Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ग्राण्डीका निर्देशकले भने– अम्बर गुरुङको अवस्था एकदमै 'क्रिटिकल'

\"Amber-Gurung\"काठमाडौं । केही दिनदेखि अचेत अवस्थामा रहेका बरिष्ठ संगीतकार अम्बर गुरुङ्को अवस्था एकदमै चिन्ताजनक रहेको छ । गुरुङ्को सोमवार विहान निधन भएको हल्ला चलेपछि ग्राण्डी अस्पतालका कार्यकारी मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले गुरुङ्को अवस्थास्थिर रहेको बताए । सोमबार दिउँसो अस्पताल परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै पाण्डेले वरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था अत्यन्तै क्रिटिकल रहेको जानकारी दिए । उनले सुधारको आशा निकै कम भएको बताए । उनले अस्पतालको तर्फबाट प्रयास भइरहेको जानकारी दिए । वान्ता गर्दा रगतसहित वान्ताका केही कण फोक्सोमा पसेपछि स्वास्थ्यमा थप समस्या देखिएको पाण्डेले जानकारी दिए । भारतको मेदान्त अस्पतालमा दुई महिनाको उपचारपछि स्वदेश फर्किएका गुरुङले घरमै स्वास्थ्य लाभ लिइरहेका थिए । केही दिनअघि रोगले पुनः च्यापेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको आईसीयू कक्षमा राखिएका उनलाई कृत्रिम श्वास दिएर राखिएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न ठाउँमा दीप प्रज्वलनसमेत गरिएका छन् । उनको स्वास्थ्यस्थिति बुझ्न सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानसेनापति अस्पताल पुगेका थिए । आइतबार प्रधानमन्त्री केपी ओली पनि ग्राण्डी अस्पताल पुगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending