Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अबको २० महिनामा नयाँ निर्वाचन नगरिए देश गम्भीर दुर्घटनामा ः प्रचण्ड

\"prachanda\"मन्थली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको २० महिनामा नयाँ निर्वाचन गराउन नसकिए देश गम्भीर दुर्घटनामा पर्ने बताएका छन् । रामेछापको मन्थलीमा माओवादी केन्द्रले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले संविधान कार्यान्वयन मुख्य चुनौती भएको बताए । संविधान कार्यान्वयन र नयाँ निर्वाचन गराउन नसकिए देश अन्धकारतर्फ जाने भएकाले राष्ट्रिय एकता आवश्यक भएको बताए । राष्ट्रिय एकता बिना संविधानको कार्यान्वयन र कानून निर्माण लगायतका काम गर्न कठिनाइ हुने उनले बताए । आफू प्रधानमन्त्री बन्नका लागि एकताको कुरा नगरेको भन्दै प्रचण्डले मुलुकको निकासका लागि राष्ट्रिय सहमति आवश्यक भएकोमा उनले जोड दिए । सरकार परिवर्तनको खेलभन्दा पनि अहिले देशका लागि सबै शक्ति एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । सबै शक्तिको एकता आवश्यकता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी शक्तिहरु मात्र नभइ अहिले सबै परिवर्तनशील पक्षहरुबीचको एकता आवश्यक भएको बताए । माओवादी तथा कम्युनिष्ट शक्तिहरुका साथै परिवर्तनशील सबै शक्ति एक ठाउँमा आउन आवश्यक भएको उनले औंल्याए । देशका सबै कम्प्युनिष्ट मात्र नभइ वर्तमान चुनौतिको सामना गरी मुलुकलाई अग्रगामी दिशामा लैजान सबै शक्तिको एकता आवश्यकता रहेको उनको भनाइ थियो । पार्टी एकता प्रक्रिया टुंगिएको छैन माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया नटुंगिएको बताए । १० वटा कम्युनिष्ट घटक एक भएर माओवादी बनेको र अन्य पार्टीहरुबीचको एकता प्रक्रिया पनि जारी रहने उनले बताए । एकता प्रक्रिया पार्टीको महाधिवेशनसम्म जारी नै रहने उनले जानकारी दिए । उनले भूकम्पपीडितका नाममा आएको अनुदान नपाएको विषयमा सम्बन्धित निकायमा छलफल गर्ने भन्दै आश्वासन पनि दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending