Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

यस्तो छ, शिक्षक सेवा आयोगको नयाँ व्यवस्था

\"teachers-assoiation-500x250-750\" काठमाडौं । शिक्षक सेवा आयोगले आगामी ४ असारदेखि सञ्चालन हुने माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षाका उम्मेदवारका लागि पहिलेभन्दा केही फरक व्यवस्था गरेको छ । परीक्षामा प्रयोग हुने भाषा, उत्तरपुस्तिका, प्रश्न र उत्तरका विषयमा केही नयाँ व्यवस्था भएको आयोगका उपसचिव सुदर्शन मरहट्ठाले बताए । परीक्षामा प्रयोग हुने भाषा कम्प्युटर विज्ञान, विज्ञान र गणित विषयको प्रश्नपत्र अंग्रेजी माध्यमबाट सोधिने व्यवस्था गरिएको छ । भाषाबाहेक अन्य विषयमा अंग्रेजी वा नेपाली दुवै भाषा प्रयोग गर्न सकिनेछ । उत्तरपुस्तिका र परीक्षामा सोधिने प्रश्न यस वर्षदेखि परीक्षाका पाठ्यक्रम नयाँ बनेका छन् । आयोगद्वारा प्रकाशित विशिष्टीकरण तालिकाबमोजिम खण्ड क र खको पूर्णांक ४०–४० नम्बरको हुने व्यवस्था छ । प्रत्येक क्षेत्र समेटिने गरी छोटो र लामो उत्तर आउने प्रश्न सोधिने व्यवस्था छ । नयाँ पाठ्यक्रमअनुसार नमुना प्रश्नपत्र प्रकाशन नगर्ने र उत्तरपुस्तिका प्रत्येक खण्डमा अलग–अलग हुने व्यवस्था छ । वस्तुगत प्रश्नबारे परीक्षार्थीलाई वस्तुगत प्रश्न र उत्तरपुस्तिका छुट्टाछुट्टै दिने व्यवस्था गरिएको छ । परीक्षार्थीले वस्तुगत प्रश्नपत्र परीक्षा समाप्तिसँगै लैजान सक्नेछन् । उत्तरपुस्तिकाको दायाँ भागमा परीक्षार्थीका व्यक्तिगत विवरण र बायाँतर्फ चारवटा विकल्पमध्ये एउटा सही उत्तर उत्तरपुस्तिका लोख्नुपर्नेछ । अपांगता भएकालाई थप समय अपांगता भएकाहरू, दुवै हात नचल्ने, दुवै कान नसुन्नेका लागि प्रतिघन्टा १० मिनेट थप समय दिने निर्णय भएको प्रवक्ता मरहट्ठाले बताए । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE