Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

खेलाडीको मनोबल उच्च राख्न सरकारलाई उपराष्ट्रपति पुनको सुझाव

पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ्य नागरिक, मर्यादित समाज र समृद्ध राष्ट्र निर्माणमा खेलकुद क्षेत्र निकै महत्वपूर्ण रहेको बताएका छन् ।

\"Pasang\"कास्कीको लेखनाथ नगरपालिकाको भण्डारढिकमा निर्माण भएको लेखनाथ रङ्गशालाको उद्घाटन गर्दै उनले रङ्गशाला निर्माणले यस क्षेत्रको मात्र नभई सिङ्गो देशकै खेलकुद क्षेत्रको ऐतिहासिक विकासमा कोसेढुङ्गा सावित भएको धारणा राखे ।

कतारको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी संस्था, लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य सङ्घको करिब रु ८० लाखको सहयोगमा सो रङ्गशाला निर्माण भएको हो ।

खेलकुद विश्व वन्धुत्व, शान्ति र समझदारी कायम गर्न महत्वपूर्ण कडीका रुपमा रहने विचार व्यक्त गर्दै उनले यसले शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य नागरिक तयार गर्न र देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सहयोग पुर्याउने बताए ।

क्रिकेट र फुटबलमा नेपाली युवाले अन्तर्राष्ट्रिय क्षेत्रमा देखाएको प्रदर्शनले राष्ट्र र नेपालीको शिर उचो बनाएको धारणा राख्दै उनले राज्यले पनि खेलाडीको मनोबल उच्च राख्न साधन र स्रोतले भ्याएसम्म सहयोग गर्दै जानुपर्ने विचार व्यक्त गरे ।

उपराष्ट्रपति पुनले नयाँ खेलाडीहरु उत्पादन गर्न खेलकुदका पूर्वाधार विकासमा राज्यले ध्यान दिनु पर्नेमा जोड दिए ।

सुप्रिम कमिटीका सहायक कार्यकारी निर्देशक नसिरअल खतरले सन् २०२२ मा कतार सरकारले विश्व कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको र यसलाई सफल तुल्याउन कास्की, कैलाली र मकवानपुरमा १२ वटा रङ्गशाला बनाउन कतार सरकारले सहयोग गरेकोे जानकारी गराए ।

आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञबहादुर थापा, क्लबका सल्लाहकार चेतबहादुर गुरुङ र फुटबल खेलाडी उपेन्द्रमान सिंहले मन्तव्य व्यक्त गरेका थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE