Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

युरो ०१६ मा एकएक खेल सकियो : यस्तो देखियो नतिजा (चार्टसहित)

\"Uro_frist_game\"काठमाडौं । युरोकप २०१६ मा सहभागी २४ राष्ट्रका राष्ट्रिय टोलीहरुले मंगलबार रातिसम्म आइपुग्दा एकएक खेल खेलेका छन् । पहिलो खेलमा उपाधि यात्राको दाबेदार मानिएका केही टोलीहरुले पारजय बेहोरेका छन् भने केही टोलीहरु नपत्याइएका टोलीहरु बराबरीमा रोकिएका छन् । आयोजक राष्ट्र फ्रान्सले सन्तोषजनक नतिजा निकालेको छ भने पोर्चुगल र इंग्याल्याण्ड जस्ता टोलीहरु बराबरीमा रोकिएका छन् । नेदरल्याण्ड र बेल्जियमजस्ता सशक्त टोलीहरु पराजित हुन पुग्दा युरोकप ०१६ थप रोमाञ्चक हुने अवस्था देखिएको छ । स्पेन, इटली र जर्मनी जस्ता ठुला टोलीहरुले जित निकालेपनि सन्तोषजनक गोल अवस्था छैन । बल्ल र मुश्किलले १ गोल गरेका यि ठुला टोलीहरुपनि संकटमा छन् भन्ने सजिलै बुझ्न सकिन्छ । हामीले पहिलो र एकएक खेल खेलिसकेका २४ राष्ट्रहरुको अवस्थाका बारेमा याँहा प्रस्तुत गर्न लागिरहेका छौं । यस्तो छ पहिलो खेलको अवस्था फ्रान्स VS रोमानिया : उद्घाटन खेल खेलेको आयोजक राष्ट्र फ्रान्स र रोमानियाले २–१ को खेल खेले । फ्रान्सका लागी गिराउड र पेयटले ११ गोल गरेर आफ्नो टोलीलाई विजयी बनाए भने रोमानियाका स्टानकुले १ गोल फर्काएपनि हार टार्न सकेनन् । यो खेलबाट समुह ‘ए’मा ३ अंकसहित फ्रान्स शिर्ष स्थानमा छ भने रोमानिया अंक रहित छ । अल्बानिया VS  स्विजरल्याण्ड : स्विजरल्याण्डसँगको खेलमा अल्बानिया पराजित भयो । स्विजरल्याण्डकाका स्चरले ५ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । स्जिरल्याण्डका यस खेलबाट ३ अंकका साथ समुहचरणमा फ्रान्ससँगसँगै छ । यि दुबै टोलीले एकमाथि अर्कोले एकातर्फी दबाब दिन सफल भएनन् । वेल्स VS स्लोभाकिया : यी समुह ‘बि’मा रहेका टोली हुन् । रियल म्याड्रिडका स्टार स्ट्राइकर बाले प्रेरित वेल्सले बालेकै गोलबाट १० औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा स्लोभाकियाका डुडाले बराबरी गोल फर्काएपनि हार टार्न भने सकेनन् । किनभने वेल्सका लागी रोब्सन कानुले ८१ औं मिनेटमा गोल थपे । यो खेलबाट वेल्सले ३ अंक जोडेर शिर्ष स्थानमा छ भने स्लोभाकिया अंकरहित अवस्थामा छ । इंग्ल्याण्ड VS रसिया : रसियासँगको खेलमा इंग्ल्याण्डको सपना चकानाचुर भयो । प्रिमियर लिग विजेता लिचेष्टर सिटीका स्ट्राइकर जेमी भार्डी, बायन रुनी, काने, स्टरलिङ जस्ता खेलाडी लिएर मैदानमा उत्रेका इंग्ल्याण्डले दमदार प्रदर्शन गर्न सकेन । रसियासँगको खेलमा गोलका लागी ७३ मिनेटसम्म सघर्ष गर्नुपर्यो । ७३ औं मिनेटमा डायरले गरेको गोलबाट आशातित इंग्ल्याण्ड त्यतिबेला निराश भयो जतिबेला अतिरिक्त समयको अन्तिम अवस्थामा बेर्जुत्स्कीले बराबरी गोल फर्काए । अंक बाढ्न बाध्यो इंग्याल्याण्ड र रसिया १/१ अंक सहित समुहचरणमा दोस्रो स्थानमा छन् । टर्की VS क्रोएसिया : यी समुह ‘डि’ मा रहेका टोली हुन् । जहाँ उपाधि दाबेदार मानिएको स्पेनसमेत छ । यो खेलमा टर्कीलाइ क्रोएसियाले १–० हरायो । रियल म्याड्रिका मिडफिल्डर मोड्रिकप्रेरित क्रोएसियालाई उनैले पहिलो हापको ४१ औं मिनेटमा सुन्दर गोल दिलाएर जिताए । यो खेलबाट क्रोएसियाको ३ अंक भएको छ भने टर्की अंकरहित अवस्थामा छ । स्पेन VS चेक रिपब्लिक : चेक रिपब्लिकका बिरुद्ध उपाधि दाबेदार मानिएको स्पेनले खेलको सम्पूर्ण समय बल आफ्नो नियन्त्रणमा लिएर पनि गोलका लागी ८७ औं मिनेटसम्म कुर्नु पर्यो । त्यो स्पेनका फरवार्डहरुबाट होइन, बार्सिलोनाका डिफेन्डर पिके जेरार्डले गोल गरे । तर यो गोलका लागी बार्सिलोनाकै मिडफिल्डर आन्द्रे इनिष्टाले सुन्दर पास मिलाईदिएका थिए । खेलमा १–० ले स्पेन विजयी भएपनि उसको यो नतिजा सन्तोषजनक होईन किनकी इनिष्ट्रा, शेष फेबिग्रास, पिके जेरार्ड, जोर्डी अल्बा, जुआन फ्रान जस्ता बार्सिलोना र रामोस–रियल म्याड्रिड, अनि सिल्भा जस्ता क्लब फुटबलका चर्चित खेलाडी लिएर मैदान उत्रिएको थियो । यो खेलबाट स्पेन समुहचरणको शिर्ष स्थानमा क्रोएसियासँगको समान अंकमा छ । पोल्याण्ड VS उत्तरी अायरल्याण्ड : यी टिम समुह ‘सी’ का हुन् । याँहा पछिल्लो विश्वकप विजेता जर्मन पनि छ । खेल सूरु हुनुअघि उत्तरीअायरल्याण्डलाई तुलनात्मकरुपमा बलियो टोलीको रुपमा मानिएको छ । तर उत्तरी अायरल्याण्डले पोल्याण्डसँग स्तब्ध हुन पर्यो । पहिलो हाप गोलरहित बराबर भएपनि दोस्रो हापको ५१ औं पोल्याण्डका मिलिकले उत्तरी अायरल्याण्डलाई १–० ले स्तब्ध बनाए । उत्तरी अायरल्याण्ड खेलमा फर्कन नसकेपछि यो नै अन्तिम र निर्णायक गोल हुन पुग्यो । यो खेलबाट पोल्याण्ड ३ अंकसहित समुहचरणको दोस्रो स्थानमा छ । जर्मनी VS युक्रेन : यी पनि समुह ‘सि’ का टिम हुन् । जर्मनी क्लब फुटबल तथा विश्वका चर्चित खेलाडीले भरिएको र उपाधि दाबेदार टिम हो । जर्मनीमा अघिल्लो विश्वकपमा निर्णायक गोल गरेका मारियो गोट्जेदेखी, ओजिल, मुस्ताफी, मुलर, क्रुस, स्वीन्सट्राइगर लगायतका खेलाडी छन् । मुस्ताफीको गोलबाट १९ औं मिनेटमा जर्मनीले लिएको अग्रतालाई बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका स्वीन्सट्राइगरले अतिरिक्त समयमा गोल गरेर जित दिलाएका थिए । खेलबाट ३ अंकका साथ जर्मन शिर्ष स्थानमा छ भने युक्रेन अंकरहित अवस्थामा छ । गणतन्त्रिक अायरल्याण्ड VS स्विडेन : यी दुबै टोली समुह ‘इ’मा छन् । बराबरी खेलेका दुबै टोली एकअर्कालाई जित्ने अभियानमा थिए । स्टार स्ट्राइकर इभ्राहमोभिकबाट धेरै आश गरेको स्वीडेनले त्यो आशा पुरा गर्न सकेन । उल्टो आएरल्याण्डका होलहाण्डबाट ४८ औं मिनेटमा गोल बेहोरेका स्वीडेनले बराबरी गर्न ७१ औं मनिेट कुर्नुपर्यो । तर त्यो गोलपनि आएरल्याण्डकै खेलाडी क्लार्कको उपहारबाट प्राप्त गोल हो । यो खेलबाट १/१ अंक जोडेका आएरल्याण्ड र स्वीडेन आगामी चुनौति छिचोल्न मुश्किल मान्दछन् । किनभने यिनीहरुले समुहचरणमै रहेका बेल्जियम र इटलीजस्ता टोलीसँग १÷१ खेल त अनिवार्य खेल्नुपर्ने हुन्छ । बेल्जियम VS इटली : समुह ‘इ’ मै रहेको बेल्जियमका लागी पहिलो खेल सम्झन लायक रहेन । इटलीले भने अतिरिक्त खुशी पायो । सम्भवत इटली, बेल्जियमसँग बराबरीको भित्रि मनस्थितिमा रहेको हुनसक्थ्यो । तर इटली २–० ले बेल्जियमलाई स्तब्ध बनायो । चेल्सीका जोर्डन हाजार्ड, युनाइटेडका फेलिनि, सिटीका ब्रुने, लुकाकु जस्ता प्रिमियर लिगका हस्तिहरु लिएर मैदान प्रवेश गरेको बेल्जियम इटलीका गिचरिनीको ३२ औं मिनेटको गोल फर्काउन असफल रह्यो । उल्टो इटलीका पेल्लेले खेलको अतिरिक्त समयमा अर्को गोल थपेर २–० मा पुर्याए । यो खेलबाट इटली ३ अंकका साथ शिर्ष स्थानमा छ भने बेल्जियम आएरल्याण्डभन्दा पछि अंकरहित अवस्थामा छ । यो हार बेल्जियमका लागी महंगो सावित हुन सक्छ । अस्ट्रिया VS हंगेरी : यी टोली समुहको अन्तिम समुह, अर्थात समुह ‘एफ’का हुन् । अन्तिममा भएका खेलहरुमा खासमा यो समुहमा अचम्म भईरहेको छ । तुलनात्मकरुपमा बलियो मानिएको अस्ट्रियालाई ४४ वर्षपछि युरोमा सहभागिता जनाएको हंगेरीले २–० ले पराजित गर्दा फुटबलका हस्तिहरु अचम्ममा परेका छन् । मंगलबार राति भएको खेलमा हंगेरीले ६२ औं र ८७ औं मिनेटमा एडम एसजलाई र जोल्टान स्टिवरको गोलबाट जित निकालेको हो । जितपछि अपत्यारिलो हंगेरी ३ अंकसहित समुहको शिर्ष स्थानमा पुग्यो । पोचुर्गल VS आइसल्याण्ड : यी टोली माथि भनिएजस्तै समुह ‘एफ’ का टोली हुन् । जहाँ अचम्मको नतिजा आइरहेको छ । ३ लाख ५० हजार जनसंख्या भएको सानो देश हंगेरीले यसअघि युरोकप खेलेको थिएन । पहिलो खेलमै ८ औं पटक युरोकप खेलेर उपविजेतासम्म भएको पोर्चुगललाई १÷१ को बराबरीमा रोक्यो । पोर्चुगल, जहाँ रियल म्याड्रिडका स्टार स्ट्राइकर तथा २ पटकका विश्वविजेता खेलाडी रोनाल्डो छन् । उनलाई आइसल्याण्डका खेलाडीले निराश बनाए । नानीको गोलबाट खेलको ३१ औं मिनेटमा पोर्चुगलले अग्रता लिएपनि ५१ औं मिनेटमा आइल्याण्डका लागी ब्जार्नासनले बराबरी गोल फर्काए । रोनाल्डोलाई निरिह बनाएका आइलयाण्डका खेलाडीले उसैगरी ९० मिनेट सकाएर खेल बराबरीमा सकाए । दुबै टोलीको खेलबाट १/१ अंक जोडिएको छ । नोट : समुहचरणमा सबै समुहहरुमा ४/४ टोली छन् । सबैले सबैसँग १/१ खेल खेल्नेछन् । प्रत्येक खेलको जितबाट ३ अंक र बराबरीबाट १ अंक प्राप्त हुनेछ । सबैभन्दा धेरै अंक प्राप्त हुने समुहको विजेता दोस्रो अंक हुने उपविजेता वा बराबरी भए गोल अन्तरका आधारमा छुट्याइने नियम छ । विजेता र उपविजेताले समुहचरण पार गरेर नकआउटचरणमा प्रवेश गर्नेछन् भने बाँकी टोली प्रतियोगिताबाट बाहिरिने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending