Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

नयाँ शक्ति नेपालको राष्ट्रिय भेलाद्वारा आठ बुँदे प्रस्ताव पारित , के– के छन् आठ बुँदामा ?

\"ChhalphalSatraSamapanकाठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको राजधानीमा जारी पार्टी स्थापना राष्ट्रिय भेला आठ बुँदे समसामयीक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । उसले समसामयिक प्रस्तावमा भनेको छ ,‘नेपाली समाज आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको छ । यो चरणमा अबको निकास, आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा लगायतका नारासहित, नेपाललाई २५ वर्षमा समृद्ध बनाउने योजनासहित गहिरो आत्मविश्वासका साथ ऐतिहासिक रुपमा वैकल्पिक राजनीतिक पार्टीको रूपमा ुनयाँ शक्ति नेपाल घोषणा भएको छ । ’ ऐतिहासिक रुपमा सम्पन्न पार्टी घोषणा पश्चात आयोजित राष्ट्रिय भेला निम्न प्रस्ताव पारित गर्दछः १.अधिकार प्राप्तीका निम्ति भएका सबै अन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै ती आन्दोलनहरूमा शहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली तथा घाइते अपांगप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । २. संविधानसभाबाट नयाँ संविधान जारी भएको एक वर्ष वितिसकेको छ । पहिचान र अधिकारकालागि संघर्ष गरिआएका तराई–मधेश तथा थारुवानरथरूहट, मगरात, लिम्बूवान लगायतका आदिवासी जनजातिहरु, दलित, महिला र मुस्लिम, अल्पसंख्यक जनसमुदायका भावनाहरु नसमेटिएकोले मुलुक विगत एक वर्षदेखि नै अन्तहीन आन्दोलनमा छ । संविधानको सर्वस्वीकार्यता, सबैको स्वामित्व र अपनत्वकालागि वार्ता र सहमतिको माध्यमद्वारा अन्तरिम संविधानबमोजिम गठित राज्य पुनर्संरचना आयोगको प्रतिवेदन, शीर्ष नेता र मधेश आन्दोलनकारीहरूका बीचमा भएको सम्झौता, तथा पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समितिले बनाएको सर्वस्वीकार्य मान्यताका आधारमा समितिबाट पारित राज्य पुनर्संरचना समितिको प्रारम्भिक प्रतिवेदनको आधारमा संविधान संशोधन गरी समस्याको समाधान गर्न सरकार र आन्दोलनरत पक्ष लगायत सबै सरोकारवालाहरुलाई यो भेला आग्रह गर्दछ । ३. अभाव, महंगी, असुरक्षा, कालाबजारी, कमिशनखोरी, तस्करी, भ्रष्टाचार, महिला विरुद्धको हिंसा र अराजकताका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ । सरकार जनताका सरोकारका विषयलाई वेवास्ता गर्दै सत्ताधारी परम्परागत राजनैतिक दलहरु सत्ता चलखेलको घिनलाग्दो अभ्यासलाई नै निरन्तरता दिने पुरानो आदत मै अभ्यस्त छन् । यो भेला सरकारका यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दै जनताका समस्याप्रति सम्वेदनशील हुन माग गर्दछ । ४..महाविनाशकारी भूकम्पका कारण जर्जर बनेको अर्थतन्त्र पुनर्निर्माण र नवनिर्माणको व्यग्र प्रतीक्षामा छ । विगत एक वर्षदेखि नै भूकम्प पीडित जनता खुला आकाशमुनि कष्टकर जीवन व्यतित गर्न वाध्य छन् । तर सरकार र सत्ताधारी पार्टीहरु प्राधिकरणमा भागवण्डा र सोका नाममा विनियोजित रकम दुरुपयोग गर्ने खेलमा चुर्लुम्म डुबेका छन् । विगत १४ महिनादेखि भूकम्पपीडित जनता निरन्तर प्रताडित छन् र दाताले समेत प्रश्न उठाउन थालेका छन्, जुन कुराले स्वाभिमानी नेपालीको शीर झुकेको छ । यो भेला भूकम्प पीडित जनताको तत्काल खाना, नाना र छानाको यथोचित वन्दोवस्त गर्दै चुनौतिलाई अवसरमा बदल्दै आर्थिक समृद्धिको दिशामा लागोस् भन्ने पनि आग्रह गर्दछ । ५. संविधानसभाबाट संविधान जारी भैसकेपछि पनि संक्रमणकाल समाप्त भएको छैन । विस्तृत शान्ति सम्झौताको मर्म अनुसार द्वन्दकालमा घटेका घटनाहरुको सत्यतथ्य पत्ता लगाउन सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता छानविन आयोग गठन भै काम आरम्भ गरेका छन् । द्वन्दकालका मुद्दाहरु तिनै आयोगहरुको दायरामा ल्याई आयोगकै निष्कर्ष अनुसार मेलमिलापको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने राज्यको प्रतिवद्धता हो । तर विडम्वना नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रिय परिषद् सदस्य तथा सप्तरी जिल्ला संयोजक अरूणकुमार साहलाई द्वन्दकालमा घटेको घटनालाई नै वहाना वनाई गिरफ्तार गरी थुनामा राख्ने काम गरेको छ । सरकारको सो काम शान्ति सम्झौताको मर्मविपरित छ । राज्यकै प्रतिबद्धताका विपरित पनि छ । तसर्थ उक्त कार्यको यो भेला घोर भर्त्सना गर्दछ । गिरफ्तार गरी जेल चलान गरिएका निज अरूणकुमार साहलाई अविलम्ब रिहा गर्न पनि जोडदार माग गर्दछ । ६. नयाँ संविधान जारी भएपछि आर्थिक समृद्धिको अभियानको थालनी होस् भन्ने जनताको अपेक्षा हो । सो अपेक्षा उपेक्षामा परिणत भएको छ । जनता निराश छन् । जनताको निराशालाई आशामा बदल्न र विद्यमान समस्याको समाधान गरी नयाँ नेपाल निर्माणकालागि नयाँ शक्ति नेपाल वैकल्पिक राजनैतिक धारका रुपमा स्थापित भएको कुराको वोध गर्दै नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा लामवद्ध हुन आम जनतामा आग्रह गर्दछ । ७ .अबको निकास, आर्थिक विकासु, ुसम्भव छ समृद्धि हाम्रै पालामाु भन्ने नारालाई व्यवहारमा रुपान्तरण गर्न पुनः प्रतिबद्धता व्यक्त गर्दै तदनुकुल आचरण, व्यवहार र क्रियाकलाप गर्ने वाचा गर्दै सो प्रतिबद्धतामा साथ दिएर समानुपातिकरसमावेशीरसहभागितामूलक, समुन्नत र समृद्ध नेपाल निर्माणमा सघाउ पुर्यागउन सबै सरोकारवालाहरुमा आग्रह गर्दछ । ८. नयाँ शक्ति नेपाल विधिवत स्थापना भै जनादेश प्राप्त गरी आर्थिक विकास र समृद्धिको खाका कार्यान्वयन गर्न प्रतिबद्ध छ । समृद्ध नयाँ नेपाल निर्माण गर्ने यो महाअभियानमा हरतरहले साथ दिन हामी आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE