Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

एमालेमा चर्कियो मतभेद : ओली र नेपालबीच बैठकमै भनाभन, बामदेव मौन

\"Madhv काठमाडौं । सरकार गिराउनका लागि भारतले नेताहरुबीच विभाजन ल्याउने गरी खेलिदिएपछि सरकार नेतृत्व गरिरहेको नेकपा एमालेको स्थायी समितिमा भनाभन भएको छ । जनप्रहार साप्ताहिकमा खबर छ – अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भनाभन भएको हो । स्थायी समितिमा बामदेव गौतम भने मौन रहेका थिए । आफ्नो पार्टीले सरकारलाई लोकप्रिय हिसावले चलाउँदाचलाउँदै पनि सरकार परिवर्तन, भद्र सहमतिको नाममा नेपाल र खनालको अभिव्यक्ति आएपछि चिढिएका ओलीको बचाउमा उनी पक्षधर नेताहरुले जवाफ मागेका थिए । नेपाल पक्षका नेताहरुले जवाफको साटो पार्टी र सरकार आफुखुसी चलाउने भन्दै बुर्कुसी मारेका थिए । सरकारको नेतृत्व गरिरहेको एमाले र एमाओवादीलगायतका दलहरुको संस्थागत सहकार्य बलियो भएपछि सरकार गिराउन असफल भारत र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत आन्दोलनमा रहेका मधेसी मोर्चाका नेताहरुले एमालेभित्र नेपाल समुहलाई उचालेको थियो । माधव नेपाललाई प्रधानमन्त्री बनाउने खेलमा एमालेभित्र विवाद सृजना भएको थियो । भारतसँग चिसिएको सम्बन्ध सुधार्ने जिम्मा नेपालका लागि भारतीय राजदूत रणजित रायकै भएको भन्दै विदेश मन्त्रालयले उनलाई त्यो जिम्मेबारी दिएपछि आफ्ना सवैभन्दा नजिकका नेताका रुपमा उनले एमालेको फरक खेमाका नेता माधवकुमार नेपाललाई भेटेका थिए । नेपालले रअका पूर्व प्रमुख आलोक जोशीसँग भेटेपछिका दिनमा सरकारविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए । ‘सरकार हामीले चलाएका छौं, राम्रो जनमतको आधार बनेको छ तर किन विरोध ?’, वैठकमा एक स्थायी समिति सदस्यले प्रश्न गरे, ‘विरोधका लागि विरोध गरेर केही हुन्न हामी कसैको गोटी बन्न हुँदैन ।’ वैठकमा चर्को विवाद भएपछि नैतिक संकटमा परेका नेपाल र चर्को दबाबमा परेका प्रधानमन्त्री ओली अन्ततः एउटा सहमतिमा पुगेका थिए । एमालेले आधिकारीक रुपमा नै राष्ट्रिय सहमतिको सरकारका लागि पहल भए स्वीकार्ने तर त्यो एमालेको नेतृत्वमा हुनुपर्ने विज्ञप्ति जारी गरेको थियो । यस्तो मध्यमार्गी विज्ञप्ति जारी गराउनका लागि सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतले भुमिका खेलेको स्रोतले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending