Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

शक्ति र पैसामा नबिक्ने महान स्रष्टा अम्बर , जाे अमर भएर अस्ताए

\"ambarकाठमाडौं । नेपाली गीत–सङ्गीत क्षेत्रको सगरमाथा आज नेपाली माझ छैन । उनको सिर्जना हाम्रो सामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आफूलाई टुहुरो भएको अनुभव गरेका छन् । जीवनका कालखण्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन । तर जुन पत्यार लागेको थिएन आखिर भइदियो त्यही । गुरुङ भौतिक रुपमा हाम्रो माझ छैनन् तर उनको सिर्जनाले नेपाली मात्रलाई युगौं युगसम्म सम्झने बनाइदिएको छ । ‘यो नेपाली शिर उचाली’ जस्ता राष्ट्रवादी गीत नै किन नहोस् पछिल्लो पटक नेपाली राष्ट्रगान बनाउन उनले दिएको योगदान अविस्मरणीय रहेको छ । गीतकार, कवि तथा उनको जीवनकालमा सहयात्रा गरेका धेरैले उहाँलाई नेपाली गीत–सङ्गीतको सगरमाथाको विशेषण दिएका दिएका छन् । उनलाई महारथीको समेत पदवी अर्पण गरिएको छ । राष्ट्रगानका रचनाकार व्याकुल माइलाले उनलाई नेपाली सङ्गीत क्षेत्रको शिखर पुरुषको संज्ञा दिँदै भन्छन् – “विसं २०६४ को जेठ महिनाको अन्तिमसाता वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले आफ्नो निवासमा बोलाए । मलाई सोध्नुभयो माइला लौ यस्तो हुने भयो है सङ्गीत ।” माइलाले भने – “उनले मलाई हार्मोनियम बजाएर गीत सुनाए । मलाई लाग्यो यति मीठो र मधुर सङ्गीत कसरी बन्यो होला । खुसीको कुनै सीमा नै थिएन ।” “मुलुक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा सरकारले नयाँ राष्ट्र गानको माग ग¥यो म पनि सहभागी भएको थिएँ, सफल हुन्छु हुन्न भन्दा पनि सहभागिता जनाउने कुरा नै महत्वपूर्ण थियो,” माइला स्मरण गर्छन। गुरुङ छनोट समितिमा समेत थिए । उनले विभिन्न १४ वटा धुन बजाएका थिए । त्यसमध्ये तीनवटा धुन उत्कृष्ठ ठहर गरिएको थियो । “मेरो गीत छनोट भएको त्यसमाथि उहाँजस्तो सङ्गीत मर्मज्ञले सङ्गीत गर्ने कुराले ममा खुसीको सीमा थिएन,” – माइलाले भने । नेपाली गीत–सङ्गीत क्षेत्रले एउटा भीमकाय हस्ती गुमाएको माइला ठान्छन् ।उनले भने – “यति उच्च कोटिको सर्जक पाउन मुस्किल छ, नेपाली साङ्गीतिक क्षेत्र र मलाई आज असाध्यै पीडा भएको छ ।” कवि तीर्थ श्रेष्ठको एउटा धोको बाँकी रह्यो गुरुङसँग । दुईवटा गीतमा सङ्गीत गराउने इच्छा उनको निधनसँगै सेलाएको छ । रासससँग कुरा गर्दै श्रेष्ठले भने – “विसं २०६८ मा उनको निवासमा गीतको कुरा भइरहेको बेला लौ तीर्थ तिम्रो गीत देउ सङ्गीत गर्नुप¥यो भने । मैले उनलाई दुईवटा गीत सुनाए । उनले लौ अब तत्कालै सङ्गीत गर्नुप¥यो । उनको स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव हुनसकेन । मेरा लागि ठूलो धोको बाँकी रह्यो ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE