Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

पोखरा विमानस्थललाई एक अर्बभन्दा बढी रकम प्रदान

\"pokhara-airport-design-2\"काठमाडौं। सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि रु एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ । यस आयोजनाका लागि चिनिया पक्षबाट थप रु २१ अर्ब प्राप्त हुन बाँकी छ । गत माघ २१ गते भएको सम्झौताअनुसार सरकारले नागरिक उड्डयन प्राधिकरणलाई उक्त रकम उपलब्ध गराएको हो । चिनिया आयात निर्यात बैंकले उपलब्ध गराएको रकम आज अर्थ मन्त्रालयले प्राधिकरणलाई प्रदान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले राससलाई जानकारी दिए । गत वैशाख १ गते प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो विमानस्थलको शिलान्यास गरेका थिए । गत चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विमानस्थल निर्माणका लागि ऋण सहयोग उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । सरकारले आज उपलब्ध गराएको रकमको ब्याजदर पाँच प्रतिशत रहेको छ भने भुक्तानी अवधि २० वर्षको छ । अर्थ मन्त्रालय र प्राधिकरणका उच्च अधिकारीबीच सम्झौता भएको जानकारी दिँदै सचिव राईले पोखरा विमानस्थल निर्माण प्रक्रियाले अब गति लिने विश्वास व्यक्त गरे । लामो समयदेखि चर्चामा रहँदै आएको विमानस्थल निर्माणको प्रक्रिया पछिल्ला केही महिनादेखि मात्रै गति लिएको हो । नेपाल र चीनबीच भएको सम्झौताअनुसार चीनको आयात निर्यात बैंकले रु २१ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । चीनले उपलब्ध गराउने ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्ने छ भने बाँकी रहेको २५ प्रतिशतको भने कुनै ब्याज लाग्ने छैन । पोखरा उपमहानगरपालिका १४ र १८ नं वडामा पर्ने तीन हजार ७०० रोपनी क्षेत्रफलमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लागेको हो । सरकारले विसं २०३१ र हालै गरी दुई चरणमा जमिन अधिग्रहण गरिसकेको छ । जग्गा प्राप्ति एवम् मुआब्जा वितरणको कामसमेत सम्पन्न भएको छ । निर्माणका लागि चिनिया ठेकेदार कम्पनी सिएमसीले ठेक्का पाएको छ । चिनिया प्रविधिज्ञले विमानस्थल निर्माणसम्बन्धी प्रारम्भिक काम सुरु गरिसकेका छन् । सो विमानस्थल पृथ्वी राजमार्गबाट एक दशमलव २ किमी मात्रै पर रहेको छ । धावनमार्गको लम्बाई दुई किमी ५०० मिटर रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दाँजोमा ५५६ मिटर मात्रै छोटो रहेको छ । त्यस्तै, गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अगाडि बढिरहेको छ । विराटनगर र धनगढी विमानस्थलको समेत सुदृढीकरणको काम सुरु गरिएको सचिव राईले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE