Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

दुईजना बिरुद्ध मानब बेचबिखन मुद्धा

भैरहवा । मानब बेचखिनको अभियोगमा रुपन्देहीमा दुईजना बिरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको छ । १६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजा“दै गरेका एक युवक र आफ्नै गाउ“का महिलालाई डान्सबारमा काम लगाउने भन्दै भारत लैजना लागेको अवस्थामा पक्राउ परेकी एक युवती बिरुद्ध मानव तथा चेलीबेटी बेचबिखन बिरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्धा दायर गरिएको रुपन्देही प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । छुट्टा छुट्टै अवस्थामा सिमा नाका बेलहियाबाट पक्राउ परेका गोर्खा जिल्ला मनकामना–३ बस्ने ३८ वर्षीय दिलबहादुर विक र रुपन्देही सूर्यपुरा १ की २८ बर्षीय मिना रानालाई मुद्धा दायर गरी थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले बताए । उनीहरुलाई अनुसन्धानका लागी जिल्ला अदालत रुपन्देहीले पा“च दिनको म्याद दिएको र थप अनुसन्धान भइरहेको उनले बताए । गाउ“कै दुई महिलालाई डान्सबारमा रोजगारी लगाइदिने भन्दै सिमा पार गराउ“दै गरेको अवस्थामा मिनालाई मानब बेचबिखन तथा महिला हिंसा बिरुद्ध कार्यरत संस्था के.आई नेपालले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो भने बिकलाई प्रहरीले नौ जना बालबालिका सहित आफ्नै सक्रियतामा पक्राउ गरेको हो । मिनास“गै भारत जानलागेका दुई महिलालाई शंका लागी सोछपुच गर्दा उनीहरुको प्रारम्भिक बयानबाट बेचिनसक्के संभावना देखेर आफुहरुले थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको केआई नेपाल रुपन्देहीकी जिल्ला संयोजक तारा सापकोटाले बताईन् । एक भारतीय नागरिकको सहयोगमा मिनाले दुई महिलालाई भारत लैजान लागेकी थिइन् । घटना बिबरण अनुसार नाम नखुलेका भारतीय नागरिक ति महिलालाई लिन गाडी लिएर सूर्यपुरा पुगेका थिए । सूर्यपुराबाट मिनासहित दुई महिलालाई भैरहवा ल्याएर स“गैजा“दा शंका हुने भन्दै ति भारतीय नागरिक दुई महिलालाई सिमापार गराउने जिम्मा मिनालाई दिएर अगाडि हि“डेका थिए । योजनाबद्ध रुपमा महिलालाई भारत लैजानु शंकास्पद देखिएपछि मिनासहित दुई महिलालाई केआईले नियन्त्रणमा लिएको थियो । यसरी भारत जा“दा भारतमै बेचिने वा भारत हु“दै अबैधानिक रुपमा महिलालाई तेस्रो खाडी मुलुकमा पु¥याउने संभावना बढी रहने स“योजक सापकोटाले बताईन् । मुद्धा दायरपछि केआईको संरक्षणमा रहेका दुई महिलालाई अविभावकको जिम्मा लगाइएको छ । यस्तै भारत जानबाट बचेका नौ जना बालबालिकालाई पनि प्रहरीले आफन्तको जिम्मा लगाएको छ । भारततर्फ जानबाट प्रहरीले चितवन भरतपुर न.पा. वडा नं. ११ आ“पटारी वर्ष १६ का अभिषेक गुरुङ, वर्ष १५ को सुमित गुरुङ, वर्ष १३ का मनिष तामाङ, वर्ष १५ का नारायण घिमिरे, वर्ष १५ का अनिल परियार, वर्ष १२ का सुनिल नेपाली, वर्ष १६ का अमित परियार, गोरखा भुटेनी गा.वि.स. वडा नं. १ वर्ष १५ का विकास वि.क. र सोही ठाउ“का वर्ष १५ का प्रदीप वि.क.लाई उद्धार गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE