Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

इकान्तिपुर र काठमाडु टुडेले पत्रकार आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टिकरण माग

काठमाडाैं । प्रेस काउन्सिल नेपालले सत्य तथ्यमा आधारित नभई समाचार प्रकासन गरेको भन्दै केही सञ्चार माध्यमसँग स्पष्टिकरण मागेको छ ।

इकान्तिपुर डट कम र काठमाडु टुडेले त्यस्ता समाचार प्रकासन गरेको भन्दै प्रस काउन्सिलले मंगलबार स्पष्टिकरण मागेको हो । दुई सञ्चार माध्यमले प्रकासन गरेका फरक–फरक समाचार सत्य तथ्य बाहिर गएर प्रकासन गरिएको र त्यसले पत्रकारको आचारसंहिता उल्लघन गरेको भन्दै ति सञ्चार माध्यमसँग स्पष्टिकरण मागेको प्रेस काउन्सिलले उल्लेख गरेको छ ।

\"Katipurइकान्तिपुर सोमबार उपचाररत रहेकै अवस्थामा ‘बरिष्ट संगितकार अम्बर गुरुङको निधन’ शीर्षकमा समाचार प्रकासन गरेको थियो । त्यस लगत्तै अस्पतालले गुरुङको निधन नभएकाे तर अवस्था गंभिर रहेको स्पष्ट पारेको थियो ।

पछि इकान्तिपुरले ‘अम्बर गुरुङ भ्यान्टिलेटरमा, अवस्था स्थिर’ शीर्षकमा समाचार प्रकासन गरेको थियो ।

पहिला प्रकासन गरेको समाचार नमेटाइकन क्षमा याचना सहितको समाचार प्रकासन गर्नु पर्नेमा त्यसो नगरेकोले पत्रकार आचारसंहिता २०६० को दफा ३ को ४ र ९ तथा दफा चार को ६ उल्लंघन भएको भएको भन्दै प्रेस काउन्सिलले स्पष्टिकरण मागेको छ । इकानितपुरलाई यस बारेमा तीन दिन भित्र स्पष्टिकरण दिन भनिएको छ ।

यस्तै काठमाडू टुडेले प्रकाशन गरेको ‘माधव नेपालको कठोर आरोप ः केपी ओली शहिदकी श्रीमती ताक्ने, बलत्कारीको गाडी चढ्ने र जड्याहाका गुरु’ शीर्षको समाचार पनि पत्रकार आचारसंहिता २०६० को दफा ४को ११ को प्रतिकुल रहेको भन्दै प्रेस काउन्सिलले स्पष्टिकरण मागेको छ । काठमाडु टुडेलाई ७ दिन भित्र स्पष्टिकरण दिन भनिएको छ ।

स्पष्टिकरण माग गरेकाे पत्र पनि पढ्नुहाेस् । 

\"Kathmandu

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE