Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

धुर्मुस–सुन्तलीलाई सहयोगको ओइरो

\"dhurmus-suntali-donation-750\" काठमाडौं । सिन्धुपाल्चोकको गिराञ्चौर एकीकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई देश विदेशबाट सहयोगको आइरो लागेको छ । काभ्रेमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गरी गिराञ्चौरमा पनि सामाजिक अभियान थालेपछि धुर्मुस–सुन्तलीको जोडीले ढाडसमात्र पात्र पाएका छैनन्, उनीहरुलाई देशविदेशबाट सहयोग जारी रहेको छ । यसैक्रममा नवलपरासी जिल्लाको सुनवलका बालबालिकाले धुर्मुस–सुन्तलीलाई सहयोग गरेका छन् । नेपालकै पहिलो बालमैत्री सुनवल नगरपालिकाका बालबालिकाले १ लाख २० हजार रुपैँया सहयोग गरेका छन् । नगरपालिकामा रहेका १ सय १७ बाल क्लबहरुले सुनवलबासीबाट रकम संकलन धुर्मुस सुन्तलीलाई सहयोग गरेका हुन् । गिरान्चौर नेपालकै पहिलो बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री एकीकृत नमुना बस्ती बन्न लागेकाले उक्त सहयोग गरेको सुनवल नगरबाल क्लबकी संस्थापक अध्यक्ष विपना शर्माले बताइन् । देशभर रहेका २१ हजार बालक्लबहरुलाई बन्दै गरेका बालमैत्री एकिकृत बस्ती निर्माणमा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो सहयोग गरेको उनले बताइन् । सुनवलबाट बालबालिकाको समूह गिरान्चौरमा नै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका छन् । सुनवल नगरपालिकाको सहयोगमा प्रत्येक घरघर पुगेर संकलन गरिएको उक्त रकम बस्तीमै पुगेर हस्तान्तरण गर्न पाउँदा निकै खुशी लागेको सुनवल नगर बाल सञ्जालकी अध्यक्ष वर्षा गैरेले बताइन् । सहयोग रकम बुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बालबालिकाले गरेको उक्त सहयोगको प्रशंसा गरे । उनल बालमैत्री समाजमा हुर्केका बालबालिकाको सोच नै फरक हुने भएकाले नै आफूहरुले गिरान्चौरलाई बालमैत्री एकीकृत बस्ती बनाउने प्रणसमेत गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE