Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

एमाले स्थायी समिति बैठक: सरकार परिवर्तनबारे तिव्र विवाद

\"CB_Ktm\"काठमाडौं । दलभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा एमाले को स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउन केन्द्रित छ । खासगरी प्रमुख सत्ता सझेदार नेकपा ९माओवादी केन्द्र०ले सरकार परिवर्तनको विषय उठाइरहेको र उक्त विषयमा दलभित्रैबाट पनि मतमतान्तर देखिएकाले स्थायी समिति मार्फत टुङ्गो लगाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन । एमालेले सत्ता साझेदार केन्द्रसँग करिब एक महिनाअघि सरकार परिवर्तनका लागि भएको भनिएको ‘तीनबुँदे भद्र सहमति’लाई लिएर दुवै दलभित्र खटपट चलिरहेको छ । एमालेका जिम्मेवार नेताहरुले नै उक्त विषयलाई सतहमा ल्याएपछि पार्टीभित्र विवाद चुलिएको बताइन्छ । वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षधर नेताले सार्वजनिक रुपमै सरकार परिवर्तनबारे अभिव्यक्ति दिँदै आएका छन् भने अध्यक्ष ओली पक्षधर नेता भने त्यसको बचाउ गर्दै अहिलेको परिस्थितिमा यही सरकारलाई निरन्तरता दिनुपर्ने रटानमा छन् । केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका जिम्मेवार नेता पनि विगतको सहमतिअनुसार सरकार परिर्वतनको कसरतमा छन् । यद्यपि एमालेभित्रका एकथरि नेताले भने मुलुकको अहिलेको आवश्यकतालाई ध्यानमा राखी राष्ट्रिय सहमतिको दिशामा पार्टीलाई अघि बढाउनुपर्ने तर्क राख्दै आएका छन् । सरकार परिवर्तन लगायत पार्टीभित्र देखिएका यावत् विषयलाई समाधान गर्न एमाले स्थायी समिति बैठकमा केही दिन बहस चल्नेछ । मुलुकको वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले लिनुपर्ने धारणा र पार्टीको आन्तरिक जीवनमा देखिएका सवाललाई स्थायी समितिले छलफल गरी निर्णय लिने पार्टीका प्रवक्ता योगेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिए । “बैठकमा यसअघि भएका विभिन्न सहमतिलाई कसरी लिएर जाने भन्नेमा अहिलेको राष्ट्रिय राजनीतिले सहमतिको आवश्यकता महसुस गरिरहेको छ, त्यसैले सत्तारुढ र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका दललाई समेत समावेश गरी कसरी बृहत्तर राष्ट्रिय सहमति कायम गर्न सक्छाँै सो विषयमा छलफल हुन्छ”–उनले भने । स्थायी समिति बैठकका पाँच कार्यसूची छन् । समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, दलभित्रको आन्तरिक विषय, केन्द्रीय कमिटीको निर्णयानुसार प्रदेश कमिटी गठन, पार्टीका केन्द्रीय निकायको सल्लाहकार परिषद् मनोनयन तथा व्यवस्थापिका–संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका निम्ति दलले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ । बैठक केही दिन लम्बिने एमालेले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE