधिमा १२ हजार ८५८ वटा सवारीसाधन रोकि चेकजाँचसमेत गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी १० वटा निवेदन, जबरजस्ती करणीसम्बन्धी ४ मुद्दा तथा मानव बेचबिखनसम्बन्धी एक मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending