Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पूर्व उपराष्ट्रपति झा मधेसी भएरै हेपिएका हुन् त ?

\"Parmanand-Jha-400\"काठमाडौं । आजभन्दा ठीक नौ वर्षअघि संघीय गणतन्त्र नेपालको घोषणा गरिएको हो । ऐतिहासिक पहिलो संविधानसभाको जेठ १५ गतेको बैठकले संघीय गणतन्त्र नेपाल घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष जेठ १५ लाई सरकारले गणतन्त्र दिवसका रुपमा मनाउने गरेको छ । ०६२/६३ को जनआन्दोलनपछि वैशाख ११ गते लोकतन्त्र स्थापना भएको भन्दै लोकतन्त्र दिवस मनाउने गरिएकोमा यो वर्षदेखि सरकारले लोकतन्त्र दिवस समेत मनाउन छाडेर गणतन्त्र दिवस मात्र मनाउने गरेको छ । नयाँ संविधान जारी भएयता शनिवार मनाइएको पहिलो गणतन्त्र दिवस पनि हो । नयाँ संविधानमा जेठ १५ गते बजेट प्रस्तुत गरिने उल्लेख भएकाले गणतन्त्र दिवसकै दिन बजेट प्रस्तुत गर्न समस्या हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव समेत गरेका थिए । तर प्रधानमन्त्रीले भनेजस्तो तत्कालै संविधान संशोधन गर्ने कुरा पनि भएन । तर पनि सरकारले गणतन्त्र दिवस भब्य मनाउने भन्दै तयारी गरेको थियो । गणतन्त्र दिवसको तयारीमा जुट्न निजामति कर्मचारीलाई ह्वीप नै जारी गरिएको थियो । महोत्सवको भब्य तामझाम सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवसको भब्य समारोह गरिने भएपछि कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपतिदेखि विशिष्ट ब्यक्तिहरुलाई निम्तो दिइयो । समारोहमा पुष्पवृष्टि गर्न सैनिक हेलिकोप्टर तयारी अवस्थामा राखियो । शनिवार विहानै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु उपस्थित भए । गणतन्त्र दिवसको तामझाम निकै नै थियो । काठमाडौं, भक्तपुर, ललितपुरकातर्फबाट छुट्टाछुट्टै झाँकीहरु प्रस्तुत गरिएका थिए । विभिन्न मन्त्रालय तथा विभागहरुले पनि आ–आफ्नो कार्यालयको तर्फबाट प्रहसनसहित उपस्थिति देखाए । विभिन्न जाती समुदायका झाँकीहरु प्रस्तुत भए, विभिन्न कलाहरु देखाइए । सैनिक हेलिकोप्टरबाट पुष्पवृष्टि गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले परेवा उडाइन् । पूर्व उपराष्ट्रपतिलाई आसन अभाव समारोहमा भाग लिन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति उपस्थित नभए पनि उपराष्ट्रपति परमानन्द झा टुँडिखेल पुगे । मञ्चमा पुगेका पूर्व उपराष्ट्रपतिले भनेजस्तो आसन भेटाएनन् । भनेजस्तो आसन नभेटाएपछि उनी आफूलाई हेपिएको महशुश गरे । अनि आफू अपमानित भएको भन्दै कार्यक्रम बहिष्कार गर्दै बाहिरिए । उपराष्ट्रपतिलाई सम्मान समेत दिन नसक्ने अवस्था किन आयो त भन्ने प्रश्न पनि उठ्नु स्वभाविक छ । नयाँ संविधान जारी हुनुअघिदेखि शुरु भएको मधेस आन्दोलनले अझै निकास पाएको छैन । वर्तमान संविधानप्रति मधेसी, जनजाति समुदायहरु रुष्ट छ । यहिबेला मधेसको प्रतिनिधि पूर्व उपराष्ट्रपतिलाई उचित आसनसमेत दिन कन्जुसाईँ गर्नु उचित होइन । यद्यपी ब्यवस्थापनमा भएको केही कमजोरीका कारण पूर्व उपराष्ट्रपतिले आफू अपमानित भएको महसुस गरे । जब उनले कार्यक्रम बहिष्कार गरेर हिँडे, उनी मधेसी भएकै कारण हेपिएको चर्चा मधेसी समुदायहरुले उठाएका छन् । मधेसी समुदायलाई गणतन्त्र आएको महशुस नभएको भन्दै सामाजिक सञ्जालहरुमा लेखिएका छन् । तर गणतन्त्र आएको महशुस मधेसी समुदायले मात्र होइन, आम नेपाली जनताले नै गर्न पाएका छैनन् । आम नेपाली जनताले गणतन्त्रको महशुस गर्नका लागि राजनीतिक दलका नेताहरुले गम्भीरतापूर्वक सोंच्नुपर्ने आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending