Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

बाबुरामको नयाँ शक्तिमा पनि माओवादीकै रोग : जम्बो कमिटि घटाउन सकेन

\"nayashakti_bandasatra\"काठमाडौं । राजनीतिमा सबै नयाँ प्रयोग गर्ने भनेर खोलिएको नयाँ शक्तिमा पनि माओवादी केन्द्रको जस्तै जम्बो कमिटि कायम राख्ने रोग सल्किएको छ । पार्टी घोषणामा केही नयाँ प्रयोग गरेको नयाँ शक्तिले कमिटि निर्माण नगरिकनै पार्टी घोषणा अधिवेशन सकिएको छ । राजनीतिक, आर्थिक र सांगठनिक प्रतिबेदनहरु पारित गरेर नयाँ शक्तिले ८ बुँदे घोषणा गर्दै सकिएको छ । यसअघि निर्माण गरिएको केन्द्रिय संरचना ‘४९९ सदस्यिय केन्द्रिय अभियन्ता’लाई नै केन्द्रिय महाधिवेशन आयोजक परिषदमा बदलेको हो । यसअघि सार्वजनिक भएको प्रतिवेदनमा केन्द्रिय आयोजक समिति १५१ को बनाउने थियो । तर संगठनात्मक अवस्था हल गर्न नसकेपछि र आकांक्षीहरु धेरै भएपछि माओवादी केन्द्रले जस्तै पुरानै अभियन्ताहरुलाई आयोजक परिषदमा बदल्ने निर्णय भएको एक आयोजक परिषदका सदस्यले बताए । आयोजक परिषदको केन्द्रिय संयोजक बाबुराम भट्टराईलाई बनाइएको भएपनि अन्य पदाधिकारीमा भने आंकाक्षीहरु बढी भएका कारण सो विषयले बन्दसत्रमा प्रवेश नै पाएन । हाल कायम ४९९ सदस्यिय परिषदबाट संख्या घटाएर १५१ वा ९९ मा ल्याउँदा धेरैले पार्टी छोड्नसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको एक अभियन्ता बताउँछन् । उनले भने,–‘अहिले धेरैभन्दा धेरैलाई समेट्नपर्ने अवस्था छ । सोही कारण यस्तो अवस्था आएको हो ’ । माओवादी केन्द्रमा पनि यस्तै अवस्थाका कारण १०९९ को जम्बो केन्द्रिय आयोजक समिति बनाइएको थियो । केही समयअघि माओवादीबाटै फुटेर गएको नयाँशक्तिमा समेत एउटै रोग देखा परेको छ । यो पनि पढ्नुहोस्  नयाँ शक्ति नेपालको राष्ट्रिय भेलाद्वारा आठ बुँदे प्रस्ताव पारित , के– के छन् आठ बुँदामा ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE