Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कांग्रेस र एमालेका प्रभावशाली नेता फोरम नेपालमा प्रवेश

\"download\"काठमाडौं । पछिल्लो समय एमाले र कांग्रेसका प्रभावशाली मानिएका नेताहरु अन्दोलनरत घटक संघिय समाजवादी फोरममा प्रवेश गर्ने क्रम तिव्र बनेको छ । संघीय गठबन्धनको जारी आन्दोलनसँगै गठबन्धनको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लहर झन् तीव्र बनेको हो । यसैक्रममा, रौतहटका जिल्ला तथा केन्द्र स्तरका प्रभावशाली नेताहरूको एउटा ठुलो समूह बुधवार फोरम नेपालमा प्रवेश गरेको छ । फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा आयोजित एक समारोहमा रौतहटका २२ जना प्रभावशाली नेताहरू पार्टी प्रवेश गरेका हुन् । नेकपा एमाले रौतहटमा एमाले नेता माधव कुमार नेपालको विश्वास पात्र एमाले नेता रेवन्त झा फोरम नेपाल प्रवेश गरेका छन् । एमालेका जिल्ला नेताहरू भगवान प्रसाद जायसवाल, विरेन्द्र पटेल लगायतका रौतहटका प्रभावशाली नेताहरू पनि पार्टी प्रवेश गरेका छन् । रौतहट स्थित नेपाली कांग्रेसका नेता राजगीर राम यादव, रामईश्वर राय यादव, छोटेलाल यादव, दिपेन्द्र यादव फोरम नेपाल प्रवेश गरेका छन् । त्यसैगरि नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य महासंघका महासचिव वृज किशोर यादव संघिय समाजवादी फोरममा प्रवेश गरेको घोषणा गरेका छन् जसले नेपाली कांग्रेस रौतहटलाई ठुलो क्षति भएको छ । सद्भावना पार्टीका जिल्ला नेता गंगाधर प्रसाद कर्ण, स्वतन्त्रबाट राजेन्द्र कुमार कर्ण र विनोद प्रसाद केशरी, रामसपाबाट राज कुमार दास पनि पार्टी प्रवेश गरेका छन् । त्यसैगरी, गोइत समूहका केन्द्रीय महासचिव राघवेन्द्र झा पनि फोरम नेपाल प्रवेश गरेका छन् । फोरम नेपालका चर्चित नेता एवं पूर्व सभासद् बबन सिंहको विशेष पहलमा रौतहटका नेताहरू फोरम नेपाल प्रवेश गरेका छन् । । नवप्रवेशी सबै नेताहरूलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत तथा बधाई दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता अशोक कुमार राईले नवप्रवेशी नेताहरूलाई खादा ओडाएर स्वागत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending