Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

ललितकला केन्द्र निमार्णकालागि चित्र कला प्रदर्शनी

\"Artudio_Santi काठमाडौं । ‘शान्ति र सद्भाव–२’ शीर्षकमा ७२ जना कलाकारका चित्र प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । दोलखाको गैरीमुदीमा ‘मा नामको ग्रामीण ललितकला केन्द्र’ निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले गरिएको प्रदर्शनीमा नेपालका नाम चलेका प्रायजसो सबै कलाकारका कलाकृति राखिएको छ । हिमालयन कला तथा संस्कृति फाउण्डेशनको आयोजनामा गरिएको तीन दिनसम्म रहने सो प्रदर्शनीको सोमबार एमाले नेता तथा पूर्वसंस्कृति मन्त्री प्रदीप ज्ञवालीले एक समारोहका बीच उद्घाटन गरेका थिए । पवित्र उद्देश्यले गरेको यो प्रदर्शनीले कुनै पनि दिन यस्तै प्रदर्शनी हेर्ने अवसर दोलखामा छिट्टै मिल्ने विश्वास व्यक्त गरे । ज्ञवालीले थप, ‘यस प्रदर्शनीले ललितकलाको दुईवटा विधा सुर र चित्रको संयोजन अत्यन्त सुमधुर लाग्यो । सो प्रदर्शनीको अवसर पारेर गायक शिशिर योगीले राष्ट्रिय भाव बोकेका सातवटा गीत समेत गाएका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले प्रदर्शनीले नेपाली कलाको विकासमा एउटा इँट्टा थपेको बताइन् । \"Artudio_Santi प्रदर्शनीमा मनुजबाबु मिश्र, शशी शाह, विजय थापा, कृष्ण मानन्धर, रागिनी उपाध्याय,शंकरराज सिंह सुवाल, केके कर्माचार्य, किरण मानन्धर, राधेश्याम मुल्मी, हरिबहादुर खडका, शान्त कुमार राई, उमेश श्रेष्ठ, नवेन्द्र लिम्बु, सिर्जन राजभण्डारी, राजन काफ्ले, सुषमा राजभण्डारी, नारदमणि हार्तम्छाली, एससी सुमन, उत्तम डंगोल लगायत कलाकारका कलाकृति राखिएको छ । २५६० औं बुद्ध जयन्तीको अवसर पारेर गरिएको सो प्रदर्शनीमा बुद्धका विभिन्न भावभंगीमा दर्शाउने चित्र तथा केही मूर्ति समेत राखिएको छ । यो कला प्रदर्शनीले नेपाली कला जगतलाई केन्द्रबाट गाउँतिर विकेन्द्रित गर्न सघाऊ पुग्ने प्रदर्शनीका संयोजक तथा फाउण्डेशनका अध्यक्ष उमेश श्रेष्ठले बताए, उनले भने, ‘समाजमा कलाको मूल्य र मान्यतालाई स्थापित गर्दै नेपाली कला र कलाकारको विकास गर्ने उद्देश्यका साथ यो प्रदर्शनी गरिएको हो । यसमा राष्ट्रका सकेसम्म सबै अग्रज कलाकारलाई सहभागी गराइएको छ । यसले स्थानीयस्तरसम्म कलाको विकासमा महत्वपूर्ण सघाऊ पुग्ने आशा गर्न सक्छौं ।’ तस्वीर सौजन्यः कैलाश कु. श्रेष्ठ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending