Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

यस्ता पनि डाक्टर !

\"doctor-apron\"झापा । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चिकित्सकले पैसाको लालचमा परेर आफ्नो हस्ताक्षर र स्ट्याम्प बेच्ने गरेको खुलासा भएको छ ।

यातायात व्यवस्था कार्यालय मेचीको परिसर अगाडि शुभलक्ष्मी डायनेस्टिक सेन्टरको नामबाट सञ्चालित एक पसलमा डा दीपरञ्जन कुमारले आफ्नो हस्ताक्षर र स्ट्याम्प बेच्ने गरेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला जनस्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड र सञ्चारकर्मी सम्मिलित टोलीले आज अनुगमन गर्दा त्यस्तो भेटाएको हो ।

अनुगमनका क्रममा यातायात परिसर पुगेको टोलीले सवारी चालक अनुमतिपत्र लिनका लागि चाहिने निरोगिताको प्रमाणपत्रको अनुसूची फारममा निवेदकको विवरण नै नभरी डाक्टरले खाली फारममा हस्ताक्षर गर्दै आफ्नो एनएमसी नं खुल्ने गरेको स्ट्याम्प प्रयोग गर्ने गरेको फेला पारेको थियो । डा दीपरञ्जन कुमारको एनएमसी नं १३३४० हो । उनले दजनौँ खाली निरोगिताको प्रमाणपत्रको खाली फारममा हस्ताक्षर गरेको अनुगमन टोलीले भेटेको थियो ।

सो निरोगिता प्रमाणपत्रको अनुसूची फारममा निवेदकको विवरणबिना नै हस्ताक्षर गरेको पाएपछि अनुगमन टोलीले केही फारमसमेत जफत गरेको छ । डा कुमारले आफूले भ्याएका बेला खाली फारममा सही छाप गरिराखेको अनुगमन टोलीसमक्ष स्वीकारेका थिए ।

त्यस्तै टोलीले आज नै बिर्तामोडमा सञ्चालित अस्पताल तथा क्लिनिकमा अनुगमन गरेको छ । बिर्तामोडमा सञ्चालित बजरङ्ग मेडिकल एन्ड डायग्नेस्टिक सेन्टर, कञ्चनजङ्घा हस्पिटल, साथी मेडीको, झापा डेन्टल अस्पताल, शुभलक्ष्मी डायनेस्टिक सेन्टरको अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलासहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरे, नायब सुब्बा रमेशप्रसाद खतिवडा, डा दुर्योधन यादवलगायत सहभागी थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending