Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

नेपालमा सबैका लागि शिक्षासम्बन्धी रणनीति तयार गर्न राष्ट्रसङ्घको आग्रह

\"UNO-LOGO\"काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको बालअधिकार समितिले नेपाल सरकारलाई सबैका लागि शिक्षाको सुनिश्चितता गर्न उपयुक्त लगानीको रणनीति तयार गर्नुपर्ने सुझाव दिएको छ ।

गत महिना नेपालले समितिमा पेस गरेको बालअधिकारसम्बन्धी राष्ट्रिय प्रगति प्रतिवेदनमाथि समितिले शिक्षामा घट्दो लगानीका साथै निजी शिक्षाले निम्त्याएको सामाजिक तथा आर्थिक विभेद र त्यसले शैक्षिक गुणस्तरमा पारेको प्रभावप्रति सचेततापूर्वक चासो देखाउँदै उक्त सुझाव दिएको हो ।

यसैगरी, समितिले संविधानले प्रत्याभूत गरेको विभेदरहित निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी प्रावधानलाई सुनिश्चित गर्न प्रारम्भिक बालविकास तथा उपयुक्त शैक्षिक लगानीेको रणनीतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नका लागि अनुकूलको कानुन बनाउनुपर्नेमा जोड दिएको छ ।

शिक्षामा समता र सामाजिक न्यायलाई ओझेल पार्दै वर्गीय खाडललाई निम्त्याउने सम्भावना बोकेको निजी विद्यालयकोे गम्भीरतापूर्वक नियमन गरी भर्ना प्रक्रियामा पारदर्शिता र विविधता तथा निजी विद्यालयमा बालमैत्री शैक्षिक वातावरण निर्माण गर्न तथा निजी विद्यालयले उठाउने अदृश्य शुल्कको अनुगमनमा समेत जोड दिनृुपर्ने जनाएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै समितिको उक्त सुझावको स्वागत गरेको छ ।

एनसिई नेपालका अध्यक्ष राजकुमार गन्धर्वले आफूहरुले विगत लामो समयदेखि शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्ने, सार्वजनिक शिक्षाको सुदृढीकरणका साथै सामाजिक एकरुपता कायम गर्न निजी विद्यालयको अनुगमन गर्नुपर्ने र सामुदायिक विद्यालयको स्तरोन्नतिमा सरकार आफैँ क्रियाशील हुनुपर्ने विषयमा वकालत गर्दै आइरहेको जानकारी दिँदै समितिको उक्त सुझाव उपयुक्त रहेको बताए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE