Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रचण्डले लेखे सर्वोच्चलाई यस्तो जवाफ

\"prachanda\"काठमाडौँ । सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी’ परेको मुद्दामा एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज लिखित जवाफ पठाएका छन्।

सर्वोच्च अदालतमा पुगी अध्यक्ष प्रचण्डका तर्फबाट प्रतिनिधिका रुपमा वारेस लोकमणि पोखरेलले अदालतको अपहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएका छन्।

लिखित जवाफमा चर्चामा आउनका लागि मुद्दा दायर गरेर अदालतको दुरुपयोग गरेको उल्लेख गर्दै भनिएको छ, ‘निवेदकले चर्चामा आउनका लागि मुद्दा दायर गरेको ध्यय देखिन्छ, आफ्नो चर्चाका लागि अदालतको दुरुपयोग गर्नु कदापि न्यायसङ्गत हुन सक्दैन ।’

विशुद्ध चर्चामा आउने उद्देश्यले दायर गरेको निवेदन भएको हुँदा निवेदन खारेजीको भागी भएको समेत लिखित जवाफमा उल्लेख छ ।आफूले वैशाख ३१ गते राजधानीमा बोलेको एउटा कार्यक्रमको विषयलाई लिएर आफ्नो अनुकूल भाषा प्रयोग गरी अदलबदल गरी लेख्ने÷लेखाउने काम गरेको उल्लेख गर्दै लिखित जवाफमा भनिएको छ, ‘निवेदकले उल्टो अदालतलाई विवादमा ल्याउने काम स्वयम्ले गर्नुभएको छ ।’

द्वन्द्वकालमा भएका घटनालाई लिएर विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप हुनुपर्छ भन्ने मान्यता रहिआएको र सो सम्झौताअनुसार उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न दुवै पक्ष सहमत भएको सर्वविदितै भएको समेत लिखित जवाफमा उल्लेख छ ।

विस्तृत शान्ति सम्झौताकै बुँदा नम्बर २७ मा दुवै पक्ष ९सत्तापक्ष र आन्दोलनरत पक्ष० राजीतिक कारणले लगाएको दाबी उजुरी विचाराधीन रहेको मुद्दा मामिला फिर्ता र थुनामा राखिएका बन्दीको स्थिति सार्वजनिक गरी तुरुन्त रिहाइ गरिने सुनिश्चितसमेत गरेको उल्लेख छ ।

केन्द्रका अध्यक्ष प्रचण्डले गत वैशाख ३१ गते राजधानीमा बोलेको विषयलाई लिएर न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोजेर अदालतको अपहेलना भएको भन्दै यही जेठ ३ गते अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

अध्यक्ष दाहाललाई विपक्षी बनाई दायर गर्नुभएको निवेदनमा अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि भएको उल्लेख गरिएको थियो ।

निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानी गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई कानुनअनुसार कारबाही माग गरिएको थियो ।

सो निवेदनमा यही जेठ ११ गते कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अदालतको अपहेलनासम्बन्धी मुद्दामा अध्यक्ष दाहाललाई तीन दिनभित्र अदालतमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पठाउन आदेश दिएको थियो ।

सोही आदेशअनुसार प्रचण्डले आफूले अदालतको लिखित जवाफको पत्र यही जेठ १६ गते प्राप्त गरेको र पत्र प्राप्त गरेको मितिले तीन दिनभित्र आज लिखित जवाफ सर्वोच्च अदालतमा पठाएका हुन् ।

केन्द्रका अध्यक्ष दाहालले न्यायालयका बारेमा मानहानि हुने खालको आपत्तिजनक अभिव्यक्ति दिएको हुँदा गम्भीर अवहेलना गरेको विषयमा एक वर्ष कैद तथा रु १० हजार जरिवानाको मागसमेत गरिएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending