Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

भैरहवामा नमूना कोशेली घरको शुभारम्भ

भैरहवा । भैरहवा स्थित गौतम बुद्ध बिमानस्थलको यात्रु प्रतिक्षालयमा शुक्रबार नमूना कोशेली घरको शुभारम्भ गरिएको छ । द्घन्द प्रभावित,समाजबाट अपहेलित, एकल,एच.आइ.भीबाट संक्रमित र बेचबिखनमा परेर फर्केका लगायतका महिलाहरुको सीपलाई प्राथमिकता दिने तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले उक्त घरको शुभारम्भ गरिएको हो । नमूना एकीकृत विकास परिषद रुपन्देहीले सञ्चालनमा ल्याएको उक्त पसलको उद्घाटन रुपन्देहीका प्रमूख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले गरेका थिए । पसलमा हातले बुनेका पर्सहरु, वांसबाट बनाईएका डस्टवीन,ढाका टोपी,ह्याण्डी क्रयाफ्ट,हातले बुनेका रुमाल लगायत लोभ लाग्दा सामग्रीहरु राखिएको छ । उद्घाटन समारोहकी अध्यक्ष तथा नमूना एकीकृत विकास परिषदकी अध्यक्ष ज्ञानु पौडेलले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी लेखिएका टिसर्टहरु राखिएकाले यो पसल नेपाली महिलाहरुको सिपको सदुपयोग मात्र नभएर पर्यटन प्रवद्र्धनको पनि एउटा ढोका भएको बताईन् । उनले यस्तो किसिमको पसल लुम्बिनीमा समेत सञ्चालन गर्ने योजना रहेको जानकारी दिईन् । महिला तथा बालबालिका कार्यालयकी प्रमूख उषा रावलले नमूनाले गरेको उक्त कार्य सहरानिय भएको बताईन् । कार्यक्रममा अञ्चल प्रहरी कार्यालय लुम्बिनीका वरिष्ठ प्रहरी उपरिक्षक शेर बहादुर बस्नेत,शसस्त्र प्रहरी कार्यालयका प्रमुख सिताराम रिजाल ,जनस्वास्थ्य कार्यालय रुपन्देहीका बरिष्ठ जनस्वास्थ्य अधिकृत टंक प्रसाद चापागाई,जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी रामेश्वर कार्की,एसओएस बालग्राम लुम्बिनीका प्रमूख विजय जंग राणा,महिला तथा बालबालिका कार्यालय रुपन्देहीकी अधिकृत राज्यलक्ष्मी गुप्ता,सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नवराज न्यौपाने लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम माइती नेपालकी क्षेत्रीय संयोजक प्रभा खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE