Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्छ :प्रधानमन्त्री ओली

\"Capture\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका प्रयास र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजानु जरुरी रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले आइतकार आयोजना गरेको कार्यक्रममा उनले वातावरणीय पक्षको अध्ययन गरेर मात्र विकासका कामलाई अघि बढाउनुपर्ने धारणा राखे । सरकारसँगै जनताले पनि सचेत भएर वातावरण संरक्षणका गतिविधिमा लाग्नुपर्ने सुझाव दिँदै प्रधानमन्त्री ओलीले भने , “संरक्षणका हाम्रा प्रयासहरु खेर नगए पनि पर्याप्त छैनन् ।” उनले कार्बन उत्सर्जन र पृथ्वीको तापमान वृद्धि गरिब मुलुकका जनताले चुलोमा दाउरा बालेर नभई विकसित देशको प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन तथा गतिविधिका कारण भएको धारणा राखे । सामुद्रिक प्रदूषण र हिउँ पग्लिने समस्याका कारण समुद्री तटमा बस्ने जनता बढी मारमा परेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “वनस्पति र जीव भएको यो सुन्दर ग्रह पुथ्वी भविष्यमा जीवनरहित नहोस् भन्नेमा हाम्रो प्रयास केन्द्रित हुनुपर्छ ।” कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीले वातावरण संरक्षणका लागि समितिले सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै उक्त कार्य भएको÷नभएको बारेमा अनुगमनसमेत गर्दै आएको जानकारी दिए । वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरण संरक्षणलाई दिवससँग मात्र नजोडेर दैनिक जीवनसँग गाँसेर हेर्नुपर्ने धारणा राखे । कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका निमित्त नेपाल निर्देशक सोफी केम्खाद्जे र त्रिभुवन विश्वविद्यालयका प्राडा रामप्रसाद चौधरीले वातावरण संरक्षणका लागि गर्नुपर्ने काम र जलवायु परिवर्तनबाट हुने नकारात्मक असरबारे जानकारी दिएका थिए । कार्यक्रममा वातावरण संरक्षणमा योगदान पु¥याउने व्यक्ति र सङ्घसंस्थालाई पुरस्कृत गरिएको थियो । राष्ट्र सङ्घको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवसका रुपमा मनाइँदै आइएको छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE