Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

भारतसँगको सम्बन्ध अरुसँग तुलना गर्न मिल्दैन : कमल थापा

\"kamal-thapa-1\"काठमाडौं । उपप्रधानमन्त्री कमल थापाले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट खालको भएको हँुदा अरुसँग तुलना गर्न नसकिने बताएका छन् । दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिएर भारतको नयाँदिल्लीबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भने– “नेपाल र भारतबीचको सम्बन्ध सुदृढ हँुदै गएको छ ।” दुई देशबीचको सम्बन्धमा तिक्तता र असमझदारी छ भनेर चर्चा र आशङ्का गरिए पनि यथार्थमा त्यो सही होइन होइन भन्दै परराष्ट्रमन्त्रीले दुई देशबीचको सम्बन्धमा कहीँ कतै अवरोध नदेखिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणपछि सबै असमझदारी हटेर आपूर्ति व्यवस्थामा सहज भएको, सम्बन्धमा अत्यन्त हार्दिकता दृष्टिकोण कायम भएको तथा भ्रमणको आदानप्रदान भइरहेको उनको भनाई थियो । नेपालको संविधानमा सबैको स्वामित्व कायम हुन सकोस्, नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्र बलियो हुन सकोस् भन्ने भारतीय पक्षको चासो र चिन्ता रहेको बताउँदै परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा समीक्षा भएको जानकारी दिए । उनले भने– “अहिले दुवै देशबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढेकामा दुबै पक्षबाट सन्तोष व्यक्त गरिएको छ ।” नेपालले संविधान निर्माणपछि आर्थिक विकासमा जोड दिएकाले भारतसँगको सम्बन्धलाई अझ विशेष महत्व दिइएको बताउँदै उपप्रधानमन्त्री थापाले नेपालले आफ्नो विकास र समृद्धिको लक्ष्य हासिल गर्न दुवै छिमेकीसँग असल सम्बन्ध कायम राख्दै छिमेकीले गरेको तीव्र आर्थिक विकासबाट फाइदा लिने रणनीतिका साथ सम्बन्ध विस्तार गर्न खोजेको बताए । नेपाल र भारतबीच आगामी जुलाइभित्र १३ वटा द्विपक्षीय बैठक तथा आगामी अक्टोबरमा संयुक्त संयन्त्रको अर्को बैठक बस्ने तयारी गरिएको मन्त्री थापाले जानकारी दिए । राष्ट्रपतिको भ्रमण उपयुक्त समयमा मिलाइने उच्चस्तरमा हुने भ्रमणको महत्वलाई दृष्टिगत गरी अझ सामीप्यता कायम गर्न दुवै मुलुकका राष्ट्रपतिको भ्रमणको तयारी कूटनीतिक माध्यमबाट उपयुक्त समयमा मिलाइने सहमति भएको उनले जानकारी दिए । नयाँ दिल्लीमा रहँदा मन्त्री थापा र भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच पनि भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो । विश्वविद्यालयको दीक्षान्त समारोहमा परराष्ट्रमन्त्री थापाले सार्कप्रतिको प्रतिबद्धता जनाउँदै यसको आदर्श र लक्ष्यप्रति नेपालको अटुट प्रतिबद्धतालाई अभिव्यक्त गरेका थिए । विश्वविद्यालयले छोटो अवधिमा यस क्षेत्रका विद्यार्थीलाई अध्ययनको महत्वपूर्ण अवसर प्रदान गर्नाका साथै क्षेत्रीय सहयोग र सद्भावमा ठूलो भूमिका खेल्दै आएको छ । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले मधेस आन्दोलनको स्वरुप फेरिए पनि समस्या पूर्ण रुपले नहटेसम्म संविधान कार्यान्वयन र आगामी निर्वाचनमा कठिनाइ हुन सक्छ भन्ने कुरा सबै राजनीतिक दलले बुझ्न आवश्यक रहेको स्पष्ट पारे । अर्कें प्रसङ्गमा राप्रपा नेपालका अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकीकरणका लागि अझै निकै मेहनत गर्नुपर्ने देखिएको टिप्पणी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE