Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

धुर्मुस सुन्तलीलाई सिटी एक्सप्रेसको १५ लाख भन्दा बढी सहयोग

\"Dhurmusकाठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेको छ । राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै सिटी एक्सप्रेसले फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । वैदेशीक रोजगारमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा परिवार र आफन्तसम्म ल्याउने काम गरिरहेको सिटी एक्सप्रेसले सामाजिक सहयोग स्वरुप सो रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गरेको छ । एक जोडी कलाकारले उदाहरणीय काम गरीरहेकाले उनीहरुलाई थप आँट र हौसला स्वरुप संस्थागत रुपमा सिटी एक्सप्रेसले आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताएका छन् । धुर्मुस सुन्तलीले वातावरणमैत्री, बालमैत्री एवं अपाङ्गमैत्री सिटी बनाउने योजनाका साथ अघि बढेकाले सिटी एक्सप्रेसले पनि सहयोग गरेको उनको भनाई छ । विदेशमा रहेका नेपालीहरुले गरेको विश्वासका कारण सिटी एक्सप्रेस प्रतिष्ठित बन्दै गएकाले उनीहरुको भावना बुझेर नै धुर्मुस सुन्तलीलाई सहयोग गरेको उनले स्पष्ट गरेका छन् । सहयोग रकम बुझ्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सिटी एक्सप्रेसले हालसम्मकै उच्च आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै गिरान्चौरलाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संस्थागत रुपमा सहयोग निकै कम मात्रै आएपनि व्यक्तिगत रुपमा सहयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको उनले बताएका छन् । सिटी एक्सप्रेसले गरेको सहयोगले आफुहरुलाई ठूलो हौशला मिलेको भन्दै उनले अन्य संस्थाहरु समक्ष पनि सहयोग अपिल गरेका छन् । यस्तै, पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले चार करोड भन्दा बढी अनुमानीत लागत रहेको बस्ती निर्माण गर्न हालसम्म ६० लाखको हाराहारीमा सहयोग जुटेको जानकारी दिएकी छिन् । सिटी एक्सप्रेसले गरेको जस्तै सहयोग अन्य संस्थाबाट पनि प्राप्त भएमा गिरान्चौरलाई सुन्दर बस्ती बनाउने सपना छिट्टै पुरा हुने उनले आशा व्यक्त गरेकी छिन् । सबै जुटेर सहयोग गरेमा भूकम्प प्रभावित सबै जिल्लामा एउटा एउटा नमुना बस्ती बसाउने उनको चाहना छ । लोकदोहोरी गायक भगवान भण्डारीले दिए ५१ हजार \"Dhurmusअमेरिका बस्दै आएका लोकदोहोरी गायक भगवान भण्डारीले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ५१ हजार रुपैँया आर्थिक सहयोग गरेका छन् । धुर्मुस सुन्तलीलाई भेटेर उनले आफ्नो स्वर्गीय बुवा आमा छविलाल भण्डारी र टिकादेवी भण्डारीको सम्झनामा धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त सहयोग गरेका हुन् । बुवाको १३ औँ दिनको पुण्य तिथिमा नेपाल आएको अवसरमा गायक भण्डारीले उक्त सहयोग धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् । उनले कलाकारले सुरु गरेको अभियानमा सहयोग गर्नका लागि सम्पूर्ण लोकदोहोरी गायक गायिकासँग अपिल समेत गरेका छन् । कलाकारले सुरु गरेको अभियानलाई कलाकारले नै साथ दिने हो भने थुप्रै सहयोगी हात सजीलै जुट्नेमा उनको विश्वास छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: