Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सरकार परिवर्तनबारे एमालेमा खैलाबैला

\"kp काठमाडौं । सरकार परिवर्तनको चर्चा तीब्र भइरहँदा तरंगित भएको एमालेले सरकार बचाउनका लागि भारतको साथ खोजेको छ । नयाँ बजेट पारित भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकार परिवर्तन गर्नेबारे भद्र सहमति भएको एमाले नेताहरुले नै बताएपछि एमालेमा खैलाबैला मच्चिएको छ । पार्टीभित्रको आन्तरिक कहलपछि शनिवारदेखि स्थायी समितिको बैठक बोलाइएको छ । शनिवारदेखि शुरु भएको स्थायी समिति बैठकमा परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ । शनिवारदेखि शुरु भएको स्थायी समिति बैठक भने अझै सकिएको छैन । बैठकमा गरामागरम बहस चलिरहेको छ । सरकारका सन्दर्भमा एमाओवादीसँग भएको भनिएको भद्र सहमति कार्यान्वयन गर्नुपर्नेमा एमाले बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले नै अभिब्यक्ति दिँदै हिँडेपछि ओली झनै तनावमा देखिएका छन् । तनावमा रहेका ओलीले शनिवार भारत र अमेरिका एमालेविरुद्ध देखिएको अभिब्यक्ति दिएको भन्दै खबर छापिएपछि एमालेमा झनै खैलाबैला मच्चिएको छ । स्थायी समिति बैठक नसकिँदै एमाले सचिव प्रदीप ज्ञवालीले ओलीको अभिब्यक्तिको बचाउ गर्दै छिमेरी राष्ट्र भारतको गुणगान गाएका छन् । ओली भारतको विरोध गरेर राष्ट्रवादी कहलिएको भन्दै एमालेले नै चर्चा चलाइरहेका बेला एमालेले आफ्नो नेतृत्वको सरकारलाई छिमेकी राष्ट्रबाट उदारमनले सहयोग भइरहेको जनाएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले आइतबार विज्ञप्ति जारी गर्दै । शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका साथै भूकम्पका बेलामा पनि छिमेकीले उदारमनले सहयोग गरेको र वर्तमान सरकारलाई पनि सहयोग गरिरहेको स्पष्ट पारेका छन् । शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका साथै भूकम्पका बेलामा पनि छिमेकीले उदारमनले सहयोग गरेको ज्ञवालीको विज्ञप्तिमा उल्लेख छ । यसअघि भने भारतले संविधान जारी गर्न नदिएको र नेपालको संविधानको विरोध गरेको एमालेले नै बताउँदै आएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE