Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सभापति देउवाद्वारा स्व.गुरुङप्रति श्रद्धाञ्जलि

\"ambar_gurung\"काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ गायक तथा सङ्गीतकार स्वर्गीय अम्बर गुरुङ नेपाली गीत–सङ्गीत आकाशका एक उज्ज्वल तारा हुनुहुन्थ्यो र यस क्षेत्रको श्रीवृद्धिमा उनले महत्वपूर्ण योगदान पु¥याउनुभएको बताएका छन् । सभापति देउवा ले मंगलबार एक शोक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय गानका सङ्गीतकारसमेत रहनुभएका गुरुङको निधनबाट राष्ट्रले हजारौ गीतका एक वरिष्ठ सङ्गीतकार गुमाएको, गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको र यो क्षेत्र अभिभावकविहीन बन्न पुगेको उल्लेख गरेका छन् । विज्ञप्तिमा सभापति देउवाले स्व गुरुङले नेपाली गीत–सङ्गीतका क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उनीप्रति उच्च सम्मान व्यक्त गरेका छन् । विज्ञप्तिमा सभापति देउवाले भनेका छन् – “उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।” यसैबीच, स्व गुरुङको निधनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजै शोक विज्ञप्ति प्रकाशित गरी नेपाली गीत–सङ्गीतका उज्ज्वल नक्षत्र एवम् अथक साधक, राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको निधनले आफूलाई दुःखी र मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा कालजयी गीत–सङ्गीतका सिर्जनाका कारण यसका पारखीमाझ गुरुङ सधैँ अमर रहनुहुनेछ । उहाँको निधनले नेपाली गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उनले स्व गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । वरिष्ठ गायक तथा सङ्गीतकार गुरुङको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending