Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

चिडियाखाना व्यवस्थापन गर्न प्राधिकरण बनाइने

\"Zoo\"काठमाडौँ । सरकारले मुलुकभर सञ्चालनमा रहेका चिडियाखाना व्यवस्थापन र नियमन गर्न राष्ट्रिय प्राणी उद्यान प्राधिकरण बनाउने भएको छ ।व्यवस्थापिका–संसद्को वातावरण समितिमा चिडियाखानाको नीति, योजना र भावी कार्यक्रमका बारेमा भएको छलफलमा सांसद्हरुको सुझावपछि वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले छिट्टै राष्ट्रिय प्राणी उद्यानसम्बन्धी प्राधिकरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मुलुकभर २५ भन्दा बढी सानास्तरका चिडियाखाना कानुनविपरीत सञ्चालनमा रहेको आवाज उठेपछि सांसदहरुले त्यसबारेमा तत्काल आवश्यक नीति नियम बनाउनुपर्ने सुझाव दिएका हुन् ।

समितिले मुुलुकभरका चिडियाखानालाई व्यवस्थापन, सुदृढीकरण र नियन्त्रण समेत गर्न केन्द्रीय चिडियाखाना प्राधिकरणको कानुनी व्यवस्थाको अभाव देखिएको जनाएको छ ।

समितिका सभापति जनकराज चौधरीले चिडियाखानासम्बन्धी छुट्टै कानुनको व्यवस्था गर्ने विधेयक तर्जुमा गरी व्यवस्थापिका–संसद्मा तीन महिनाभित्र पेस गर्न वन तथा भू–संरक्षण मन्त्रालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र नेपाल सरकार मन्त्रिपरिषद्लाई निर्देशन दिए ।

समितिले सो चिडियाखानाको विस्तारको रुपमा सूर्य विनायकमा विस्तार गर्न र काठमाडौँ उपत्यका बाहेक उपयुक्त अन्य स्थानमा समेत चिडियाखानाको व्यवस्था गर्नका लागि कारबाही अगाडि बढाउन समेत मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई निर्देशन दिएको छ ।

समितिले नेपालका विभिन्न स्थानमा रहेका ससाना चिडियाखानाको वर्तमान अवस्था, संख्या र नियमनसम्बन्धी अवस्थाबारे एक महिनाभित्र जानकारी उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

सांसदहरुको सुझावअनुसार मन्त्री सापकोटाले केन्द्रीय सदर चिडियाखानाको नेतृत्वमा प्राधिकरण स्थापना गरिने र त्यसले मुलुकभरका चिडियाखानालाई आवश्यक पर्ने मापदण्ड निर्धारण गरी निमयन गर्ने बताए । सरकारले प्रत्येक प्रदेशमा एक÷एक प्राणीउद्यान निर्माणका लागि सर्वेक्षण गर्न आगामी आर्थिक वर्षको बजेट रकम विनियोजन गरेको छ ।

मन्त्री सापकोटाले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना साँघुरो हुँदै गएकाले नै भक्तपुरको सूर्यविनायकमा २४५ हेक्टर वन क्षेत्रमा खुला प्राणी उद्यान बनाउने कार्य अघि बढेको जानकारी गराए । मन्त्रालयले सो उद्यानको शिलान्यास आगामी असार ९ गते गर्ने तयारी गरेको छ ।

सूर्यविनायकमा निर्माण गरिने उद्यान वन्यजन्तुलाई खुलारुपमा विचरण गर्ने गरी बहुआयामिक रुपमा विकास गरिने र उक्त उद्यान एकान्तपन, मनोरञ्जन र अनुसन्धानका लागि समेत उपयोगी हुने मन्त्रालयको भनाइ छ ।

सूर्य विनायकमा प्राणी उद्यानका लागि सरकारले अघिल्लो आवमा रु ५० लाख बजेट निकासा गरेको थियो भने यस आवमा रु चार करोड ५० लाख निकासा गरिसकेको छ ।

बैठकमा सदर चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल करिब १०४ प्रजातिका ७५४ विभिन्न वन्यजन्तु रहेको र हात्ती, गँैडा, बाघ, भालु, हिप्पो, नीलगाई जस्ता ठूला स्तनधारी वन्यजन्तुका लागि उक्त स्थान ज्यादै साँघुरो भएकाले व्यवस्थापनमा कठिनाइ भएको जानकारी गराए ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणका लागि खुला गरिएको थियो । विसं २०५२ देखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको चिडियाखानामा वार्षिक करिब १० लाख दर्शकले अवलोकन गर्ने गरेका छन् ।

बैठकमा सांसदहरु वीरबहादुर बलायर, सकलदेव सुतिहार, डा दुमनसिंह थापा, पुरुषोत्तम पौडेल, राजाराम स्याङतान, पर्शुराम तामाङ, मधु शाही ठकुरी तथा सरिता प्रसार्इंले सरकारलाई सदर चिडियाखाना प्राथमिकतामा राख्न र त्यहाँ रहेका ठूला जनावरलाई सार्नका लागि प्राणी उद्यानको काम तत्काल अघि बढाउन सुझाव दिएका थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE