Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

जिप दुर्घटनाका गम्भीर घाइतेमध्ये दुईको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरबाट रोल्पातर्फ जाँदै गरेको ग१ज ५५६० नम्बरको जिप आइतबार बेलुका सल्यानको रिम गाविस–८ को खालीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको गएराति मुत्यु भएको छ । उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याइएका सल्यान–७ गर्पाकी ९ महिनाकी बालिका सफलता बूढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सो दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइते हुनेमा जिपका मालिक सल्यान गर्पाका ३३ वर्षीय भीम राना, रोल्पा झेनामका–९ की ३५ वर्षीया मनकली घर्ती, सोही स्थानका ४८ वर्षीया विरमती घर्ती, २८ वर्षीया सीता बगरी, २ वर्षीया जमनी घर्ती, ६ वर्षीया जमनी बगरी र रोल्पा झेनाम–३ का १८ वर्षीय भीम घर्ती रहेका छन् । त्यसैगरी रोल्पा झेनाम–९ की ६० वर्षीया जुनी परियार, नुवागाउँ–२ का ५० वर्षीय हरिप्रसाद थापा र रोल्पा–८ बुढागाउँकी २३ वर्षीय सुकबहादुर कामी रहेका छन् । बाँके कुसुमका १५ वर्षीय मानवहादुर पुन, सोही स्थानका ५२ वर्षीया मुगी बुढाथोकी, २४ वर्षीया वसन्ती बराल, सल्यान गर्पा–७ का ७२ वर्षीय नोवबहादुर घर्ती, सल्यान धनवाङ–७ की २८ वर्षीया दीपेन्द्र बूढा, पुष्पा रोका सोही ठाउँका ११ वर्षीय सन्तोष रोका र रिमा थापा रहेका छन् । घाइते सबैलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गएराति नै शिक्षण अस्पताल कोहलपुरमा पठाइएको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी लोड र तीव्र गतिका कारण दुर्घटना भएकोे प्रहरीको अनुमान छ । घटनालगत्तै फरार रहेका जिप चालकलाई प्रहरीले राति नै नियन्त्रणमा लिइसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending