Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

यस्तो छ, ओलीको सरकार नढल्नुको भित्रि रहस्य

\"oli-2\"   काठमाडौं । कांग्रेस, एमाले र माओवादीबीच सहमति कायम भई तत्काल राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना कम छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सहमति नबन्दै सरकारको नेतृत्व लिन किचलो गर्दा नैतिक दबाब बढ्ने डर माओवादी अध्यक्ष प्रचण्डलाई छ, बहुमतीय सरकारको नेतृत्व गर्दा ‘प्रधानमन्त्री बन्ने खेलमा लागेको’ आरोप खेप्नुपर्ने चिन्ता छ । माओवादी–कांग्रेस बढ्दो अविश्वास एक महिनाअघि कांग्रेसले सरकारको नेतृत्वका लागि माओवादीलाई साथ दिने घोषणा गरेको थियो । तर, अन्तिम अवस्थामा माओवादीले धोका दिएको निष्कर्षमा कांग्रेस छ । अहिलेको पोजिसनमा कांग्रेस सके सरकारको नेतृत्व आफैँ गर्ने, नसके प्रतिपक्षमै बस्ने रणनीतिमा देखिन्छ । एमालेले सजिलै सरकार छाड्दैन प्रधानमन्त्री केपी ओलीले ०७४ मंसिरमा संसदीय चुनाव गराएर मात्र आफूले सरकार छाड्ने बताउँदै आएका छन् । प्रतिपक्षी कांग्रेस र सत्तासाझेदार माओवादीबीच अविश्वास बढेको अवस्थामा आफू बलियो भएको उनको बुझाइ छ । माओवादी नेतृत्वमा राष्ट्रिय सहमति नबन्ने र तीनबुँदे भद्र सहमतिमा आफ्नो पार्टीको तर्फबाट हस्ताक्षर नै नभएकाले बाध्यकारी नहुने उनको बुझाइ छ । माओवादीभित्रै अप्ठ्यारो माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू तत्काल सरकार परिवर्तनको पक्षमा छैनन् । सरकारमा पार्टीको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले २२ जेठमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सहमति कायम नभएसम्मै ओली नेतृत्वकै सरकार रहने बताइसकेका छन् । बहुमतीय सरकारको नेतृत्वबारे माओवादी आफैँ अलमलमा छ । सरकारबारे एमाले एकजुट प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको भद्र सहमतिको विषयमा सुरुमा एमालेभित्रै विवाद देखिएको थियो । तर, पछिल्लो समय बसेको स्थायी समिति बैठकले सकभर आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने र नभए अरू दलकै नेतृत्वमा पनि सहमति जुटाउने गर्ने निर्णय गरेको छ । ओलीले बहुमत गुमाएपछि मात्रै कांग्रेस छलफलमा बस्ने कांग्रेस सभापति शेरबहादुर देउवानिकटका नेता डा. प्रकाशशरण महतका अनुसार पहिले माओवादीले नै भनेर सरकार फेर्ने कसरत गरे पनि अब त्यस्तो हुनेछैन । एकपटक धोका खाइसकेकाले ओली सरकारले बहुमत नगुमाउँदासम्म वचनकै भरमा सरकार फेर्ने कसरतमा नलाग्न देउवामाथि दबाब छ । ‘पहिले प्रचण्डजीले म असन्तुष्ट छु, सरकारबाट निस्कन चाहन्छु भनेकाले कांग्रेसले उहाँलाई सहमति दिएको हो । तर, प्रचण्डजी त्यसमा अडिनुभएन,’ महतले भने, ‘अहिले सत्तामै भएका दलहरू हामी असन्तुष्ट छौँ भनिरहनुभएको छ । त्यसो हो भने उहाँहरू सरकारबाट बाहिरिनुर्पयो । अनि मात्र नयाँ समीकरणको कुरा हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending