Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

यस्तो छ, शिक्षक सेवा आयोगको नयाँ व्यवस्था

\"teachers-assoiation-500x250-750\" काठमाडौं । शिक्षक सेवा आयोगले आगामी ४ असारदेखि सञ्चालन हुने माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षाका उम्मेदवारका लागि पहिलेभन्दा केही फरक व्यवस्था गरेको छ । परीक्षामा प्रयोग हुने भाषा, उत्तरपुस्तिका, प्रश्न र उत्तरका विषयमा केही नयाँ व्यवस्था भएको आयोगका उपसचिव सुदर्शन मरहट्ठाले बताए । परीक्षामा प्रयोग हुने भाषा कम्प्युटर विज्ञान, विज्ञान र गणित विषयको प्रश्नपत्र अंग्रेजी माध्यमबाट सोधिने व्यवस्था गरिएको छ । भाषाबाहेक अन्य विषयमा अंग्रेजी वा नेपाली दुवै भाषा प्रयोग गर्न सकिनेछ । उत्तरपुस्तिका र परीक्षामा सोधिने प्रश्न यस वर्षदेखि परीक्षाका पाठ्यक्रम नयाँ बनेका छन् । आयोगद्वारा प्रकाशित विशिष्टीकरण तालिकाबमोजिम खण्ड क र खको पूर्णांक ४०–४० नम्बरको हुने व्यवस्था छ । प्रत्येक क्षेत्र समेटिने गरी छोटो र लामो उत्तर आउने प्रश्न सोधिने व्यवस्था छ । नयाँ पाठ्यक्रमअनुसार नमुना प्रश्नपत्र प्रकाशन नगर्ने र उत्तरपुस्तिका प्रत्येक खण्डमा अलग–अलग हुने व्यवस्था छ । वस्तुगत प्रश्नबारे परीक्षार्थीलाई वस्तुगत प्रश्न र उत्तरपुस्तिका छुट्टाछुट्टै दिने व्यवस्था गरिएको छ । परीक्षार्थीले वस्तुगत प्रश्नपत्र परीक्षा समाप्तिसँगै लैजान सक्नेछन् । उत्तरपुस्तिकाको दायाँ भागमा परीक्षार्थीका व्यक्तिगत विवरण र बायाँतर्फ चारवटा विकल्पमध्ये एउटा सही उत्तर उत्तरपुस्तिका लोख्नुपर्नेछ । अपांगता भएकालाई थप समय अपांगता भएकाहरू, दुवै हात नचल्ने, दुवै कान नसुन्नेका लागि प्रतिघन्टा १० मिनेट थप समय दिने निर्णय भएको प्रवक्ता मरहट्ठाले बताए । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending