Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

चक्रपथभित्रका सबै सडक कालोपत्र गर्न निर्देशन

\"wideningकाठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्षभित्र कालोपत्र गरिसक्न निर्देशन दिएको छ ।
समितिले आजको बैठकमा भएको छलफलपछि चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गर्न सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, काठमाडौँ महानगरपालिका र सडक विभागलाई निर्देशन दिएको हो ।
बैठकमा उपत्यकाको सडक विस्तार कार्यअन्तर्गत निर्देशित जग्गा विस्तार कार्यक्रम, जनसहभागिता क्षतिपूर्ति, मुआब्जा समेतको कार्यप्रणाली र उपत्यकाका चक्रपथभित्रका सबै सडक स्तरोन्नति गर्ने सम्बन्धमा सरोकारवाला निकायबीच छलफल भएको थियो ।
सरकारको नीति तथा कार्यक्रममा काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्रगतिमा अगाडि बढाइने र उपत्यकामा चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गरिने उल्लेख थियो ।
समिति सभापति रवीन्द्र अधिकारीले काठमाडौँ उपत्यका सडक विस्तार कार्यक्रमअन्तर्गत कुनै पनि क्षेत्रमा सडक विस्तार गरिँदा कुन कुन क्षेत्र कुन निकायको कार्यक्षेत्रभित्र पर्दछन् र ती क्षेत्रमा यस वर्षभित्र कुन कुन सडक मर्मत तथा विस्तार हुँदैछन् ती कुरा सम्बन्धित क्षेत्रका उपभोक्ता वा बासिन्दालाई सूचित गर्नसमेत निर्देशन दिए।
बैठकमा सांसदले चक्रपथ भित्रका भित्री सडक विस्तार तथा निर्माण कार्य समयमा नै सम्पन्न हुन नसक्दा र निर्माण सामग्री अव्यवस्थित रुपमा सडक छेउमा थुपारेर राख्दा आवागमन महिनौँसम्म अवरुद्ध भएको, भत्काइएको वर्षौंसम्म पनि कार्य सम्पन्न नहुँदा सर्वसाधारणले हिलो र धुलोबाट सास्ती बेहोर्नु परिरहेको र धेरै दुर्घटनासमेत हुने गरेको गुनासो गरेका थिए।
सडक विस्तार तथा निर्माण कार्यको जिम्मा लिने निर्माण व्यवसायीलाई कावु बाहिरको परिस्थितिमा बाहेक समयमा कार्य सम्पन्न नगर्नेलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाउन र समयमा नै गुणस्तरीय कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृतसमेत गर्ने व्यवस्था कडाइका साथ अवलम्बन गर्न समितिले सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
समितिले उपत्यकाको सडक विस्तार तथा स्तरोन्नति गर्दा खानेपानी, ढल, टेलिफोन, विद्युत्सम्बन्धी सम्पूर्ण कार्य एकै ठाउँबाट समन्वय गर्ने संयन्त्रको निर्माण गरी कार्यक्रम अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE