Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

जाजरकोटमा मात्रै ८० हजार जनता गरिब

\"Karnali_old_People\" जाजरकोट । जाजरकोटमा १३ हजार घरपरिवार गरिब रहेको पाइएको छ । जिल्लाका २७ हजार ४०७ घरपरिवारसँग लिइएको लगतअनुसार १३ हजार ९९५ घरपरिवार गैरगरिब रहेको तथ्याङ्कले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा ३० हजार घरपरिवार अर्थात् एक लाख ७१ हजार बढी जनता रहेको देखिन्छ । त्यस अनुसार करिब ८० हजार जनता गरिब रहेका छन् । सरकारले विभिन्न १८ वटा सूचकका आधारमा सङ्कलित तथ्याङ्कअनुसार जाजरकोटमा आठ हजार ४७४ घरपरिवार गरिब रहेको र अन्य चार हजार ९३८ घर परिवारको तथ्याङ्क पनि रुजु गर्ने काम भइरहेकाले जिल्लामा १३ हजार बढी गरिब घर परिवार रहेको गरिब घरपरिवार सहयोग समन्वय बोर्ड सचिवालयका सदस्य भेषराज रिजालले बताए । उनले सरकारको नीतिअनुसार असार मसान्तभित्र सबै गरिब घरपरिवारको विवरण तयार गरिसक्नुपर्ने भएकाले आफूहरुले सबै संयन्त्र प्रयोग गरेर काम गरिरहेको बताए । उनका अनुसार बसोबास, खानेपानी, बिजुली, सडक कृषि उत्पादन रोजगारी, शिक्षा स्वास्थ्यको सुविधाको अवस्था र भौगोलिक उपस्थितिलगायतका १८ वटा सूचकका आधारमा गरिएको तथ्याङ्क सङ्कलनले जिल्लाको झन्डै आधा जनसङ्ख्या गरिबीको रेखामुनि रहेको देखिएको हो । विभिन्न सूचकका आधारमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार जिल्लाको झन्डै ८० हजार जनता गरिबीको रेखामुनि रहेको उनको भनाइ छ । जिल्ला विकास समितिका विभिन्न कार्यक्रममा कार्यरत सामाजिक परिचालक र गाविसका कर्मचारीमार्फत गरिब घरपरिवारको लगत सङ्कलन गरिएको थियो । सदरमुकाम खलङ्गामा गरिएको एक कार्यक्रममा जिल्लाबाट गरिब घरपरिवार पहिचानका लागि गरिएको तथ्याङ्क सङ्कलन भरपर्दो नभएको गुनासो उठेको थियो । गरिब घर परिवार पहिचानका लागि गुनासो सुनुवाइ गर्न आयोजित कार्यक्रममा सरकारी कर्मचारी राजनीतिक दलका नेता, पत्रकार र नागरिक समाजका प्रतिनिधिले जिल्लामा भरपर्दो तरिकाले गरिब घर परिवारको पहिचान गर्ने काम नभएकाले धेरै गरिब छुट्ने र गैरगरिबको सूचीमा पर्नसक्ने सम्भावना रहेको बताए । एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले दक्ष जनशक्तिको परिचालन र उपयुक्त पारिश्रमिकको अभावले जिल्लामा सङ्कलन गरिएको विवरणमा सत्यता कम रहेको बताए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पनि तथ्याङ्क सङ्कलन गर्न गएका गणकले सबैको घरमा पुगेर विवरण सङ्कलन नगरेको भन्ने व्यापक गुनासो रहेको बताए । त्यस्तै गाउँबाट सङ्कलन गरिएका फारम पनि जिल्लामा रुजु र जाँच नगरेर एकै पटक केन्द्रमा पठाइएकाले गरिब घर परिवारको पहिचानमा निष्पक्षतामा समस्या उत्पन्न हुन सक्ने नेपाली काँग्रेसकी नेत्री सरिता सिंहले बताइन् । तथ्याङ्क सङ्कलनका क्रममा कोही गरिब घर परिवार छुट्न गएको भए या गैरगरिब सूचीमा परेको पाइएमा उजुरी निवेदन दिनसक्ने व्यवस्था गरिएको सचिवालयका सदस्य रिजालले बताए । लोक कल्याणकारी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सरकारले २०७० वैशाखदेखि मुलुकका २५ जिल्लामा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको छ । आगामी वर्षदेखि गरिब घर परिवारको नामावली सार्वजनिक तथा परिचयपत्र वितरणको काम हुने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE