Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

कोइरालापथमा ओली : सहमति नमान्ने दम्भले कता पुर्र्याउला ?

\"oli_prachanda\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि नेपाली कांग्रेसका तात्कालिन सभापति एवं दिवंगत नेता सुशिल कोईरालामा जस्तै दम्भ र सहमति नमान्ने भुत सवार भएको छ । दोस्रो संविधानसभाको चुनाब लगत्तै पहिलो पार्टी बनेको नेपाली कांग्रेसलाई सरकार निर्माणका लागी दोस्रो ठुलो दल नेकपा एमालेको सहयोग आवश्यक भयो । उक्त सहयोगका लागी कोईरालाले संविधान निर्माणपश्चात नेकपा एमालेलाई सरकारको नेतृत्व दिने सहमति गरे । तर संविधान निर्माणपश्चात पनि सहमति अनुसार नेतृत्व दिनु त परै जाओस् ओलीसँग प्रधानमन्त्रीको निर्बाचनमा उम्मेदवार भएर लडे । कोईरालाको उक्त दम्भ र सहमति नमान्ने कुमतिले नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायत सबै गुमाएन मात्रै सहमतिको बाटो हिड्न नचाहेको गम्भिर अविश्वास समेत बेहोर्यो। ठिक यतिबेला नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सोही कोईरालापथमा उद्धत रहेको देखिन्छन् । राष्ट्रिय सहमति तथा कांग्रेससँगको सहमतिको नैतिक धरातल मान्दै संविधान जारी भएपश्चात नेपाली कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गर्ने प्रस्ताव अस्विकार गरी माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउन बिना शर्त सहयोग गरेका थिए । सरकारको नेतत्व गरेका ओलीभन्दा चर्को रुपमा नाकाबन्दीको सामना गरेका प्रचण्डलाई ओलीले द्वन्दकालिन मुद्धामा असहयोग मात्रै गरेनन् धमाधम अदालतबाट मुद्धा ब्युँताउने भूमिकामा एमालेकै कतिपय नेतासमेत अग्रसर भए । सरकारको मुख्य साझेदारसँगको सहमतिमा सरकार सञ्चालनमा समेत ओली उदाशिन देखिए । सोही कारण माओवादीले कि द्वन्दकालिन मुद्धालाई आयोगमा पठाउन सहयोग गर नत्र सरकार छोड भनेर ओलीलाई भन्यो । नेपाली कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गर्ने तयारी थालेको माओवादीलाई ओलीले बजेटपछि एमालेकै सहयोगमा सरकार बनाउन भन्यो र सरकार टिकायो । तर बजेटपछि उतिबेला कोईरालाकै बाटोमा ओली उग्र देखिए । भद्र सहमति ‘भएको’ भन्ने माओवादी र ‘भएकै छैन’ भन्ने ओलीबिचको सत्यता एमालेकै वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले प्रष्ट्याइसकेका छन् । ओलीले बजेटपछि प्रचण्डको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने भद्र सहमति भएको बुझ्न कुनै कठिनाई हुँदैन । तर ओली फेरीएकपटक उट्पट्याङ र उत्तेजित कुरा गर्न थालेका छन् । कहिले ‘यो सरकार कहिल्यै ढल्दैन’ भन्छन् त कहिले ‘सबै चुनाब गराएर मात्रै छोड्छु’ भन्छन् । राजनीतिक विश्लेषकहरु ओलीको यो पथलाई उतिबेला दिवंगत कोईरालाले हिडेको पथका रुपमा व्याख्या गर्न थालेका छन् । जस कारण कांग्रेसले जेजे गुमायो ओली सोही हालतमा पुग्ने बजारमा विश्लेषण छ । ओलीको यस्तो उत्तेजक मनोरञ्जनकाे जवाफमा नेकपा माओवादी केन्द्रले कंग्रेसलाई समर्थन गरिदियो भने के हुन्छ ? प्रधानमन्त्री ओलीले सायद हिसाब गरेका छैनन् । यो पनि पढ्नुहोस् प्रचण्डलाई प्रयोग गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने नेपाल र देउवाको भित्रि दाउ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE