Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

तातोपानी नाका ‘खुल्ने’

\"Tatopani काठमाडौं । महाभूकम्पले भौगोलिक र संरचनागत रूपमा क्षति पुर्‍याएपछि बन्द हुन पुगेको तातोपानी नाका ‘‘सीएफएस’ प्रणालीबाट सञ्चालन गर्ने तयारी अघि बढेको छ । चीनबाट सामान आयात हुने यो प्रमुख नाका खुलाउन अनेक विकल्प र प्रयास भए पनि सफल हुन सकेको छैन । आजको कान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारी लेख्छन्– अघिल्ला र वर्तमान प्रधानमन्त्रीदेखि अन्य राजनीतिक स्तरमा समेत नाका सञ्चालनमा ल्याउन चीनलाई पटक–पटक आग्रह गरिए पनि नाका खोल्ने विषय अघि बढ्न सकेको थिएन । तातोपानी नाका खुलाउन चीनलाई विकल्प दिन बनेको समितिले पूर्ववत् अवस्थामा सम्भव नभए सीएफएस प्रणालीबाट भए पनि नाका सञ्चालन गर्ने सुझाव दिएपछि त्यसको तयारी अघि बढेको हो । समितिले सोमबार परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासलाई बुझाएको प्रतिवेदनलाई चीनले सकारात्मक लिएपछि खुल्ने संकेत देखिएको हो । चीनले सोही प्रक्रियाबाट खोल्ने र जनताको आवागमन कम गर्ने विधि सुझाउँदै आएको परराष्ट्र अधिकारीले बताए । प्रतिवेदनअघि नै चीनसँग समेत अनौपचारिक छलफल भएको थियो । पूर्ववत् अवस्थामा सञ्चालन ल्याउने तर तत्कालका लागि सीएफएस (कन्टेनर फ्रेड स्टेसन) मार्फत भए पनि काम अघि बढाउने भनिएको छ । उत्तर–पूर्व एसियाली महाशाखा प्रमुख झविन्द्र अर्यालको नेतृत्वमा बनेको टोलीले लामो छलफलपछि सीएफएस विधिबाट भए पनि नाका खोल्न सुझाव दिएको हो । सामान बोक्ने कन्टेनरहरू एकै स्थानमा जम्मा गरेर सामान राखेपछि सिल गरेर पठाइने विधिलाई सीएफएस भनिन्छ । दुवै मुलुकका सीमामा भन्सार अधिकारीहरूले रहेर यसको सिल गर्ने र त्यो सिलका आधारमा सामान ल्याउने तथ्य तय गरिनेछ । परराष्ट्र मन्त्रालयका सहसचिव अर्यालको संयोजकत्वमा गृह, कानुन, वाणिज्य भन्सारका सहसचिवहरू सहभागी भएर स्थानीयदेखि मन्त्रालयका अन्य अनुभवीसँग पनि छलफल गरेर त्यस्तो प्रतिवेदन बनेको हो । नेपाली व्यापारीलाई सीमामा नै विविध सुविधा उपलब्ध गराउने बताउँदै आएको चीनले त्यो प्रणालीबाट सामान पठाउँदा समस्या नहुने अधिकारीहरूले बताए । भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि सीएफएस विधिबाट भए पनि सञ्चालनमा ल्याउनुपर्ने र विस्तारै पूर्ववत् अवस्थामा फर्काउन सकिने बताए । उनले भने, ‘विभिन्न स्तरमा छलफल भइरहेको छ, कुनै न कुनै रूपमा नाका खुलाउन आवश्यक छ ।’ चीनको गोन्जाओ तथा अन्य सहरबाट सामान आयात गर्दै आएका नेपालीलाई तिब्बत सीमाबाट नै सुविधा दिने बताउँदै आएको तिब्बत सरकारले पनि यसमा काम गरिरहेको अधिकारीहरूले बताए । तिब्बत सरकारले सीमावर्ती क्षेत्रमा आर्थिक हव बनाएर सेवा दिने बताइरहेको अवस्थामा कार्यदलले यस्तो विकल्पसहितको सुझाव दिएको हो । यसको तयारीका लागि जिल्ला प्रशासक प्रमुखस्तरको दुईपक्षीय बैठकसमेत बस्ने तयारी छ । तिब्बतका सरकार प्रमुख लोसाङ ज्यानछुङलाई चीनको केन्द्रबाट नै त्यो सीमा खुलाउने दबाब परेको छ । नेपालीहरूको बृहत् अनुरोधपछि चीनतर्फबाट सकारात्मक संकेत मिलेको हो । चीनले यतिबेला सबै ध्यान केरुङ नाकामा केन्द्रित गरेको छ । सीमामा (आर्थिक सहकार्य क्षेत्र) इकोनोमिक कोअपरेसन जोन र सीमापार आर्थिक क्षेत्र (क्रसबोर्डर इकोनोमिक जोन) को तयारीमा तिब्बत रहको जानकारी सरकार प्रमुख लोसाङले यसअघि नै दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending