Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

मुस्ताङ भन्सार कार्यालय : साँघुरा कोठाबाट अर्बको राजस्व जुट्छ

खबरडबली संवाददाता

मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारीले पछिल्लो एकसाता यता भन्सार कार्यालयमा रहेको एउटा कोठामा जेनतेन रात काट्दै छन् ।

भन्सार कार्यालयको आवास नहुँदा होटलमा बस्दै आएका कर्मचारी बन्द भन्सार कार्यालयभित्र रहेको एक साँधुरो कोठामा रात बिताएर कठ्याङ्ग्रिदो चिसोमा पनि चिनको तिब्बत हुँदै लिजी–नेचुङ ९कोरला० नाकाबाट धमाधम विद्युतीय सवारीसाधनसहित कन्टेरनमार्फत सामान पैठारीका लागि भन्सारका कर्मचारी दिनरात खटिएका छन् ।

सिमित जनशक्तिबाट भदौ महिनाको ३० गतेदेखि यता चार अर्ब ९७ करोड ९९ लाख बढी राजूव सङ्कलन गरेको भन्सार कार्यालयमा न्यूनतम आवश्यक पूर्वाधार समेत नहुँदा कार्यसम्पादन सहित कर्मचारीले होटलमा बास बस्नुपर्ने बाध्यता छ । लोमान्थाङ गाउँपालिका–२,नेचुङमा रहेको भन्सार कार्यालयमा पाँच वटा साँधुरो कोठा र शौचालय रहेको छ ।

एउटा कोठाभित्र पाँच जना बस्दा पनि भिडभाड हुन्छ । भन्सार कार्यालयमा पूर्वाधार विस्तारका लागि न्यूनतम करिब पाँच करोड आवश्यक पर्ने भए पनि चालु आर्थिक वर्ष २०८२/०८३ सालमा जम्मा ५० लाख रुपियाँ विनियोजन भए पनि हालसम्म पूर्वाधार विस्तारको काम सुरू भएको छैन । दैनिक अर्बको कारोबार गर्ने भन्सार कार्यालयको भौतिक पूर्वाधारका लागि पटक–पटक अनुरोध गरिएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताए।

भन्सार कार्यालय प्रमुख खड्का भन्न्छन्, ‘‘चिसो मौसममा निकै समस्या हुन्छ, हामी बस्ने होटल बन्द भएपछि कार्यालयकै कोठामा बसेर सेवा दिइरहेका छौँ, पूर्वाधारका लागि पहल भइरहेको छ ।’’ जाडो मौसममा न्यानो कोठाबाट कार्यसम्पादन गनुपर्ने अवस्था भए पनि अहिले उपलब्ध भएको संरचनाबाटै काम गरिरहेको कार्यालय प्रमुख खड्काको भनाइ छ । छोसेरको नेचुङ भन्सार कार्यालय क्षेत्रमै करिब ३ सय रोपनी क्षेत्रफल सरकारी जमिन रहेकोमा भन्सार कार्यालयका विभिन्न यूनिटका लागि संरचना बनाउन प्रयाप्त रहेको उहाँको भनाइ छ ।

कोरोला नाकामा चिनियाँ भन्सारको आमने–सामने हुनेगरी भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि उक्त स्थानमा अस्थायी संरचना बनाएर चिनियाँ कन्टेनरलाई कोरला नाकाबाट १४ किलोमिटरको दूरीमा नेचुङमा रहेको भन्सार कार्यालयसम्म आउने व्यवस्था मिलाउन सकेमा भन्सार कार्यालय १२ महिना सञ्चालन गर्न सकिने सुझाव दिइएपछि नाकामा समेत पूर्वाधार बनेका छैनन् । 

बाढीपहिरोका कारण तातोापनी भन्सार कार्यालय नियमित सञ्चालन नहुँदा अतिरिक्त जनशक्तिको व्यवस्थापन गरिएपनि भन्सार कार्यालय मुस्ताङमा एक शाखा अधिकृतसहित दुई नायब सुब्बा, लेखापाल, कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगीसहितको सात जनाको दरबन्दी रहेको छ । गण्डकी प्रदेशको एक मात्रै भन्सार कार्यालय भए पनि प्रदेश सरकारले समेत हालसम्म भौतिक पूर्वाधारका लागि पहल गरेको छैन ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरूङले भन्सार कार्यालयमा प्रयाप्त जनशक्ति र पूर्वाधारका लागि स्थलगत निरीक्षणमा आउने सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधिसहित अर्थ मन्त्रालय, भन्सार विभागमा  समेत पुगेर ध्यानार्कषण गराएको बताए। अध्यक्ष गुरूङ भन्न्छन्, ‘‘भन्नुपर्ने र जानुपर्ने कुनैपनि ठाउँ बाँकी छैन, नाका क्षेत्रमा रहेका सरकारी निकायलाई जनशक्ति र पूर्वाधार पुगेकै छैन ।’’ वि।स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८२/०८३ भदौ महिनाको ३० गतेदेखि भन्सार कार्यालय व्यवसायीक रुपमा सञ्चालनमा आएको थियो ।

भन्सार कार्यालयसहित अध्यागमन (इमिग्रेसन) कार्यालय, पशु तथा खाद्य क्वारेन्टाइनसशस्त्र बोर्डर आउट पोस्ट (बीओपी)सहित अन्य सरकारी निकायको भौतिक पूर्वाधार समेत प्रयाप्त छैन । तिब्बतको झोङ्वा काउन्टीले दशगजा क्षेत्रमा २० फिट लामा र १० फिट चौडाइ भएका पाँच वटा प्रिफेब कन्टेनर जडान गरेपछि नेपाली सुरक्षाकर्मीहरूको अस्थायी आश्रयस्थल बनेको छ  ।

त्यसैगरी, अध्यागमन(इमिग्रेसन) कार्यालय उद्घाटन भएको एक वर्षपछि उपल्लो मुस्ताङका जनप्रतिनिधि कोरला नाका हुँदै तिब्बत भ्रमणमा गएपछि कार्यालयको भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी तीन करोड बजेटबाट भौतिक सरचना चालु आर्थिक वर्ष २०८२र०८३ बाटै काम सुरू गर्ने बताइएको छ । कोरला नाका नेपाल हुँदै भारत र चीन जोड्ने सबैभन्दा छोटो ९४३५ किलोमिटर० दूरीको नाका हो ।

कोरला नाकाबाट २० किलोमिटर यता तिब्बततर्फ सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिन्छ । यस नाका सञ्चालन आएमा नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एशियाली देशको व्यापारमा समेत जोड्न सकिने भएकाले भौतिक पूर्वाधारमा प्राथमिकता दिन नीजी क्षेत्रले समेत चौतर्फी दबाब दिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताए।

कोरला नाकालाई नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एशियाली देशको व्यापारमा समेत जोड्न सकेमा नेपालको अर्थतन्त्रमा कोशेढुङ्गा सावित हुने भएकाले अब भौतिक पूर्वाधार विस्तारमा ढिलाइ गरे नेपाललाई नै घाटा हुने अध्यक्ष लालचनले बताए । समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको भन्सार कार्यालय व्यवसायिक रुपमा सञ्चालनमा आएपछि उपल्लो मुस्ताङवासीलाई रोजगार, व्यापार तथा सामान निर्यातमा भ्याईनभ्याइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...

प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...

सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति तथा कार्यक्रममा स्पष्ट देखिँदैन: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...

प्रधानमन्त्री अनुपस्थित हुनु अस्वाभाविक हैन, परम्परागत अभ्यासको निरन्तरतामा क्रमभंगता: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...

कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्न विश्वप्रकाश शर्माको आह्वान

काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending