Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

युरो ०१६ मा एकएक खेल सकियो : यस्तो देखियो नतिजा (चार्टसहित)

\"Uro_frist_game\"काठमाडौं । युरोकप २०१६ मा सहभागी २४ राष्ट्रका राष्ट्रिय टोलीहरुले मंगलबार रातिसम्म आइपुग्दा एकएक खेल खेलेका छन् । पहिलो खेलमा उपाधि यात्राको दाबेदार मानिएका केही टोलीहरुले पारजय बेहोरेका छन् भने केही टोलीहरु नपत्याइएका टोलीहरु बराबरीमा रोकिएका छन् । आयोजक राष्ट्र फ्रान्सले सन्तोषजनक नतिजा निकालेको छ भने पोर्चुगल र इंग्याल्याण्ड जस्ता टोलीहरु बराबरीमा रोकिएका छन् । नेदरल्याण्ड र बेल्जियमजस्ता सशक्त टोलीहरु पराजित हुन पुग्दा युरोकप ०१६ थप रोमाञ्चक हुने अवस्था देखिएको छ । स्पेन, इटली र जर्मनी जस्ता ठुला टोलीहरुले जित निकालेपनि सन्तोषजनक गोल अवस्था छैन । बल्ल र मुश्किलले १ गोल गरेका यि ठुला टोलीहरुपनि संकटमा छन् भन्ने सजिलै बुझ्न सकिन्छ । हामीले पहिलो र एकएक खेल खेलिसकेका २४ राष्ट्रहरुको अवस्थाका बारेमा याँहा प्रस्तुत गर्न लागिरहेका छौं । यस्तो छ पहिलो खेलको अवस्था फ्रान्स VS रोमानिया : उद्घाटन खेल खेलेको आयोजक राष्ट्र फ्रान्स र रोमानियाले २–१ को खेल खेले । फ्रान्सका लागी गिराउड र पेयटले ११ गोल गरेर आफ्नो टोलीलाई विजयी बनाए भने रोमानियाका स्टानकुले १ गोल फर्काएपनि हार टार्न सकेनन् । यो खेलबाट समुह ‘ए’मा ३ अंकसहित फ्रान्स शिर्ष स्थानमा छ भने रोमानिया अंक रहित छ । अल्बानिया VS  स्विजरल्याण्ड : स्विजरल्याण्डसँगको खेलमा अल्बानिया पराजित भयो । स्विजरल्याण्डकाका स्चरले ५ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । स्जिरल्याण्डका यस खेलबाट ३ अंकका साथ समुहचरणमा फ्रान्ससँगसँगै छ । यि दुबै टोलीले एकमाथि अर्कोले एकातर्फी दबाब दिन सफल भएनन् । वेल्स VS स्लोभाकिया : यी समुह ‘बि’मा रहेका टोली हुन् । रियल म्याड्रिडका स्टार स्ट्राइकर बाले प्रेरित वेल्सले बालेकै गोलबाट १० औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा स्लोभाकियाका डुडाले बराबरी गोल फर्काएपनि हार टार्न भने सकेनन् । किनभने वेल्सका लागी रोब्सन कानुले ८१ औं मिनेटमा गोल थपे । यो खेलबाट वेल्सले ३ अंक जोडेर शिर्ष स्थानमा छ भने स्लोभाकिया अंकरहित अवस्थामा छ । इंग्ल्याण्ड VS रसिया : रसियासँगको खेलमा इंग्ल्याण्डको सपना चकानाचुर भयो । प्रिमियर लिग विजेता लिचेष्टर सिटीका स्ट्राइकर जेमी भार्डी, बायन रुनी, काने, स्टरलिङ जस्ता खेलाडी लिएर मैदानमा उत्रेका इंग्ल्याण्डले दमदार प्रदर्शन गर्न सकेन । रसियासँगको खेलमा गोलका लागी ७३ मिनेटसम्म सघर्ष गर्नुपर्यो । ७३ औं मिनेटमा डायरले गरेको गोलबाट आशातित इंग्ल्याण्ड त्यतिबेला निराश भयो जतिबेला अतिरिक्त समयको अन्तिम अवस्थामा बेर्जुत्स्कीले बराबरी गोल फर्काए । अंक बाढ्न बाध्यो इंग्याल्याण्ड र रसिया १/१ अंक सहित समुहचरणमा दोस्रो स्थानमा छन् । टर्की VS क्रोएसिया : यी समुह ‘डि’ मा रहेका टोली हुन् । जहाँ उपाधि दाबेदार मानिएको स्पेनसमेत छ । यो खेलमा टर्कीलाइ क्रोएसियाले १–० हरायो । रियल म्याड्रिका मिडफिल्डर मोड्रिकप्रेरित क्रोएसियालाई उनैले पहिलो हापको ४१ औं मिनेटमा सुन्दर गोल दिलाएर जिताए । यो खेलबाट क्रोएसियाको ३ अंक भएको छ भने टर्की अंकरहित अवस्थामा छ । स्पेन VS चेक रिपब्लिक : चेक रिपब्लिकका बिरुद्ध उपाधि दाबेदार मानिएको स्पेनले खेलको सम्पूर्ण समय बल आफ्नो नियन्त्रणमा लिएर पनि गोलका लागी ८७ औं मिनेटसम्म कुर्नु पर्यो । त्यो स्पेनका फरवार्डहरुबाट होइन, बार्सिलोनाका डिफेन्डर पिके जेरार्डले गोल गरे । तर यो गोलका लागी बार्सिलोनाकै मिडफिल्डर आन्द्रे इनिष्टाले सुन्दर पास मिलाईदिएका थिए । खेलमा १–० ले स्पेन विजयी भएपनि उसको यो नतिजा सन्तोषजनक होईन किनकी इनिष्ट्रा, शेष फेबिग्रास, पिके जेरार्ड, जोर्डी अल्बा, जुआन फ्रान जस्ता बार्सिलोना र रामोस–रियल म्याड्रिड, अनि सिल्भा जस्ता क्लब फुटबलका चर्चित खेलाडी लिएर मैदान उत्रिएको थियो । यो खेलबाट स्पेन समुहचरणको शिर्ष स्थानमा क्रोएसियासँगको समान अंकमा छ । पोल्याण्ड VS उत्तरी अायरल्याण्ड : यी टिम समुह ‘सी’ का हुन् । याँहा पछिल्लो विश्वकप विजेता जर्मन पनि छ । खेल सूरु हुनुअघि उत्तरीअायरल्याण्डलाई तुलनात्मकरुपमा बलियो टोलीको रुपमा मानिएको छ । तर उत्तरी अायरल्याण्डले पोल्याण्डसँग स्तब्ध हुन पर्यो । पहिलो हाप गोलरहित बराबर भएपनि दोस्रो हापको ५१ औं पोल्याण्डका मिलिकले उत्तरी अायरल्याण्डलाई १–० ले स्तब्ध बनाए । उत्तरी अायरल्याण्ड खेलमा फर्कन नसकेपछि यो नै अन्तिम र निर्णायक गोल हुन पुग्यो । यो खेलबाट पोल्याण्ड ३ अंकसहित समुहचरणको दोस्रो स्थानमा छ । जर्मनी VS युक्रेन : यी पनि समुह ‘सि’ का टिम हुन् । जर्मनी क्लब फुटबल तथा विश्वका चर्चित खेलाडीले भरिएको र उपाधि दाबेदार टिम हो । जर्मनीमा अघिल्लो विश्वकपमा निर्णायक गोल गरेका मारियो गोट्जेदेखी, ओजिल, मुस्ताफी, मुलर, क्रुस, स्वीन्सट्राइगर लगायतका खेलाडी छन् । मुस्ताफीको गोलबाट १९ औं मिनेटमा जर्मनीले लिएको अग्रतालाई बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका स्वीन्सट्राइगरले अतिरिक्त समयमा गोल गरेर जित दिलाएका थिए । खेलबाट ३ अंकका साथ जर्मन शिर्ष स्थानमा छ भने युक्रेन अंकरहित अवस्थामा छ । गणतन्त्रिक अायरल्याण्ड VS स्विडेन : यी दुबै टोली समुह ‘इ’मा छन् । बराबरी खेलेका दुबै टोली एकअर्कालाई जित्ने अभियानमा थिए । स्टार स्ट्राइकर इभ्राहमोभिकबाट धेरै आश गरेको स्वीडेनले त्यो आशा पुरा गर्न सकेन । उल्टो आएरल्याण्डका होलहाण्डबाट ४८ औं मिनेटमा गोल बेहोरेका स्वीडेनले बराबरी गर्न ७१ औं मनिेट कुर्नुपर्यो । तर त्यो गोलपनि आएरल्याण्डकै खेलाडी क्लार्कको उपहारबाट प्राप्त गोल हो । यो खेलबाट १/१ अंक जोडेका आएरल्याण्ड र स्वीडेन आगामी चुनौति छिचोल्न मुश्किल मान्दछन् । किनभने यिनीहरुले समुहचरणमै रहेका बेल्जियम र इटलीजस्ता टोलीसँग १÷१ खेल त अनिवार्य खेल्नुपर्ने हुन्छ । बेल्जियम VS इटली : समुह ‘इ’ मै रहेको बेल्जियमका लागी पहिलो खेल सम्झन लायक रहेन । इटलीले भने अतिरिक्त खुशी पायो । सम्भवत इटली, बेल्जियमसँग बराबरीको भित्रि मनस्थितिमा रहेको हुनसक्थ्यो । तर इटली २–० ले बेल्जियमलाई स्तब्ध बनायो । चेल्सीका जोर्डन हाजार्ड, युनाइटेडका फेलिनि, सिटीका ब्रुने, लुकाकु जस्ता प्रिमियर लिगका हस्तिहरु लिएर मैदान प्रवेश गरेको बेल्जियम इटलीका गिचरिनीको ३२ औं मिनेटको गोल फर्काउन असफल रह्यो । उल्टो इटलीका पेल्लेले खेलको अतिरिक्त समयमा अर्को गोल थपेर २–० मा पुर्याए । यो खेलबाट इटली ३ अंकका साथ शिर्ष स्थानमा छ भने बेल्जियम आएरल्याण्डभन्दा पछि अंकरहित अवस्थामा छ । यो हार बेल्जियमका लागी महंगो सावित हुन सक्छ । अस्ट्रिया VS हंगेरी : यी टोली समुहको अन्तिम समुह, अर्थात समुह ‘एफ’का हुन् । अन्तिममा भएका खेलहरुमा खासमा यो समुहमा अचम्म भईरहेको छ । तुलनात्मकरुपमा बलियो मानिएको अस्ट्रियालाई ४४ वर्षपछि युरोमा सहभागिता जनाएको हंगेरीले २–० ले पराजित गर्दा फुटबलका हस्तिहरु अचम्ममा परेका छन् । मंगलबार राति भएको खेलमा हंगेरीले ६२ औं र ८७ औं मिनेटमा एडम एसजलाई र जोल्टान स्टिवरको गोलबाट जित निकालेको हो । जितपछि अपत्यारिलो हंगेरी ३ अंकसहित समुहको शिर्ष स्थानमा पुग्यो । पोचुर्गल VS आइसल्याण्ड : यी टोली माथि भनिएजस्तै समुह ‘एफ’ का टोली हुन् । जहाँ अचम्मको नतिजा आइरहेको छ । ३ लाख ५० हजार जनसंख्या भएको सानो देश हंगेरीले यसअघि युरोकप खेलेको थिएन । पहिलो खेलमै ८ औं पटक युरोकप खेलेर उपविजेतासम्म भएको पोर्चुगललाई १÷१ को बराबरीमा रोक्यो । पोर्चुगल, जहाँ रियल म्याड्रिडका स्टार स्ट्राइकर तथा २ पटकका विश्वविजेता खेलाडी रोनाल्डो छन् । उनलाई आइसल्याण्डका खेलाडीले निराश बनाए । नानीको गोलबाट खेलको ३१ औं मिनेटमा पोर्चुगलले अग्रता लिएपनि ५१ औं मिनेटमा आइल्याण्डका लागी ब्जार्नासनले बराबरी गोल फर्काए । रोनाल्डोलाई निरिह बनाएका आइलयाण्डका खेलाडीले उसैगरी ९० मिनेट सकाएर खेल बराबरीमा सकाए । दुबै टोलीको खेलबाट १/१ अंक जोडिएको छ । नोट : समुहचरणमा सबै समुहहरुमा ४/४ टोली छन् । सबैले सबैसँग १/१ खेल खेल्नेछन् । प्रत्येक खेलको जितबाट ३ अंक र बराबरीबाट १ अंक प्राप्त हुनेछ । सबैभन्दा धेरै अंक प्राप्त हुने समुहको विजेता दोस्रो अंक हुने उपविजेता वा बराबरी भए गोल अन्तरका आधारमा छुट्याइने नियम छ । विजेता र उपविजेताले समुहचरण पार गरेर नकआउटचरणमा प्रवेश गर्नेछन् भने बाँकी टोली प्रतियोगिताबाट बाहिरिने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE