Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

रत्न मन्दिर पर्यटकका लागि खुला गरिने

\"ratna-mandir-pokhara1\"पोखरा । फेवाताल किनारमा रहेको पूर्वराजपरिवारको दरबार रत्न मन्दिर असारको दोस्रो सातादेखि पर्यटकका लागि खुला गरिने भएको छ । नेपाल ट्रष्टको कार्यालयले गत वैशाख ८ गते रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेसँगै त्यहाँ पर्यटकलाई प्रवेश गराउन अत्यावश्यकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको थियो । नेपाल ट्रष्टको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार पर्यटकका लागि शौचालय, सिसि क्यामेरा जडान, टिकट घर जस्ता पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएको छ । “आगामी असारको दोस्रो सातादेखि रत्न मन्दिर सर्वसाधारणले अवलोकन गर्न पाउने गरी व्यस्थापनको तयारी गरेका छौं,” उनले भने– “पूर्वाधार निर्माणका साथै प्रवेश टिकट छपाउने काम भइरहेको छ ।” ट्रष्टले रत्न मन्दिर अवलोकन गर्नका लागि विदेशी पर्यटकका लागि रु एक हजार, नेपाली नगरिकका लागि रु एक सय र ज्येष्ठ नागरिक एवम् विद्यार्थीका लागि रु ५० टिकट दर कायम गरेको छ । फेवातालको किनारमा प्यागोडा शैलीमा बनाइएको उक्त दरवारको भित्री संरचना ढुङ्गामा कँुदिएका आकर्षक कलाले सजाइएको छ । फेवातालसहित रानीवनको संरक्षण समेतको लक्ष्य राखी तत्कालीन राजा महेन्द्रले उक्त क्षेत्रका स्थानीयवासीसँग २०१३ सालमा जग्गा किनेर २०१६ सालमा रानी रत्नको नाममा यो दरबार निर्माण गरेका थिए । विगतमा पूर्वराजाहरुको पोखरा भ्रमणका क्रममा बस्ने गरिएको सो दरबार नेपाली कलाकृति झल्काउने संरचनाले युक्त रहेका कारण प्राचीन कलाकृतिको अवलोकनका लागि समेत बहुउपयोगी हुने विश्वास गरिएको छ । ऐतिहासिक सम्पदाका रुपमा रहेको सो दरबार पर्यटकका लागि खुला गरिनु महत्वपूर्ण कुरा भएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई बताउछन् । पर्यावरणीय संरक्षणका साथै फेवातालको जलाधार क्षेत्र संरक्षण गर्नु अपरिहार्य भएको र रत्न मन्दिर नजिकैको हिमा गृहलाई विदेशी राष्ट्र प्रमुखहरूको नेपाल भ्रमणको समयका लागि आवास गृहका साथै राष्ट्रको उच्चस्तरीय बैठक कक्षका रुपमा विकास गर्न उपयुक्त हुने उनको भनाई छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पर्यटकको बसाइँ लम्ब्याउन मन्दिर खुला गरिनु जरुरी भएको बताउनुहुन्छ । सरकारले गणतन्त्र स्थापनालगत्तै पूर्वराजा र राजपरिवारको नाममा रहेका चलअचल सम्पत्तिलाई आफ्नो मातहतमा ल्याउने क्रममा रत्न मन्दिरलाई पनि नेपाल ट्रष्टअन्तर्गत समेटेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE