Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मुस्ताङ भन्सार कार्यालय : साँघुरा कोठाबाट अर्बको राजस्व जुट्छ

खबरडबली संवाददाता

मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारीले पछिल्लो एकसाता यता भन्सार कार्यालयमा रहेको एउटा कोठामा जेनतेन रात काट्दै छन् ।

भन्सार कार्यालयको आवास नहुँदा होटलमा बस्दै आएका कर्मचारी बन्द भन्सार कार्यालयभित्र रहेको एक साँधुरो कोठामा रात बिताएर कठ्याङ्ग्रिदो चिसोमा पनि चिनको तिब्बत हुँदै लिजी–नेचुङ ९कोरला० नाकाबाट धमाधम विद्युतीय सवारीसाधनसहित कन्टेरनमार्फत सामान पैठारीका लागि भन्सारका कर्मचारी दिनरात खटिएका छन् ।

सिमित जनशक्तिबाट भदौ महिनाको ३० गतेदेखि यता चार अर्ब ९७ करोड ९९ लाख बढी राजूव सङ्कलन गरेको भन्सार कार्यालयमा न्यूनतम आवश्यक पूर्वाधार समेत नहुँदा कार्यसम्पादन सहित कर्मचारीले होटलमा बास बस्नुपर्ने बाध्यता छ । लोमान्थाङ गाउँपालिका–२,नेचुङमा रहेको भन्सार कार्यालयमा पाँच वटा साँधुरो कोठा र शौचालय रहेको छ ।

एउटा कोठाभित्र पाँच जना बस्दा पनि भिडभाड हुन्छ । भन्सार कार्यालयमा पूर्वाधार विस्तारका लागि न्यूनतम करिब पाँच करोड आवश्यक पर्ने भए पनि चालु आर्थिक वर्ष २०८२/०८३ सालमा जम्मा ५० लाख रुपियाँ विनियोजन भए पनि हालसम्म पूर्वाधार विस्तारको काम सुरू भएको छैन । दैनिक अर्बको कारोबार गर्ने भन्सार कार्यालयको भौतिक पूर्वाधारका लागि पटक–पटक अनुरोध गरिएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताए।

भन्सार कार्यालय प्रमुख खड्का भन्न्छन्, ‘‘चिसो मौसममा निकै समस्या हुन्छ, हामी बस्ने होटल बन्द भएपछि कार्यालयकै कोठामा बसेर सेवा दिइरहेका छौँ, पूर्वाधारका लागि पहल भइरहेको छ ।’’ जाडो मौसममा न्यानो कोठाबाट कार्यसम्पादन गनुपर्ने अवस्था भए पनि अहिले उपलब्ध भएको संरचनाबाटै काम गरिरहेको कार्यालय प्रमुख खड्काको भनाइ छ । छोसेरको नेचुङ भन्सार कार्यालय क्षेत्रमै करिब ३ सय रोपनी क्षेत्रफल सरकारी जमिन रहेकोमा भन्सार कार्यालयका विभिन्न यूनिटका लागि संरचना बनाउन प्रयाप्त रहेको उहाँको भनाइ छ ।

कोरोला नाकामा चिनियाँ भन्सारको आमने–सामने हुनेगरी भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि उक्त स्थानमा अस्थायी संरचना बनाएर चिनियाँ कन्टेनरलाई कोरला नाकाबाट १४ किलोमिटरको दूरीमा नेचुङमा रहेको भन्सार कार्यालयसम्म आउने व्यवस्था मिलाउन सकेमा भन्सार कार्यालय १२ महिना सञ्चालन गर्न सकिने सुझाव दिइएपछि नाकामा समेत पूर्वाधार बनेका छैनन् । 

बाढीपहिरोका कारण तातोापनी भन्सार कार्यालय नियमित सञ्चालन नहुँदा अतिरिक्त जनशक्तिको व्यवस्थापन गरिएपनि भन्सार कार्यालय मुस्ताङमा एक शाखा अधिकृतसहित दुई नायब सुब्बा, लेखापाल, कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगीसहितको सात जनाको दरबन्दी रहेको छ । गण्डकी प्रदेशको एक मात्रै भन्सार कार्यालय भए पनि प्रदेश सरकारले समेत हालसम्म भौतिक पूर्वाधारका लागि पहल गरेको छैन ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरूङले भन्सार कार्यालयमा प्रयाप्त जनशक्ति र पूर्वाधारका लागि स्थलगत निरीक्षणमा आउने सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधिसहित अर्थ मन्त्रालय, भन्सार विभागमा  समेत पुगेर ध्यानार्कषण गराएको बताए। अध्यक्ष गुरूङ भन्न्छन्, ‘‘भन्नुपर्ने र जानुपर्ने कुनैपनि ठाउँ बाँकी छैन, नाका क्षेत्रमा रहेका सरकारी निकायलाई जनशक्ति र पूर्वाधार पुगेकै छैन ।’’ वि।स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८२/०८३ भदौ महिनाको ३० गतेदेखि भन्सार कार्यालय व्यवसायीक रुपमा सञ्चालनमा आएको थियो ।

भन्सार कार्यालयसहित अध्यागमन (इमिग्रेसन) कार्यालय, पशु तथा खाद्य क्वारेन्टाइनसशस्त्र बोर्डर आउट पोस्ट (बीओपी)सहित अन्य सरकारी निकायको भौतिक पूर्वाधार समेत प्रयाप्त छैन । तिब्बतको झोङ्वा काउन्टीले दशगजा क्षेत्रमा २० फिट लामा र १० फिट चौडाइ भएका पाँच वटा प्रिफेब कन्टेनर जडान गरेपछि नेपाली सुरक्षाकर्मीहरूको अस्थायी आश्रयस्थल बनेको छ  ।

त्यसैगरी, अध्यागमन(इमिग्रेसन) कार्यालय उद्घाटन भएको एक वर्षपछि उपल्लो मुस्ताङका जनप्रतिनिधि कोरला नाका हुँदै तिब्बत भ्रमणमा गएपछि कार्यालयको भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी तीन करोड बजेटबाट भौतिक सरचना चालु आर्थिक वर्ष २०८२र०८३ बाटै काम सुरू गर्ने बताइएको छ । कोरला नाका नेपाल हुँदै भारत र चीन जोड्ने सबैभन्दा छोटो ९४३५ किलोमिटर० दूरीको नाका हो ।

कोरला नाकाबाट २० किलोमिटर यता तिब्बततर्फ सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिन्छ । यस नाका सञ्चालन आएमा नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एशियाली देशको व्यापारमा समेत जोड्न सकिने भएकाले भौतिक पूर्वाधारमा प्राथमिकता दिन नीजी क्षेत्रले समेत चौतर्फी दबाब दिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताए।

कोरला नाकालाई नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एशियाली देशको व्यापारमा समेत जोड्न सकेमा नेपालको अर्थतन्त्रमा कोशेढुङ्गा सावित हुने भएकाले अब भौतिक पूर्वाधार विस्तारमा ढिलाइ गरे नेपाललाई नै घाटा हुने अध्यक्ष लालचनले बताए । समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको भन्सार कार्यालय व्यवसायिक रुपमा सञ्चालनमा आएपछि उपल्लो मुस्ताङवासीलाई रोजगार, व्यापार तथा सामान निर्यातमा भ्याईनभ्याइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुपाल्चोक १ बाट माधव सापकोटाको एकल नाम सिफारिस

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...

कुमार बेनको निवासमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...

बालेनसँग संसद् पुनर्स्थापनाबारे छलफल भएको हो: अरूसँग के भइरहेको छ, मलाई थाहा भएन: सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...

रवि लामिछाने र बालेन शाहबीच वान–टु–वान वार्ता सुरु

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...

बालेन र कुलमानबीच चुनावी सहकार्यबारे छुट्टै छलफल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...

सिन्धुलीको तिनपाटनमा बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते

काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...

पार्टी निर्माणमा बालेनको दौडधुप: एकैदिन सम्भव सिरोहियादेखि ऋषि धमलासँग छुट्टाछुट्टै भेटघाट

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...

रवि लामिछाने र बालेन शाहबीच आज निर्णायक भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...

पेटभित्र २९ वटा कोकिन लुकाएर तस्करी गर्ने थाइ महिला काठमाडौँमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...

मुस्ताङ भन्सार कार्यालय : साँघुरा कोठाबाट अर्बको राजस्व जुट्छ

मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending