Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

‘प्रतिनिधिसभाको निर्वाचनपछि मात्रै सरकार परिवर्तन’

\"PM-Oli-Sambodhan\"काठमाडौ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०७४ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि मात्रै सरकार परिवर्तन हुने बताउदै आएका छन् ।

सत्ता साझेदार प्रमुख घटक नेकपा माओवादी केन्द्रबाटै सरकार परिवर्तनको बहस सुरु भइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।

अडिटर्स एसोसिएसन अडानको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले भने– “अहिले सरकार परिवर्तनको हल्ला फिँजाइएको छ, २०७४ साल मङ्सिरभित्र प्रतिनिधिसभाको निर्वाचन गराउछुँ त्यसको परिणाम के हुन्छ, कसको सरकार हुन्छ, त्यसपछि थाहा हुन्छ, अहिले सरकार हट्छ भन्ने चिन्ता नलिनुस् ।”

प्रधानमन्त्री ओलीले देश बनाउन र देशको गौरव, प्रतिष्ठालाई बढाउन अहिलेको सरकार आवश्यक भएको जिकिर गर्दै सरकार नीति तथा कार्यक्रम र बजेटमार्फत देश विकास गर्न दृढताका साथ अघि बढेको उल्लेख गरे ।

‘काठमाडौँ–पोखरा रेल’

प्रधानमन्त्रीले अबको केही समयपछि काठमाडाँै–पोखरा रेल सञ्चालन गरिने र त्यसका लागि तत्कालै कार्यक्रम सुरु गरिने बताए ।

“आलोचना गर्ने गरिरहून्, देश अब गरिब रहन सक्दैन । सडक रेलजस्ता पूर्वाधारलाई द्रुतगतिमा अघि बढाइन्छ, छिट्टै रेल घुइँकिन्छ । यहाँ प्राकृतिक स्रोतको प्रचुर सम्भावना छ, दक्ष युवा विदेश पलायन भइरहेका छन्, चाँडै वउनीहरुलाई स्वदेश फर्कने वातावरण बनाएरै छाड्छौँ,”– उनले भने ।

प्रधानमन्त्री ओलीले समुन्नत समाज र आर्थिक अनुशासन कायम गर्न अडिटर्स एसोसिएसनको महत्वपूर्ण भूमिका हुने भन्दै देश विकासमा जिम्मेवारपूर्वक लाग्न आग्रह गरे ।

कार्यक्रममा नेपाल चार्टर एकाउन्टेन्ड संस्थाका अध्यक्ष प्रकाश लम्सालले लेखा परीक्षण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन नीतिगत व्यवस्थाको खाँचो औँल्याए । अडानका अध्यक्ष मोहनराज रेग्मीले उचित ऐनको अभावले पेसालाई व्यवस्थित र सुरक्षित बनाउन कठिनाइ उत्पन्न भएको बताए ।

त्यस अवसरमा संस्थाले लेखापरीक्षण व्यवसायमा विद्यावारिधि गर्ने डा जानकीकुमारी तुलाधरलाई सम्मान गरिएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending