Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

मधेसी–जनजाति गठबन्धन आजदेखि रिले अनशनमा

\"Madhesi-andolan-KTM\" काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन थालेको मधेसी–जनजाति गठबन्धनले मंगलबारदेखि रिले अनसन शुरु गरेको छ । तराई–मधेसमा सात महिना लामो मधेस आन्दोलनपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आदिवासी जनजातिसहित १ जेठदेखि राजधानी केन्द्रित आन्दोलन थालेका हुन् । राजधानी केन्द्रित आन्दोलन अन्तर्गत सिंहदरबार तथा बालुवाटारमा धर्ना तथा राजधानीका विभिन्न ठाउँमा प्रदर्शनपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै धर्ना थालेका हुन् । विभिन्न चरणमा तराई र काठमाडौँमा विरोधका कार्यक्रम गर्दै आएको गठबन्धनले मंगलबार बिहानदेखि खुलामञ्चमा अनशन शुरु गरेको हो । विगतदेखि उठाउँदै आएका आफ्ना माग सरकारले सम्बोधन नगरेपछि थप दबाबस्वरुप अनशन बसेको गठबन्धनले जनाएको छ । सरकारले गठबन्धनले राखेका माग सुनुवाइ नगरेपछि रिले अनशन शुरु गरेको गठबन्धनले जनाएको छ । मोर्चाका शीर्ष नेता उपेन्द्र यादव, अशोककुमार राई, रेणु यादव, शरतसिंह भण्डारी लगायत रिले अनशनमा बसेका छन् । जारी संविधानमा सङ्घीय प्रदेश सीमाङ्कन लगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनमा मोर्चासहित २९ दल आबद्ध छन् । प्रत्येक दिन एक दलबाट एक जनाका दरले अनशन बस्ने गठबन्धनले जनाएको छ । मंगलबारदेखि शुरु गरिएको धर्ना असार मसान्त सम्म जारी रहने गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए । अनसनको हरेक दिन दिउँसो ३ बजेपछि अनसनस्थल खुलामञ्चमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा तथा जनसभा गर्ने जनाइएको छ । प्रदेश तथा जिल्लाहरुमा पनि धर्ना तथा विरोधका कार्यक्रमहरु गरिने गठबन्धनले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE