Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

अबको २० महिनामा नयाँ निर्वाचन नगरिए देश गम्भीर दुर्घटनामा ः प्रचण्ड

\"prachanda\"मन्थली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको २० महिनामा नयाँ निर्वाचन गराउन नसकिए देश गम्भीर दुर्घटनामा पर्ने बताएका छन् । रामेछापको मन्थलीमा माओवादी केन्द्रले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले संविधान कार्यान्वयन मुख्य चुनौती भएको बताए । संविधान कार्यान्वयन र नयाँ निर्वाचन गराउन नसकिए देश अन्धकारतर्फ जाने भएकाले राष्ट्रिय एकता आवश्यक भएको बताए । राष्ट्रिय एकता बिना संविधानको कार्यान्वयन र कानून निर्माण लगायतका काम गर्न कठिनाइ हुने उनले बताए । आफू प्रधानमन्त्री बन्नका लागि एकताको कुरा नगरेको भन्दै प्रचण्डले मुलुकको निकासका लागि राष्ट्रिय सहमति आवश्यक भएकोमा उनले जोड दिए । सरकार परिवर्तनको खेलभन्दा पनि अहिले देशका लागि सबै शक्ति एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । सबै शक्तिको एकता आवश्यकता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी शक्तिहरु मात्र नभइ अहिले सबै परिवर्तनशील पक्षहरुबीचको एकता आवश्यक भएको बताए । माओवादी तथा कम्युनिष्ट शक्तिहरुका साथै परिवर्तनशील सबै शक्ति एक ठाउँमा आउन आवश्यक भएको उनले औंल्याए । देशका सबै कम्प्युनिष्ट मात्र नभइ वर्तमान चुनौतिको सामना गरी मुलुकलाई अग्रगामी दिशामा लैजान सबै शक्तिको एकता आवश्यकता रहेको उनको भनाइ थियो । पार्टी एकता प्रक्रिया टुंगिएको छैन माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया नटुंगिएको बताए । १० वटा कम्युनिष्ट घटक एक भएर माओवादी बनेको र अन्य पार्टीहरुबीचको एकता प्रक्रिया पनि जारी रहने उनले बताए । एकता प्रक्रिया पार्टीको महाधिवेशनसम्म जारी नै रहने उनले जानकारी दिए । उनले भूकम्पपीडितका नाममा आएको अनुदान नपाएको विषयमा सम्बन्धित निकायमा छलफल गर्ने भन्दै आश्वासन पनि दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE