Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

आजका श्रवण कुमार : जसको दुबै हात छैन, तर बग्न दिएको छैन आमाको आँखाबाट आँशु (फोटोफिचर)

आधुनिक समाजमा मानिसहरुले आफ्नो जन्मदिने बुवा आमालाई बुद्धाश्रम लगेर छाडिदिन्छन् । यो क्रम बढ्दो छ । समाज झनै विखण्डित र चिसो हुँदै गएको हामीले आभाष गरिरहेकाछौं । तर यस्तो परिवेशका बाबजुत चीनमा एक जना त्यस्ता व्यक्ति छन् जसको दुबै हात छैन र पनि उनले रोगी आमाको हेरचाहमा कुनै कमि आउन दिएका छैनन् । चीनको चोंगकिंग निवासी ४८ वर्षीय चेन जिनयिन टुक्रा टुक्रामा विभक्त हुँदै गएको दुनियाँका लागि यस्तो मिसायल बनेको छ, जसले मानवीयताको जिउँदो उदाहरण पेश गरि मानिसलाई शिक्षा दिइरहेका छन् । \"china उनको दुबै हात छैन । र पनि उनी ९१ वर्षकी बृद्धा आमाको सेवामा अनवरत खटिरहेका छन् । उनको आमा प्यारालाइसिसबाट ग्रस्त छिन् । खाना खुट्टाको साहराले खाना बनाउँछन् र मुखले चम्मा चेपेर आमालाई खानेकुरा खुवाउँछन् । चेनको दुबै हात उनी सात वर्षको हुँदा करेन्ट लागेर काटिएको थियो । उनी २० वर्षको हुँदा उनको बुवाको मृत्यु भयो । त्यसको केही समयपछि उनको ठूल्दाई गरिबीका कारण घर छाडेर बेपत्ता भए । जो अहिलेसम्म फर्किएका छैनन् । \"china उनीसँग केही जमीन छ । जहाँ उनले खेति समेत गरेर आफू र आफ्नो आमाको जीवन चलाईरहेका छन् । उनले केही भेँडापनि पालेका छन् । खेतको काम पनि आफै गर्छन् । मकै भाँचेर ल्याउने देखि पकाउनेसम्म सबै आफै गर्छन् । \"china पछिल्लो समय प्यारालाइसिस्ले च्यापेको उनकी आमा झनै विरामी पर्न थालेपछि उनको दैनिकी झनै कठिन भएर गएको छ । तर उनी निरन्तर आमाको हेरचाह गरिरहेका छन् । उनलाई गाउँलेहरुले आमालाई यही छाडेर सहरमा गई भिख मागेर जीवन चलाउन सुझाएका छन् । तर उनी आफ्नो आमालाई त्यो हालतमा छाडेर भिख माग्न सहर जाने पक्षमा छैनन् । बरु त्यही मर्न तयार छन् । उनले त्यस्तो सुझाव दिने गाउँलेहरुलाई यस्तो उत्तर दिने गरेका छन् ‘जतिबेला आमा स्वस्थ्य हुनुहुन्थ्यो मेरो सेवा गर्नुहुन्थ्यो, आज आमा अस्वस्थ्य हुनुहुन्छ, अब मेरो पालो हो सेवा गर्ने । ’ चेनको लागि सबैभन्दा कठिन क्षण जाडो महिना हो । त्यो बेला उनी खुट्टामा मोजा लगाउन पाउँदैनन् । त्यसका बाबजुत उनी संघर्षपूर्ण जिन्दगी बाँच्दै जन्मदिने आमाको हेरचाह गरिरहेका छन् । \"china \"china \"china \"china   एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy