Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

पार्टी निर्माणमा बालेनको दौडधुप: एकैदिन सम्भव सिरोहियादेखि ऋषि धमलासँग छुट्टाछुट्टै भेटघाट

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्मीसँग भेटवार्ता गरेका छन्।

बालेनले बुधबार आफ्ना निकट मित्र कुमार बेनको ललितपुरस्थित निवासमा दिनभर छलफल गरेका हुन्। उक्त भेटघाटमा चिकित्सक डा। भगवान कोइराला, राप्रपाका नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी थिए।

महानगरपालिकाका सल्लाहकार सुनिल लम्सालसमेतको उपस्थितिमा भएको छलफलमा पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेन–जी अभियन्ता रक्षा बम, केपी खनालसँग पनि भेट भएको थियो। त्यस्तै, कलाकार निश्चल बस्नेत, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, सुरजसिंह ठकुरी तथा पत्रकार ऋषि धमलासँग बालेनले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भेटघाटमा सहभागी पूर्वसचिव भीम उपाध्यायका अनुसार बैठकमा सामूहिक मात्र नभई एकल संवादसमेत भएका थिए। “भेटघाटबाट उहाँहरू चुनावमा जाने संकेत देखिन्छ,” उपाध्यायले भने, “सम्भावित उम्मेदवार र सहयात्री खोज्नका लागि यस्ता भेट भएको जस्तो लाग्यो।”

उपाध्यायले बालेन काठमाडौंको मेयरमा उम्मेदवार हुँदा आफूले सहयोग गरेको स्मरण गर्दै अहिले पनि वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासमा सहयोग गर्ने बताएका छन्। “म सक्रिय राजनीतिमा नलागे पनि बाहिर बसेर आवश्यक सहयोग गर्न तयार छु,” उनले भने।

भेटघाटका क्रममा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोमबार साँझ ७ बजेदेखि राति १ बजेसम्म भएको छलफलको विषयमा समेत जानकारी गराएका थिए। “रविजीसँग छलफल त भयो, तर ठोस प्रस्ताव आएन,” बालेनको भनाइ उद्धृत गर्दै उपाध्यायले भने, “अहिलेका लागि बेग्लै तरिकाले अघि बढ्ने कुरा भइरहेको छ।”

उनका अनुसार बालेनका सहयोगीले ‘देश विकास पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्, जसको चुनाव चिह्न ‘लौरो’ रहेको छ। “भविष्यमा छुट्टै बाटोमा जानुपर्ने अवस्था आएमा यही पार्टी प्रयोग गर्ने भन्ने समझदारी थियो,” उनले बताए। उक्त पार्टी सुरुमा अनन्तराज घिमिरेको नाममा दर्ता भए पनि पछि बालेनका सहयोगीको नाममा नामसारी गरिएको थियो।

भेटघाटमा बालेनले रवि लामिछानेसँग चुनावी सहकार्यको सम्भावना खुला राखे पनि नयाँ ढंगले अघि बढ्ने निष्कर्षमा पुगेको बताएका थिए। “मिलेर जान सकिन्छ कि भन्ने कुरा उठ्यो, तर अरु ठोस विषयमा सहमति भएन,” बालेनको भनाइ उद्धृत गर्दै उनले भने।

बैठकमा सहभागी अर्का एक सदस्यका अनुसार बालेनले अधिकांश सहभागीलाई पार्टी घोषणा गरेर अघि बढ्दा समर्थन रहने–नरहनेबारे सोधेका थिए। सो क्रममा अधिकांशले सकारात्मक प्रतिक्रिया दिएको बालेनको सचिवालय स्रोतले जनाएको छ। बालेन पुराना दलका केही नयाँ अनुहारसँग समेत निरन्तर संवादमा रहेको सहभागीहरूले बताएका छन्।

यसअघि रास्वपा नेताहरूले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने विकल्पबारे पनि छलफल गरेका थिए। तर, त्यसपछिको दिन चितवनमा पत्रकारहरूसँग कुरा गर्दै रवि लामिछानेले त्यो चरणमा त्यस्तो संवादमा प्रवेश नगरिएको बताएका थिए। उनले विभिन्न शक्तिसँग आ–आफ्नो तहमा छलफल भइरहेको स्पष्ट पारेका थिए।

भेटघाटका क्रममा बालेनले रविसँग चुनावी सहकार्यबारे थप छलफल हुनसक्ने भए पनि आफू लगभग नयाँ तरिकाले अघि बढ्ने निष्कर्षमा पुगेको सुनाएका छन् । ‘उहाँको प्रस्ताव मिलेर जाउँ भन्ने त भयो, तर अरु ठोस कुराहरु भएनन्,’ बालेनको भनाइ उदृत गर्दै उनले भने, ‘तर, अरु कतिपय कुरा हेर्दा त्यता मिल्न सकिने अवस्था नदेखिएको उहाँको भनाइ छ ।’

बैठकमा सहभागी अर्का एक सदस्यका अनुसार, बालेनले अधिकांशलाई ‘मैले पार्टी घोषणा गरेर गएँ भने के हुन्छ रु तपाईंको समर्थन रहन्छ कि रहँदैन भनेर सोधेका थिए ?’ त्यस्तोमा भेटघाटमा सहभागी अधिकांशले सकारात्मक जवाफ दिएको बालेनको सचिवालयका एक सदस्यले बताए । बालेन पुराना राजनीतिक दलका केही नयाँ अनुहारसँग समेत निरन्तर संवादमा रहेको भेटघाटमा पुगेकाहरुले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending